News

आरजु राणाको नाममा भएको टीकापुरस्थित जग्गा विवाद के हो ? 

By BN EditorialAugust 29, 20231 min read
आरजु राणाको नाममा भएको टीकापुरस्थित जग्गा विवाद के हो ? 

काठमाडौं । टीकापुर विकास समितिका नाममा बाँडिएको जग्गा प्रकरणमा नेपाली कांग्रेसकी सांसद आरजु राणाको नाम मुछिएको छ । टीकापुर जग्गा अनियमितता प्रकरणमा गरेको अनुसन्धानका क्रममा ३ कठ्ठा ७ धुर जग्गा फेला परेको हो ।

यद्यपि सांसद राणाले टीकापुरस्थित जग्गामा विवाद नभएको जिकिर गरेकी छन् । उनले आफूले प्रतिकठ्ठा १५ हजार रुपैयाँका दरले ५० हजार दिएर ३ कठ्ठा ७ धुर जग्गा किनेको टीकापुरमा जग्गा खरिद गरेको उल्लेख गरेकी छन् ।

सांसद राणाका अनुसार राजा महेन्द्रले पहाडेहरूलाई बसोबास गर्न दिएका थिए । पछि व्यवस्था परिवर्तन भएपछि कांग्रेसको सरकार हुँदा उनले सो जग्गा किनेको सामाजिक सञ्जाल टिकटकमार्फत् जानकारी दिएकी छन् ।

उनले भनेकी छन्, ‘कांग्रेसको सरकार हुँदा अछामका देवेन्द्रबहादुर शाह समितिको अध्यक्ष हुनुहुन्थ्यो, त्यसबेला भक्तबहादुर बलायर मन्त्री हुनुहुन्थ्यो । एक दिन उहाँले मलाई फोन गरेर टिकापुरमा जग्गा किन्ने भन्नुभएको थियो ।’

त्यसबेला आफूले टिकापुरको नाम समेत नसुनेको भन्दै अनकन्टार, सस्तो र राम्रो जग्गा भएकाले एक कठ्ठाको १५ हजारको दरले ३ कठ्ठा ७ धुर जग्गा किनेको बताएकी छन् ।

पछि फकिरसिंह कठायत आफ्नै पार्टीको अध्यक्ष बन्नुभयो, समितिले आफ्नै रुल बनाएर दिन पाउने रहेछ, बीचमा अर्कै पार्टीको मान्छे आयो, उहाँको नाम म लिदिनँ’, उनले भनेकी छन्, ‘उहाँले ‘खड्गबहादुर सिंहको पालामा एक कठ्ठाको एक हजारको दरको’ नक्कली बनाएर पुर्जा आह्वान गर्नुभएछ

त्यो बेला ककसले किन्नुभएको थियो, त्यो मान्छेहरू फेरि लिन आउनुस् भनेर आह्वान गरेको रहेछ ।’ त्यो विषयमा मात्र उजुरी परेको भन्दै उनले भनेकी छन्, ‘त्योभन्दा पहिले पनि उजुरी परेको थियो, के के गरेर मिलाए, बन्द भएको रहेछ ।

अहिले उजुरी चाहिँ नेपाली कांग्रेसकै साथीहरूले खोलाएको हो ।’ अहिले रेशम चौधरीको पनि नाम आएको भन्दै उनको हकमा कहिले किनेको हो भन्ने थाहा नभएको उनी बताएकी छन् ।

‘मेरो नामको जग्गाको विषयमा पहिल्यैदेखि सम्पत्ति विवरणमा पनि उल्लेख छ, यसमा कैफियत छैन’, सांसद राणाले भनेकी छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

aarju ranaland disputeTikapurTikapur news

You May Also Like

More stories from Basobaas