News
१३ ठेकदार कम्पनी कालोसूचिमा, खरिद कारबाहीमा भाग लिन नपाउने
By BabinaDecember 16, 2022

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण (ठेकदार) कम्पनीलाई कालोसूचिमा राखेको छ ।
कार्यालयको विहीबार बसेको बैठकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम समयमा काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचिमा राख्ने निर्णय गरेको हो ।
कार्यालयका अनुसार सूचिमा परेका कम्पनीहरूले कालोसूचिमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
कार्यालयले १ देखि ३ वर्षसम्मका लागि ठेकेदार कम्पनीलाई कालोसूचिमा राखेको हो ।

black listBlacklist the construction (contractor) companyBlacklisted traders and suppliersPublic Procurement Monitoring Office
Latest Posts
Fresh reads from Basobaas








