News

ओपन हाउसः आकृति कोलोनीका आकर्षक घरहरू बिक्रीमा

By BabinaFebruary 22, 20241 min read
ओपन हाउसः आकृति कोलोनीका आकर्षक घरहरू बिक्रीमा

काठमाडौं । बसोबास नेपालले यही फागुन १२ गते ओपन हाउस कार्यक्रम आयोजना गर्ने भएको छ । बुढानिलकण्ठस्थित, हेपाली हाइटमा रहेको आकृति कोलोनीका घरहरूको लागि साइट भिजिट गराउन ओपन हाउस आयोजना गर्न लागिएको हो । 

शनिबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने ओपन हाउस कार्यक्रमको प्रतिनिधित्व सीडी डेभलपर्सले गर्नेछ । 

कार्यक्रममा हाउजिङमा उपलब्ध हुने सेवासुविधा तथा घरहरू भिजिट गराइनेछ । साथै ओपन हाउसमा सहभागी भइ घर बुकिङ गर्दा विशेष छुटको समेत व्यवस्था गरिएको छ । 

१८ रोपनीमा जग्गामा फैलिएको कोलोनीमा नियो-क्लासिकल डिजाइनका २८ वटा आकर्षक घरहरू छन् । जसमध्ये २१ वटा घरहरू बुकिङ भइसकेका छन् भने हाल ७ वटा घरहरू बिक्रीमा रहेका छन् । 4BHK यी घरहरू ७ देखि ९ आना जग्गामा बनेका छन् । 

ओपन हाउस सम्बन्धी थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्नुहोला ।

फोटो फिचरः

House for Sale in Budhanilkantha

House for Sale in BudhanilkanthaHouse for Sale in BudhanilkanthaHouse for Sale in BudhanilkanthaHouse for Sale in Budhanilkantha

Open housepublic relations eventreal estate event

You May Also Like

More stories from Basobaas