News

यस साता बसोबासमाः न्युज अपडेट तथा लिस्टेड प्रपर्टिका कुरा

By BN EditorialDecember 17, 20224 min read
यस साता बसोबासमाः न्युज अपडेट तथा लिस्टेड प्रपर्टिका कुरा

बसोबास विक्ली राउण्ड अपः साताभरका रियल ईस्टेड तथा कन्स्ट्रक्सन सम्बन्धी समाचार र हाम्रो वेबसाइटमा लिस्टेड प्रपर्टिहरू एउटै भिडिओमा ।

१. संसद भवन निर्माण तीन वर्षमा ६०% मात्र

नवनिर्वाचित सांसदलाई नयाँ संसद् भवनबाटै शपथ खुवाउने सरकारी लक्ष्य असफल भएको छ । निर्माण थालेको तीन वर्षसम्म पनि नयाँ संसद् भवन निर्माण सकिएको छैन । २०७९ को प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो संसद् बैठक नयाँ भवनबाट बस्ने लक्ष्यसहित सरकारले २०७६ असोज १६ मा टुन्दीरसेक जेभीसँग निर्माणको ठेक्का सम्झौता गरेको थियो । तर ठेक्काको अवधि सकिँदा पनि ६० प्रतिशत मात्र प्रगति भएको छ । ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो तर हालसम्म निर्माणमा ३ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ खर्च भइसकेको छ । तोकिएको समयमा काम नसकिएपछि समय थपेर २०७९ चैत मसान्तसम्म पुर्‍याइएको छ ।

२. जनकपुरधाम उपमहानगरपालिकामा सकियो भूमि वर्गीकरणः कृषियोग्य जमिन पाउनै मुस्किल

जनकपुरधाम उपमहानगरपालिकाले भूमि वर्गीकरण कार्य टुङ्ग्याएको छ । वर्गीकरण अनुसार वडा नं १ देखि १४ सम्मको जग्गा गैरकृषि र वडा नम्बर १२ को केही जग्गालाई कृषि क्षेत्रमा राखिएको छ । वडा नम्बर १५ देखि २५ सम्मको जग्गामा कृषि र गैरकृषि क्षेत्र विभाजन गरिएको छ । जग्गाधनीले आफ्नो जमिन कृषि योग्य क्षेत्रमा राख्न चाहे पालिकामा निवेदन दिन सक्ने उपमहानगरपालिकाले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिकाले वर्गीकरण टुङ्ग्याए पनि धनुषा जिल्लाका अधिकांश पालिकाले जग्गाको वर्गीकरण गर्न सकेका छैनन् । 

३. तुलसीपुर उपमहानगरपालिकाको जग्गा अतिक्रमणमा

दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाको नाममा रहेको जग्गा अतिक्रमण भएको छ । कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गाबाहेक उपमहानगरपालिका कार्यालयको उत्तर–पूर्वतर्फको केही जग्गा समेत अतिक्रमणमा परेको हो । उपमहानगरपालिकाको नाममा भएको १० विघा जग्गामध्ये ३ विघा जग्गामा त १ सय ५० भन्दा बढि पक्कि संरचनाहरू निर्माण भइसकेका छन् । कित्ताको लगत सङ्कलन अझै बाँकी रहेकाले निर्माण भएका घरको सङ्ख्या थप हुनसक्ने तुलसीपुर उपमहानगरपालिकाका भूमि व्यवस्थापन विभागले जनाएको छ । उपमहानगरपालिकाको जग्गा कतिपयले किनबेचसमेत गरेको पाइएको छ । हाल उपमहानगरले सो क्षेत्रको अतिक्रमित जग्गामा बनेका घरटहराको लगत सङ्कलन गर्ने कार्य गरिरहेको छ । 

४. नवलपरासीमा खुल्दै ‘अतुल्य स्टिल उद्योग’, फलामे डन्डी, वायरदेखि पाइपसम्म उत्पादन गर्ने

नवलपरासीको विनयीपोखरी नगरपालिकामा नयाँ स्टिल उद्योग सञ्‍चालनमा आउने भएको छ ।  शतप्रतिशत स्वदेशी पुँजी लगानी हुने यस उद्योगबाट फलाम तथा स्टिलका एक दर्जनभन्दा बढी प्रकारका सामाग्री उत्पादन हुने बताइएको छ । उद्योगमा २० करोड ८४ लाख रुपैयाँ चालु पुँजी र २९ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी गरी कुल ५० करोड लगानी हुने उद्योग विभागले जनाएको छ । उद्योगबाट वार्षिक १ लाख मेट्रिक टन TMT रड, ७५ हजार मेट्रिक टन वायर रडका साथै विभिन्न मात्रामा च्यानेल एंगल, स्क्वायर, फ्ल्याट तथा स्ट्रिप, HB वायर लगायतका फलामजन्य उत्पादन हुने बताइएको छ । 

५. बुटवल-नारायणगढ सडक निर्माणको काम तीव्र

कावासोती–बुटवल–नारायणगढ सडक निर्माणको कामले पछिल्लो समय तीव्रता पाएको छ । ठेकेदार कम्पनी चाइना स्टेटले यसमा संलग्न सबै प्राविधिक तथा जनशक्तिलाई तीव्र रुपमा काम अगाडि बढाउन निर्देशन दिएको थियो । निर्माणका लागि आवश्यक सामग्री र खानेपानीको पाइप सार्ने काममा थप सहयोग भएमा कामलाई तीव्र रुपमा अगाडि बढाउन सहज हुने चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन जनाएको छ । अहिले सडकको पूर्वी खण्डमा मात्र एकै पटक १ हजार २ सय कामदारले काम गरिरहेका छन् । 5अहिलेसम्म २६ वटा साना पुल २ सय ४९ वटा कल्भर्ट सम्पन्न भइसकेका छन् भने ३ वटा पुल र १८ 2वटा कल्भर्ट निर्माणधीन अवस्थामा छन् । गैंडाकोटदेखि दाउन्ने पहिलो खण्ड र दाउन्ने बुटवल दोस्रो खण्ड गरेर १६ अर्ब ९९ करोडमा चिनियाँ कम्पनी चाइना स्टेट कन्सट्रक्सनले ४२ महिनाअघि ठेक्का पाएको थियो ।

नियमित श्रृंखला- ‘प्रपर्टि अफ द विक’

  • कालोपुलको व्यवसायिक भवनः विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

यस साता हाम्रो वेबसाइटमा लिस्टेड पहिलो प्रपर्टि हो कालोपुलमा रहेको भाडाका लागि उपलब्ध व्यवसायिक भवन । ७ रोपनी जग्गामा बनेको यस भवन को अगाडि २४ फिट, दक्षिणमा १० फिट र पूर्वमा ८ फिटको फराकिलो सडक छ । यो वाग्मती नदी करिडोरको छेउमा रहेको ९ तले भवनमा तपाईंले नब्बे हजार वर्ग फिट अफिस स्पेस  पाउनुहुन्छ । जहाँ चौबीसै घण्टा सुरक्षा, पानी, ढल निकासको उचित व्यवस्थापन, बिजुली ब्याकअप उपलब्ध छन् । पर्याप्त पार्किङ स्पेशको सुबिधा भएको यस भवनमा स्पेश भाडा मूल्य प्रति वर्गफिट ९९ रुपैयाँ तोकिएको छ ।

  • रोज भिल्लाका सुन्दर घरहरू बिक्रीमाः विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

दोस्रो प्रपर्टि अफ द विकका रुपमा हामी रोजभिल्लाका सुन्दर आवासिय घरहरूको कुरा गर्दैछौँ ।  यस साता रोज भिल्लामा १० वटा घरहरू बिक्रीमा छन् । यहाँ तपाईंले ५१ आना जग्गामा बनेका 3BHK देखि 5BHK सम्मका लक्जरी घरहरू पाउनुहुनेछ । भिल्लामा उपलब्ध घरको सुरुवाती मूल्य ३ करोड ७५ लाख रहेको कम्पनिले जनाएको छ । विभिन्न आधुनिक सुविधाहरु सहितका प्रत्येक घरमा २ वटा पार्किङ स्पेश रहेको छ । बसोबासले यहि शनिबार बिहान ११ बजेदेखि साँझ 4 बजेसम्म रोजभिल्लाका घरहरूको ओपन हाउस कार्यक्रम पनि राखेको छ । सहभागिताका लागि डिस्कृप्सनमा भएको फोन नम्बरमा कल गरी आफ्नो सिट सुरक्षित गर्नुहोला ।

basobaas weekly roundupproperty of the weekrealestate nepalrealestate news

You May Also Like

More stories from Basobaas