Market

जावलाखेलमा गोदावरी फूलको प्रदर्शनी

Pinterest LinkedIn Tumblr

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन (फ्यान) को आयोजनामा जावलाखेलमा जारी १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा सर्वसाधारणको विशेष चहलपहल देखिएको छ । बिहीबारदेखि सुरु भएको यस एक्स्पोको तेस्रो दिनमा पनि जावलाखेलमा सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिएको छ ।

प्रदर्शनीमा ६८ व्यावसायिक स्टल, २ प्रतियोगितात्मक स्टल, ४ अफिसियल स्टल, र फोटो पारखीहरूका लागि १ सेल्फी स्टलसहित कुल ७५ प्रदर्शनी कक्षहरू राखिएका छन् । 

गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनीसमेत रहेको यो कार्यक्रममा गोदावरी फूलका विभिन्न विधामा प्रतिस्पर्धा गराई विजेताहरूलाई पुरस्कृत गरिने योजना रहेको छ ।

तिहार पर्वको अवसर पारेर आयोजना गरिएको यस प्रदर्शनीले फूलप्रेमीहरूका लागि विशेष आकर्षणको केन्द्र बनेको छ । आयोजकका अनुसार प्रदर्शनीमा उपस्थिती दिन प्रतिदिन बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It