Policy

नक्सा पास गर्नका लागि आवश्यक कागजातहरू

By BN EditorialJune 3, 20201 min read
नक्सा पास गर्नका लागि आवश्यक कागजातहरू

भवनको नक्सा आवेदन फाइलमा उल्लेख भएका कागजपत्रहरू

– सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि

– कित्ता नापी नक्सा

– जग्गाको मालपोत तिरेको प्रमाणपत्र समेत सम्बन्धित कार्यालयमा पेश गर्नुपर्नेछ

– चारकिल्ला स्पस्ट पारिएको कागजात

आवासीय भवनको नक्सा पास हुन तथा निर्माण स्वीकृति पाउन सरकारले तोकेको आधारभूत शर्त

– सडकको चौडाइ न्यूनतम ६ मिटर र न्यूनतम सेडब्याक सडक किनाराबाट १.५ मिटर छोडिएको हुनुपर्ने

– सेटब्याक छाडेर मात्र पर्खाल लगाउन पाइने । पर्खालको उचाइ बढीमा ४ फिट र त्योभन्दा माथि ३ फिट तारको जाली राख्न सकिने

– पर्खाल, सेफ्टी ट्याङ्कीसमेतको नक्सा पास गर्नुपर्ने

– सडकको क्षेत्राधिकार र सेड ब्याकभित्र टप, बार्दली, छज्जी आदि कुनै पनि संरचनाहरू बनाउन नपाइने । भवन निर्माण क्षेत्रभित्र पनि एक मिटरभन्दा बढीको टप, बार्दली, छज्जी निकाल्न नपाइने

– निर्माण सम्पन्न प्रमाणपत्रविना भवनको बैङ्किङ र बीमा कारोबार गर्न नसकिने

– ३० डिग्रीभन्दा भिरालो जमीनमा भवन बनाउन नपाइने

– खानी तथा भूगर्भ विभाग र जिल्ला दैवी प्रकोप उद्धार समितिले निषेध गरेको स्थानमा भवन बनाउन नपाइने

– २५० वर्गमिटरसम्मको क्षेत्रमा घर बनाउँदा २० प्रतिशत र सोभन्दा बढीमा ४० प्रतिशत जमीन खाली राखेर भवन निर्माण गरिनुपर्ने

– विमानस्थलको धावनमार्ग आसपास भवन बनाउन लागिएको अवस्थामा नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्ने । धावनमार्गको बाहिरी सीमाबाट ५०० मिटर आसापस १७ मिटरभन्दा अग्लो भवन निर्माण गर्नुपर्दा नागरिक उड्डयन प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृति लिएको हुनुपर्ने

– उपत्यकाबाहिरका नगरपालिकाहरूले शहरी विकास मन्त्रालयले तयार पारेको भवन निर्माणसम्बन्धी मार्गदर्शन २०७२ लाई पालना गर्नुपर्ने

आशा छ तपाइलाई यो लेख मन पर्यो । पढेर साथ दिनु भएकोमा धन्यबाद !

blueprint passdocuments for naksa passnaksa passnaksa pass kathmandunaksa pass nepalnepal real estate lawreal estate businessReal Estate in Nepalreal estate law in nepalReal Estate NepalReal Estate News

You May Also Like

More stories from Basobaas