News

पशुपतिका अतिक्रमित संरचना हटाउन २४ घण्टे अल्टिमेटम

By BabinaMarch 3, 20231 min read
पशुपतिका अतिक्रमित संरचना हटाउन २४ घण्टे अल्टिमेटम

काठमाडौं ।  पशुपति क्षेत्रमा अतिक्रमित भएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टे अल्टिमेटम दिएको छ । बिहिबार महानगरपालिकाको टोलीले पशुपति क्षेत्र निरीक्षण गरेपछि २४ घण्टाभित्र अतिक्रमित संरचना हटाउन निर्देशन गरेको हो ।

महानगरका कर्मचारीका अनुसार पशुपति क्षेत्र विकास कोषबाट वार्षिक ५० हजार रूपैयाँमा एक रोपनी जग्गा भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशाला नाममा सञ्चालन भइरहेको पाइएको छ ।

यस्तै पशुपति क्षेत्रमा २० वटा भन्दा धेरै सटरहरू दर्ता बिना सञ्चालन भइरहेको महानगरको निरीक्षणमा देखिएको छ । धर्मशालाले नक्सा पास विना नै संरचना निर्माण गरेको समेत पाएकोले त्यस्तो संरचना समेत हटाउने महानगरले जनाएको छ ।

बुधबार कोषले महानगरलाई एक पत्र लेख्दै पशुपति क्षेत्रमा विकास कोष र महानगर दुवैलाई थाहा नदिई अवैध रुपमा संरचना निर्माण गरि सम्झौता विपरीतका व्यवसाय सञ्चालन गरिएकाले त्यस्ता संरचना हटाउन अनुरोध गरेको थियो । सोही अनुसार महानगरले बिहीबार एक अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।

24-hour ultimatumencroached structures in PashupatiKathmandu Metropolitan MunicipalitymahanagarPashupati

You May Also Like

More stories from Basobaas