News

यस्तो रह्यो पहिलो ‘बसोबास प्रपर्टी इभेन्ट’ (तस्वीरमा)

By BabinaDecember 28, 20231 min read
यस्तो रह्यो पहिलो ‘बसोबास प्रपर्टी इभेन्ट’ (तस्वीरमा)

काठमाडौं । बसोबास नेपालले गत शनिबार काठमाडौंको एक होटलमा प्रपर्टी मेला ‘बसोबास प्रपर्टी इभेन्ट’को आयोजना गरेको थियो । मेलामा बसोबासलगायत सीडी डेभलपर, पद्मा कोलोनी, भूमी डेभलपरलगायत नेपालका टप डेभलपर कम्पनी घरजग्गा एजेन्ट, बैंक र वकिलहरू समेत सहभागी थिए । 

बसोबास नेपालका संस्थापकहरूद्वारा पानसमा बत्ती बालेर मेलाको उद्घाटन गरिएको थियो । मेलामा बसोबासका फोटोग्राफर युधिर केसीले कैद गरेका तस्वीरहरूः

basobaas property event
पानस प्रज्ज्वलन गर्दै संस्थापकहरू क्रमशः विनीत शर्मा, राजन अधिकारी (दाँयातर्फ); निशान्त पाण्डे, निरज राजभण्डारी (बाँयातर्फ)

मेलामा बसोबासलगायत अन्य ठूला डेभलपरहरूका ११ वटा स्टलमा २५० भन्दाबढी प्रपर्टीहरू प्रदर्शन गरिएको थियो । जसबाट पाँचवटा प्रपर्टी र १६ वटा ‘डिस्काउन्ट बुकिङ’ बिक्री भएका थिए । बुकिङ पश्चात बसोबासका तर्फबाट ग्राहकलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । 

बुकिङ पश्चात बसोबासका तर्फबाट मायाको चिनो प्रदान गर्दै 
बसोबास प्रतिनिधीद्वारा सहभागीहरूलाई टोकन प्रदान गरिँदै

मेला व्यवस्थापनका लागि प्रवेशद्वारमा रजिस्ट्रेसन गरी टोकन लिएर स्टलहरू भिजिट गराइएको थियो ।एक हजार भन्दाबढी सहभागीहरूले मेलाको प्रत्यक्ष अवलोकन गरेका थिए । 

सेवाग्राहीसँग बसोबासका मार्केटिङ म्यानेजर अंकित घिमिरे 
basobaas property event
सेवाग्राहीसँग बसोबास सेल्स टिम 
डेभलपर्सका साथ सिइओ राजन अधिकारी
basobaas property event
सेवाग्राहीसँग सिईओ अधिकारी, साथमा सीडी डेभलपर्स
basobaas property event
सेवाग्राहीसँग डेभलपर्स

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

 

basobaas property eventdeveloper showcaseNepal first Basobaas Property Event

You May Also Like

More stories from Basobaas