News

नक्सा पास नभएका घर तथा भवनलाई नगरपालिकाले दियो  १ सय दिनको समय

By BN EditorialOctober 11, 20221 min read
नक्सा पास नभएका घर तथा भवनलाई नगरपालिकाले दियो  १ सय दिनको समय

काठमाडौं । विराटनगर महानगरपालिकाले निर्माण भइसकेका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको एक सय दिनभित्र नक्सा पेस गरी स्वीकृत गर्न महानगरवासीलाई आग्रह गरेको छ ।

‘विराटनगर महानगरपालिका क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएको (तल्ला थपको नक्सा पास नगरेको समेत) र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको सूचना प्रकाशित भएको मितिले सय दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत/नियमित गर्न सम्बद्ध सबै व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायलाई अनुरोध छ,’ महानगरको सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही भई जाने ब्यहोरा सूचित गरिन्छ ।’

विराटनगर

महानगरभित्र धेरैले नक्सा पास नगरी घर र भवन बनाएको पाइएको मेयर नागेश कोइरालाले बताए । राज्यले तोकेको कानुनको परिधिभित्र सबै आउनुपर्नेमा जोड दिँदै उनले भने, ‘हामीले सय दिने सूचना जारी गरेका छौं । सूचना अनुसार सबै नक्सा पास नगरेका घर र भवनको नक्सा पास गर्नुहुनेछ ।’

महानगरका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले एक तले घर र भवनको नक्सा पास गरेर तीन/चार तलेसम्म बनाएको पाइएको बताए । उनका अनुसार त्यस्ता घरधनीका लागि पनि यो सूचना हो । यसअघि असोज १४ गते महानगरले सीमा पर्खाल नियमित गर्न र अनधिकृत सीमा पर्खाल हटाउन ३५ दिने सूचना प्रकाशित गरिसकेको छ ।

स्रोतः रासस

Biratnagar Metropolitan issued a notice for pass the map of buildingBiratnagar municipalitygovernment buildinghouse mapping system of biratnagarMap of the buildingmapping servicesnaksa passnaksa pass law

You May Also Like

More stories from Basobaas