Finance

घरजग्गा र शेयरधितो कर्जाको सीमाः एकललाई १५, संस्थागतलाई २० करोड

By MenuqshApril 28, 20241 min read
घरजग्गा र शेयरधितो कर्जाको सीमाः एकललाई १५, संस्थागतलाई २० करोड

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले घरजग्गा र शेयरका लागि गरेको नीतिगत व्यवस्थाको स्मरण गराएका छन् । राष्ट्र बैंकको वार्षिक उत्सवमा बोल्दै गर्भनर अधिकारीले शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सीमाबारे स्मरण गराए । 

पछिल्लो समय कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कूल १५ करोड रुपैयाँ कायम गरिएको छ भने धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको छ ।

यता रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेयर माकेट भ्यालु बीचको अनुपात (लोन टु भ्यालु रेसियो) बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । 

तर, निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भइ सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृतिप्राप्त घर निर्माण व्यवसाय कम्पनी एवम् परियोजनालाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ ।

पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई वृद्धि गरी २ करोड रुपैयाँ कायम गरिएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

basobaasPolicy arrangementsreal estatereal estate and shares

You May Also Like

More stories from Basobaas