Research

यी हुन् विश्वका ५ आलिसान निजी घरहरू

By BabinaJuly 7, 20242 min read
यी हुन् विश्वका ५ आलिसान निजी घरहरू

काठमाडौं । संसारमा आलिशान संरचनाहरू निर्माणको होड पुरानै हो । व्यवसायिक प्रयोजन अथवा प्रीयजनको सम्झनास्वरुप बनाइएका विश्वविख्यात संरचनाको बारेमा त हामीले पढ्दै सुन्दै आएका छौँ । तर के तपाईंलाई थाहा छ ! बसोबासकै लागि भनेर निर्माण गरिएका शानदार घरहरू छन्, जसले धनाढ्य बादशाहहरूको महललाई पनि मात दिन्छन् ।

कुरा गरौँ बनावट र सेवा सुविधाका कारण चर्चा बटुलेका शानदार ५ निवासको बारेमाः

इस्ताना नुरुल इमान प्यालेस ब्रुनेई (Istana Nurul iman palace brunei)

Istana Nurul iman palace brunei

ब्रुनेइको राजधानी बन्दर सेरी बेगवान (Bandar Seri Begawan) नजिकै विश्वको सबैभन्दा ठूलो आवासीय प्यालेस रहेको छ । २१ लाख वर्गफिटमा फैलिएको यो घरमा १७ सय ८८ वटा कोठाहरू, २ सय ५७ बाथरुम, ५ हजार जनाका लागि Banquet Hall, ५ वटा स्विमिङ पुल, १ सय १० गाडी अट्ने ग्यारेज रहेको छ ।  

द वन एलए

द वन एलए

संयुक्त राज्य अमेरिकास्थित क्यालिफोर्नियामा रहेको द वन एलए (…) १ लाख ५ हजार वर्गफिटमा फैलिएको छ । जसमा ७४,हजार वर्गफिट मुख्य निवास र तीन साना गेस्ट हाउसहरू छन् । जसमा २१ वटा बेडरुम, ३० वटा कार अट्ने ग्यारेज, स्विमिङ पुल, स्पा, स्टाफ क्वार्टरहरू समेत छन् । 

एन्टिल्ला 

antilia

भारतको मुम्बाईमा रहेको यो घर भारतका धनाढ्य व्यक्ति मुकेश अम्बानीको हो । एन्टिल्ला २७ तल्ला अग्लो छ । यो घर ४ लाख बर्गफिल क्षेत्रफलमा बनेको छ । यस भवनभित्र ६ वटा तल्ला गाडि राख्नका लागि छुट्याइएको छ । यस भवनमा गाडिको लागि सर्भिस स्टेसन, मन्दिर, ५० सीटको सिनेमा घर, ९ वटा लिफ्ट, हेल्थ स्पा, लगायत स्पेसहरू रहेको छ । 

भिल्ला लियोपोल्डा

villa-la-leopolda

फ्रान्समा रहेको भिल्ला लियोपोल्डा ५० एकड क्षेत्रफलमा फैलिएको छ । यस भिल्लामा ११ वटा बेडरुम, १४ वटा बाथरुम, व्यवसायिक ग्रीनहाउस, आउटडोर किचन र आकर्षक स्विमिङ पुल लगायत अन्य स्पेस रहेका छन् । सन् १९५५ मा बनेको अल्फ्रेड हिचककको चलचित्र ‘टु क्याच अ थिप’को सुटिङको लागि प्रयोग गरिएकोले पनि यो प्रोपर्टी प्रसिद्ध छ ।

द मनोर

The Manor

संयुक्त राज्य अमेरसकाको क्यालिफोर्नियामा अवस्थित द मनोर ५६ हजार ५ सय वर्गफिटमा फैलिएको छ । जसमा १२३ वटा (२७ बाथरूम र १४ शयनकक्षहरू सहित) कोठाहरू छन् । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

luxurious homesmost expensive homesresidencesworld

You May Also Like

More stories from Basobaas