News

२ तले घर बेच्दै एभरेष्ट बैंक, १५ दिनभित्र गोप्य सिलबन्दी पेश गर्न आह्वान 

Pinterest LinkedIn Tumblr

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ सम्पत्ति लिलामीमा बिक्री गर्ने भएको छ । सोमबार एक सूचना जारी गर्दै बैंकले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ सम्पत्ति (घरजग्गा) सिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्ने जनाएको हो ।

बैंकले धुलाबारी नगरपालिका ८ झापा स्थित कित्ता नम्बर २३७ र ४७८ को क्रमशः ०–०–७–० र ०–०–७–० (११८.५२ र ११८.५२ वर्गमिटर) क्षेत्रफल भएको जग्गा र सो जग्गामा निर्मित १४७४.६८ वर्गफिट क्षेत्रफल भएको कम्पाउण्ड सहित २ तले घर बिक्री गर्ने भएको छ । बैंकले उक्त सम्पत्ति जहाँ जो अवस्थामा छ सोही अवस्थामा सिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्नेछ । 

इच्छुक व्यक्तिले खरिद मूल्य खुलाई सूचना प्रकाशित भएको १५ दिन अर्थात् चैत २० गतेभित्र धुलाबारी शाखा कार्यालय मार्फत गोप्य सिलबन्दी पेश गर्नु पर्नेछ । बोलपत्र बुझाउने अन्तिम दिन बिदा परेमा बिदाको लगत्तै बैंक खुलेको दिनको ३ बजे भित्र बोलपत्र पेश गर्न सकिनेछ । 

सिलबन्दी बोलपत्र चैत २१ गते मंगलबार दिनको ३ः३० बजे बोलपत्र दाता वा निजको प्रतिनिधिहरू वा अन्य प्रतिनिधिहरूको रोहवरमा बैंकको धुलाबारी शाखामा खोलिनेछ । बोलपत्र खोल्ने दिन बिदा परेमा बिदाको लगत्तै बैंक खुलेको दिनको ३ः३० बजे भित्र बोलपत्र खोलिनेछ । 

बिक्री गर्न लागेको घरजग्गा सम्बन्धी कागजातहरू, घरजग्गा हेर्न र बुझ्न तथा अन्य जानकारी चाहिएमा बैंकको शाखा कार्यालय धुलाबारीमा कार्यालय समयभित्र सम्पर्क राख्न बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It