काठमाडौं । सामान्यतया घरको सुरक्षाको लागि ग्रिलको प्रयोग गर्ने गरिन्छ । यसले घरको सुरक्षाका साथै घरमा हावा र प्रकाशको उचित प्रवाहलाई कायम राख्छ । यस्ता छन् हिजोआज चलनचल्तीमा रहेका १० आकर्षक ग्रिल डिजाइनहरू-
१.क्लासिक विइन्डो ग्रिल डिजाइन
कम ठाउँ ओगट्ने यस्तो ग्रिलमा बोटबिरुवा समेत राख्न सकिन्छ ।

२. भिक्टोरियन ग्रिल डिजाइन
घरलाई लग्जरियस र स्टाइलिस देखाउन यस्तो ग्रिल डिजाइन उपयुक्त हुन्छ ।

३. साधारण विइन्डो ग्रिल डिजाइन
झ्याल आकर्षक रुप दिने यो ग्रिल सफा गर्न पनि सहज हुन्छ ।

४. ग्रिडलक ग्रिल डिजाइन
विशेष सुरक्षा प्रत्याभूतिका लागि यस प्रकारको ग्रिल डिजाइन प्रयोग गर्नु राम्रो हुन्छ।

५. फ्रेम डिजाइन
यस प्रकारको ग्रिल डिजाइन फलाम रड जस्ता जुनसुकै धातुबाट बनाउन सकिन्छ ।

६. त्रिभुज विन्डो ग्रिल डिजाइन
त्रिभुज आकारको यो ग्रिल पनि सुरक्षाका हिसाबले राम्रो हुन्छ ।

७. बोर्डर स्पेस विन्डो ग्रिल डिजाइन
यस्तो ग्रिलमा बाँकी डिजाइनमा जस्तै झ्यालको किनारमा जोडिएका हुदैनन् ।

८. राउन्ड विइन्डो ग्रिल डिजाइन
युरोपको गोथिक वास्तुकलाबाट प्रेरित यस यो ग्रिलले घरलाई आकर्षक रूप दिन्छ ।
९. परम्परागत पूजा विन्डो ग्रिल डिजाइन
यस प्रकारको ग्रिलमा शंख,कलश वा देविदेवता आदिको आकृति बनाइएको हुन्छ । यो विशेष गरि पुजा कोठाका झ्याल वा मठमन्दिरमा प्रयोग भएको देखिन्छ ।

१०. बक्स विइन्डो ग्रिल डिजाइन
यस्तो ग्रिलमा सुरक्षा र सुन्दरता दुवै पाउन सकिन्छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।