काठमाडौं । बसोबास नेपालले गत शनिबार काठमाडौंको एक होटलमा प्रपर्टी मेला ‘बसोबास प्रपर्टी इभेन्ट’को आयोजना गरेको थियो । मेलामा बसोबासलगायत सीडी डेभलपर, पद्मा कोलोनी, भूमी डेभलपरलगायत नेपालका टप डेभलपर कम्पनी घरजग्गा एजेन्ट, बैंक र वकिलहरू समेत सहभागी थिए ।
बसोबास नेपालका संस्थापकहरूद्वारा पानसमा बत्ती बालेर मेलाको उद्घाटन गरिएको थियो । मेलामा बसोबासका फोटोग्राफर युधिर केसीले कैद गरेका तस्वीरहरूः

मेलामा बसोबासलगायत अन्य ठूला डेभलपरहरूका ११ वटा स्टलमा २५० भन्दाबढी प्रपर्टीहरू प्रदर्शन गरिएको थियो । जसबाट पाँचवटा प्रपर्टी र १६ वटा ‘डिस्काउन्ट बुकिङ’ बिक्री भएका थिए । बुकिङ पश्चात बसोबासका तर्फबाट ग्राहकलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।


मेला व्यवस्थापनका लागि प्रवेशद्वारमा रजिस्ट्रेसन गरी टोकन लिएर स्टलहरू भिजिट गराइएको थियो ।एक हजार भन्दाबढी सहभागीहरूले मेलाको प्रत्यक्ष अवलोकन गरेका थिए ।





बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।