Lifestyle

घरमा तेजपत्ता जलाउँदा के हुन्छ ? यस्ता छन् चामत्कारिक गुणहरूः

By BabinaJanuary 18, 20241 min read
घरमा तेजपत्ता जलाउँदा के हुन्छ ? यस्ता छन् चामत्कारिक गुणहरूः

काठमाडौं । हरेक घरको भान्छामा प्रायः नछुट्ने मसला हो तेजपत्ता । स्वादिष्ट खानाको राज तेजपत्ताका अरूपनि कैयन उपयोगी गुणहरू छन् । वास्तुशास्त्रमा पनि तेजपत्ताका थुप्रै उपयोगिता उल्लेख छन् । भरपुर मात्रमा एन्टिअक्सिडेन्ट पाइने तेजपत्ताले शरीरका कोषिकाहरूलाई पोषणको कमी हुनबाट जोगाउँछ । 

तेजपत्ताले शरीरलाई फ्रि-रेडिकल्स अर्थात् समयभन्दा चाँडै बूढो हुनबाट पनि जोगाउँछ । यसबाहेक तेजपत्तामा कपर पोटासियम, क्याल्सियम, म्याग्नेसियम, सेलिनियम, आइरन जस्ता तत्त्वहरू पाइन्छ । बहुउपयोगी वनस्पति तेजपत्ता जलाउँदा त्यसको धुँवाबाट घरको वातावरणमा विभिन्न प्रभाव पर्ने जनविश्वास छ ।

यी हुन् तेजपत्ता जलाउनुका फाइदाहरूः
  • एउटा कचौरामा तीन देखि चारवटा तेजपत्ता राखेर कपुर राखी जलाउँनाले घरमा भएको नकारात्मक ऊर्जालाई हटाउन मद्दत गर्छ । यसरी जलाउँदा घरको झ्यालढोका खुला गरि धुँवालाई बाहिर पनि जान दिनुपर्छ ।  
  • घरमा कपुर र तेजपत्ता जलाएर धुँवा फैलाएर वास्तुदोष कम गर्न सकिन्छ । 
  • रातमा सुत्नुअघि सुत्नेकोठामा तेजपत्तालाई जलाएर धुँवा बनाइ राख्नाले तनावबाट मुक्ति मिल्छ । जसरी हामी आफूलाई तनाव र थकानबाट आराम र स्वस्थ रहनका अरोमाथेरापी अर्थात् सुगन्ध चिकित्साको प्रयोग गर्छौं, त्यसरी नै तेजपत्ताको धुँवाले अरोमाथेरापीको काम गर्छ ।
  • तेजपत्तालाई जलाएर धुँवा कोठामा फैलाउँदा यसको सुगन्धले रुम फ्रेसनरको काम पनि गर्छ । 
  • तेजपत्ता र मरिचलाई जलाएर घरमा धुँवा फैलाउनाले घरको सम्पूर्ण समस्या समाधान हुन्छ । साथै घरमा फैलिएका किटाणुबाट समेत बचाउँछ ।
  • वैवाहिक जीवनमा दरार आइरहेको छ भने बेलुका बेडरुममा सुकेको तेजपत्तालाई जलाएर धुँवा फैलाउँदा सम्बन्धमा सुधार आउँछ । 
  • एउटा सग्लो तेजपत्तामा आफ्नो मनोकामना, इच्छा, चाहना लेखेर घरको आँगनको पूर्व फर्कि जलाएर हावामा उडाइदिने र पछाडि फर्केर नहेरी घरभित्र प्रवेश गर्नाले मनोकामना पुरा हुन्छ । 
  • छाला, श्वासप्रश्वास सम्बन्धी रोगव्याधीको भय भएमा तेजपत्तालाई जलाएर त्यसको धुँवा घरमा फैलाउन सकिन्छ । यसो गर्नाले घरमा भएका साना किटाणुहरू नष्ट गर्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Aromatherapy with Bay LeavesBay Leaves for Health BenefitsBay Leaves Smoke for Health BenefitsBenefits of Burning Bay LeavesBurning Bay LeavesPurifying Home with Bay Leaves

You May Also Like

More stories from Basobaas