News

त्रिभुवन विमानस्थलको ५३३ रोपनी जग्गा व्यक्तिका नाममा 

By BabinaMay 28, 20241 min read
त्रिभुवन विमानस्थलको ५३३ रोपनी जग्गा व्यक्तिका नाममा 

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ५३३ रोपनी जग्गा व्यक्तिका नाममा रहेको पाइएको छ । लगत कट्टा नभएका कारण विमानस्थलको जग्गाको जग्गाधनी प्रमाणपुर्जा विभिन्न व्यक्तिकै नाममा रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

जग्गा प्राप्ति ऐन, २०३४ को दफा (३) अनुसार नेपाल सरकारले कुनै सार्वजनिक कामको निमित्त कुनै जग्गा प्राप्त गर्न आवश्यक ठहराएमा यस ऐनबमोजिमको मुआब्जा दिइ सरकारले जुनसुकै ठाउँको जतिसुकै जग्गा प्राप्त गर्न सक्ने व्यवस्था छ । सोही ऐनको दफा १३(२) मा मुआब्जा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन भएको समितिले निर्धारण गरे बमोजिम हुने व्यवस्था भएको उल्लेख छ ।

विमानस्थलले चर्चेको जग्गा प्राप्त गर्न मुआब्जामा राज्यको अर्बौं रकम खर्च भइसकेको छ । तर मुआब्जा वितरण भइसकेका जग्गाहरूको लगत कट्टा गरी प्राधिकरणको स्वामित्वमा आउनुपर्नेमा नआएको उल्लेख छ ।

यस्तो जग्गामा साबिक सिनामङ्गल र कोटेश्वर अन्तर्गतका सिनामङ्गल वडा नं. ५ ग कित्ता नं. १ को ४ रोपनी ५ आना, सिनामङ्गल वडा नं. ६ ग कित्ता नं. ४० को ६ रोपनी ५ आना, सिनामङ्गल वडा नं. १२ क कित्ता नं. १७ को ६ रोपनी १४ आना समेत ४७० कित्ताको करिब ५३३ रोपनी जग्गा हालसम्म पनि लगत कट्टा गरी प्राधिकरणको नाममा जग्गाधनी प्रमाणपुर्जा नआएको उल्लेख छ । मुआब्जा पाइसकेको ती जग्गाको प्राधिकरणले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

Airport Land ScandalGovernment Land IssuesKathmandu Land ScandalLand Audit ReportNepal Land AcquisitionTribhuvan AirportTribhuvan Airport Land

You May Also Like

More stories from Basobaas