News

बसोबास प्रपर्टी इभेन्टः पहिलो इभेन्टमै करोडौंको कारोबार गर्न सफल

By BabinaDecember 25, 20231 min read
बसोबास प्रपर्टी इभेन्टः पहिलो इभेन्टमै करोडौंको कारोबार गर्न सफल

काठमाडौं । बसोबास नेपालले आयोजना गरेको ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेला सफलताका साथ सम्पन्न भएको छ । घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउने उद्देश्यसहित पौष ७ गते शनिबार आयोजित मेला बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म चलेको थियो । 

नेपालमै पहिलोपटक आयोजना भएको उक्त मेलामा एक हजार भन्दाबढी सहभागीहरूले प्रत्यक्ष अवलोकन गरेका छन् । 

Basobaas property event

मेलामा बसोबासलगायत अन्य ठूला डेभलपरहरूका ११ वटा स्टलमा २५० भन्दाबढी प्रपर्टीहरू प्रदर्शन गरिएको थियो । जसबाट आवासिय अपार्टमेन्ट, घर र कमर्सियल स्पेसगरी पाँचवटा प्रपर्टी बुकिङ भएका छन् । त्यस्तै, १६ वटा ‘डिस्काउन्ट बुकिङ’ बिक्री भएका छन् । समग्र स्टलहरूबाट मेलाको दिनमात्रै ५० करोड भन्दाबढिको कारोबार भएको छ ।

पहिलो मेलामा पाएको सफलताले आगामी दिनमा मेलाको आयोजना गर्न हौसला मिलेको बसोबास नेपालका सेल्स म्यानेजर अंकित घिमिरेले बताउनुभयो । 

Basobaas property event

मेलालाई सम्बोधन गर्दै बसोबास नेपालका प्रमुख कार्यकारी अधिकृत राजन अधिकारीले भन्नुभयो – ‘बजारमा फैलिएका मिथ्या खबरका कारण सेवाग्राही आत्तिने अवस्था आइरहेका बेला घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुगोस्, र पारदर्शी रुपमा कारोबारको अवस्था सिर्जना होस् भन्ने हाम्रो चाहना थियो; यसमा हामी सफल भएका छौं ।’ 

साथै निजी कम्पनीले आफ्नै जोखिममा आयोजना गरेको मेलाले राम्रो उपलब्धि दिएको बताउँदै यसले घरजग्गा कारोबार पनि एउटा इन्डस्ट्री हो भन्ने कुरा सावित गर्न सफल भएको बताउनुभयो । मेलाले घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई माथि उकास्न सहयोग गर्ने सिईओ अधिकारीको अपेक्षा छ ।

Basobaas property event

पहिलो इभेन्टमा नै सेवाग्राहीहरूले अगाध साथ र विश्वास देखाएकै कारण मेलाले सफलता पाएको भन्दै मेलामा सहभागी डेभलपर्स तथा ग्राहकहरूप्रति आभार व्यक्त गर्नुभयो ।

मेलामा बसोबास नेपालले उपलब्ध गराएको प्लेर्टफममा सीई कन्स्ट्रक्सन, सीडी डेभलपर, पद्मा कोलोनी, सीजी प्रपर्टीज, भुमी डेभलपर, डाउनटाउन, सीजी डेभलपर, प्लेटिनम डेभलपर, वृहत इन्भेस्मेन्ट, हार्मोनी कोलोनी लगायत ठूला डेभलपरहरूका छुट्टाछुट्टै स्टलहरू रहेका थिए । 

Basobaas property event

होटेल हिमालयमा आयोजित मेलामा स्ट्यान्डर्ड चाटर्ड बैंकले मेलामा सहभागी सेवाग्राहीलाई बैंकिङ परामर्श दिएको थियो । साथै कानुनी परामर्शका लागि पनि छुट्टै बुथको व्यवस्था गरिएको थियो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

basobaas property eventfirst eventReal Estate Fair

You May Also Like

More stories from Basobaas