News

भक्तपुरको प्लटिङ्गमा जग्गा किन्दै हुनुहुन्छ, एक पटक सोच्नु होस् !

By BN EditorialJanuary 21, 20172 min read
भक्तपुरको प्लटिङ्गमा जग्गा किन्दै हुनुहुन्छ, एक पटक सोच्नु होस् !

भक्तपुरमा प्लटिङ्ग क्षेत्रमा कतै तपाँई आफ्नो सुन्दर भबिष्यका लागि जग्गा खरिद गर्दै हुनुहुन्छ ! त्यसो भए बेलैमा सजगता अपनाउनुहोस् नत्र आफ्नो लगानी डुब्न सक्छ । मापदण्ड बिपरित जग्गा प्लटिङ्गमा तपाँइले भवन निर्माण गर्न पाउनु हुँदैन् जसकारण कस्तो स्थानमा आफूले जग्गा खरिद गर्दैछु भन्ने जानकारी पहिले नै लिनुहोस् अन्यथा तपाँईले लगानी गरेको जग्गा तपाँइको लागि झन्झट बन्न सक्छ ।

भक्तपुरमा जग्गाको कारोवारसँगै जग्गा प्लटिङ्गको क्रम पनि बढ्दो छ, त्यसमा पनि अनाधिकृत प्लटिङ्ग बढ्दा उपभोक्ताले खरिद गरेको जग्गामा भवन निर्माण हुन नसकेको गुनासो पनि बढ्दो छ । काठमाडौं उपत्यका बिकास प्राधिकरण जिल्ला आयुक्त कार्यालय भक्तपुरका प्रमुख नवराज प्याकुरेल भन्छन् हाल भक्तपुरमा १४ जग्गा प्लटिङ्गले मात्र स्विकृति लिएको र तिनमा समेत कतिपय मापदण्ड पुरा नभएकाले भक्तपुरमा जग्गा प्लटिङ्ग क्षेत्रमा जग्गा खरिद गर्दा पूर्व सजगता अपनाउनु पर्ने बताउँछन् ।

उनी भन्छन्, भक्तपुरमा हाल अनाधिकृत रुपमा जग्गा प्लटिङ्ग बढेपछि उपत्यका बिकास केन्द्रले समेत अनाधिकृत जग्गा प्लटिङ्गमा रोक लगाएको छ । अख्तियारको समेत भक्तपुरमा अनाधिकृत रुपमा भईरहेको जग्गा प्लटिङ्ग ध्यानाकर्षण भए पछि प्राधिकरण सुचना नै जारी गरि रोक लगाएको हो ।

प्याकुरेल भन्छन्, भक्तपुरमा मापदण्ड नै पुरा नगरि जग्गा प्लटिङ्ग गर्ने बानी परेको र यसलाई नियन्त्रण गर्न भक्तपुरका सबै नगरपालिकामा कति स्थानमा जग्गा प्लटिङ्ग भइरहेको छ सो बारे जानकारीको लागि पत्रचार गरिसकेको बताउँछन् । उनी भन्छन्, प्राधिकरण एक्लैले चाहेर मात्र केही गर्न नसक्ने भन्दै नगरपालिका, मालपोत , नापी र प्रशासनको समेत अनाधिकृत प्लटिङ्ग रोक्नमा भूमिका रहेको छ ।

photo

हाल भक्तपुरमा भइरहेका अनाधिकृत प्लटिङ्गलाई मापदण्डमा आउन गरेको आग्रह पश्चात एक निवेदन आएता पनि प्लटिङ्ग गरिरहेकाहरुको तथ्याँक सयौं गुणा बढि रहेको आयुक्त कार्यालय भक्तपुरका एक  कर्मचारी नाम उल्लेख नगरिदिने शर्तमा भन्छन् ।

उनी भन्छन्, राम्रो आम्दानीको माध्यम बनेकाले सबैको आखाँ प्लटिङ्ग गर्नेहरुले उपलब्ध गराउने कमिशनमै भएकाले भक्तपुरमा अनाधिकृत जग्गा प्लटिङ्ग बढेको छ र नियन्त्रण गर्ने निकाय देखे पनि नदेखे झैं गरि बिभिन्न बहाना बनाएर मौन बसेको छ ।

अर्का कर्मचारी भन्छन्, भक्तपुरमा बढ्दो जग्गा प्लटिङ्गको अर्को रहस्य पनि रहेको छ प्लटिङ्ग क्षेत्र त्यस्तो स्थानमा गरिने गरेको छ जुन स्थानमा अधिक सार्वजनिक जग्गा रहेको छ । सार्वजनिक जग्गालाई खालि स्थान देखाएर मापदण्ड मिच्दै आर्थिक चलखेल गरि सो समेत हडप्ने र सोही जग्गालाई प्लटिङ्ग क्षेत्रमा छाड्नु पर्ने खाली स्थानका रुपमा प्रयोग गर्ने गरिरहको छ तर कसले यता तर्फ ध्यान दिन अर्थका अघि तैं चुप मैं चुप उनी बताउँछन् ।

भक्तपुर जिल्लामा के डाँडा के पाखा के खोंच यतिबेला प्लटिङ्गको लहर छाएको छ, त्यो पनि कानुन उलंग्घन गर्दै । प्लटिङ्ग आसपासका स्थानिय भन्छन्, कानुनका पालकहरुनै भू–माफियाको चंगुलमा परि अनाधिकृत प्लटिङ्ग गर्ने कामलाई नियन्त्रण गर्ने तर्फ नलाग्दा उत्पादन योग्य भूमि यतिबेला कंक्रिटका महल उत्पादन बन्दै छ ।

Source: Bhaktapurnews

bhaktapurlandplotting

You May Also Like

More stories from Basobaas