काठमाडौं । नयाँ घर बनाउँदा भान्साकोठा, पूजा कोठा आदिको वास्तुबारे विशेष ध्यान राख्छौं । तर प्रायः मानिसहरूले सेप्टिक ट्याङ्कीको अवस्थाबारे खासै ध्यान दिदैनन् । सेप्टिक ट्याङ्की सही दिशामा नहुँदा घरमा वास्तु दोष उत्पन्न हुन्छ । आज हामी वास्तु अनुसार सेप्टिक ट्याङ्की कस्तो हुनुपर्छ भन्नेबारे चर्चा गर्दैछौँ ।
सेप्टिक ट्याङ्कीका लागि उपयुक्त दिशाः
वास्तुअनुसार घरको उत्तर-पश्चिम दिशा अर्थात् वायव्य कोण सेप्टिक ट्याङ्कीका लागि उपयुक्त मानिन्छ । यसरी सेप्टिक ट्याङ्की बनाउँदा उत्तर पट्टिको पर्खालबाट २/३ फिट छाडेर बनाउन सकिन्छ भने पश्चिम तर्फको सिमा पर्खालमा जोडेर पनि बनाउनु हुँदैन । यसबाहेक दक्षिण पूर्वी दिशाको बिच भागमा पनि सेप्टिक ट्याङ्की बनाउन सकिन्छ ।
त्यस्तै सेप्टिक ट्याङ्कीसम्म जोड्ने ढलपाइपलाई उत्तर पूर्वी दिशामा बनाउनु हुँदैन । यसलाई देवस्थान मानिन्छ । भने ब्रम्ह स्थानबाट पनि ढलपाइप सेप्टिक ट्याङ्कीसम्म लैजानु हुँदैन । यसरी सेप्टिक ट्याङ्की राख्दा घरमा सकारात्मक ऊर्जाको प्रवाहलाई देखिन्छ । सही दिशा र स्थानको चयनले घरमा सुख, समृद्धि र सन्तुलन ल्याउन मद्दत पुर्याउँछ ।
सेप्टिक ट्याङ्कीका लागि अनुउपयुक्त दिशा
पूर्वी स्थानमा सेप्टिक ट्याङ्की बनाउनु अशुभ मानिन्छ । पूर्व दिशालाई देवस्थान मानिन्छ । यो दिशा खुला र अवरोधरहित भएमा गृहस्वामीको उमेर लामो, मान-सम्मान तथा सुख-शान्ति प्राप्त हुन्छ ।
त्यस्तै, घरको मुख्य प्रवेशद्वारको अगाडि सेप्टिक ट्याङ्की बनाउनु हुँदैन । यसले नकारात्मक ऊर्जालाई आकर्षण गर्छ । घरको पर्खाल र ट्याङ्कीको बीचमा कम्तीमा दुई फिटको दूरी हुनुपर्छ । ट्याङ्की प्लिन्थ लेभल अर्थात् भुइँतलाको भुइँको सतह अर्थात डि.पि.सी. को सतह भन्दा माथि हुनु हुँदैन ।
घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।