काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराएबापत घुस लिने सबइन्जिनियरलाई पक्राउ गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा सबइन्जिनियर विजयालक्ष्मी पन्तलाई पक्राउ गरेको जनाएको हो ।
चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिस्टेन्ट पन्तले घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराएबापत घुस मागेकी थिइन् ।
घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिगएको टोलीले सतुङ्गलस्थित माई फुड डेरी खाजा पसलबाट पन्तलाई २५ हजार रुपैयाँ सहित नियन्त्रणमा लिइएको थियो ।
आयोगकाअनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्