Decor

“घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग बढ्दो, यस्ता छन् फाइदा र बेफाइदा”

हिजोआज भान्छामा प्रयोग हुने सिलौटो देखि कपडा धुने कामलाई समेत विद्युतीय उपकरणले हस्तक्षेप गरिसकेका छन् ।
Pinterest LinkedIn Tumblr

काठमाडौं । हरेक दिन मानिसहरूको व्यस्तता बढ्दो छ । यस्तोमा हरेक काम छिटो र छरितो होस भन्ने चाहना हुनु स्वभाविक हो । घरायसी प्रयोजनका लागि बजारमा विभिन्न उपकरण भित्रिरहेका छन् । जसको प्रयोग उपभोक्ताका लागि सामान्य हुँदै गइरहेको छ । यसले गर्दा परम्परागत सामग्रीहरूको प्रयोगमा वृद्धि आएको छ । एकातर्फ, बजारमा पेट्रोलियम पदार्थको मूल्य आकाशीय सँगै विद्युतीय सामग्रीको प्रयोजन बढ्न थालेको हो । अर्कोतर्फ, देशभर लोडसेडिङको अवस्था लगभग शून्यमा छ । यस्तोमा उपभोक्तालाई विद्युतीय उपकरणको प्रयोगमा समेत प्रोत्साहन मिलिरहेको छ । 

हिजोआज भान्छामा प्रयोग हुने सिलौटो देखि कपडा धुने कामलाई समेत विद्युतीय उपकरणले हस्तक्षेप गरिसकेका छन् । सिलौटो, बेलना र चकलाकाे ठाउँमा मिक्सर ग्राइन्डर र राेटी मेकरले लिन थालेका छन् ।

उपभोक्ताको सन्तुष्टिलाई मध्यनजर गर्दै व्यापारीहरूले पनि नयाँनयाँ इलेक्ट्रोनिक्स होम अप्लायन्स बजारमा भित्र्याउने गरेका छन् । तर यिनका फाइदा अथवा बेफाइदा केकस्ता छन् भन्ने विषयमा आज हामी कुरा गर्दैछौँ । सबैभन्दा पहिला त कुरा गरौँ नेपालमा हाल उपलब्ध विद्युतीय घरायसी उपकरणको बारेमा । यदि तपाईं समय बचत र खर्चको कटौती गर्न चाहनुहुन्छ भने यी उपकरण तपाईँका लागि निकै उपयोगी बन्न सक्छन् ।  

नेपालमा हाल उपलब्ध विद्युतीय घरायसी उपकरणः 

  • फ्रिज, डिशवासर, 
  • माइक्रोवेभ ओभन, 
  • चिया केट्ली, कफी मेकर मिक्स्चर, 
  • भ्याकुम क्लिनर, 
  • एयर प्युरिफायर,  
  • इन्डक्सन चुल्हाे 
  • राइस कुकर 
  • हिटर   

विद्युतीय उपकरणका फाइदाहरूः 

घरघरमा दैनिक उपभोग्य सामग्रीको विद्युतीय विस्थापन लगभग सर्वव्यापी भएको छ भन्दा फरक नपर्ला । जसले दैनिक रुपमा समय बचत गरी अन्य काममा मद्दत गर्छन् । जब तपाईंले भाँडा वा लुगा हातले धुनु पर्दैन, तपाईंसँग आफ्नो पेसागत जीवन र पारिवारिक माहोलमा ज्यादा ध्यान दिने मौका पाउनुहुनेछ । यसो हुँदा जीवनशैली नै आनन्द र खुशीमय हुन्छ । विद्युतीय उपकरण प्रयोगका फाइदालाई बुँदागत रुपमा हेरौं है तः 

  • समयको बचत  
  • कम ऊर्जा खपत 
  • चलाउन छिटो र छरितो 
  • मानिस भन्दा राम्रो र धेरै मात्रामा कार्य गर्न सक्ने 
  • वातावरणमैत्री एक ठाउँबाट अर्को ठाउँमा सार्न सजिलो बहुउपयोगी   

विद्युतीय उपकरणका बेफाइदाहरूः 

बिजुलीको आविष्कारले हामीलाई सुविधा र नयाँ संसारमा परिचय गराएको छ, तर यो बिजुली प्राय: वातावरणलाई हानिकारक तरिकामा उत्पन्न हुन्छ। कहिलेकाहिँ सटसर्केटले गर्दा आगलागी हुने करेन्ट लाग्ने जस्ता समस्या आउँन सक्छ । विद्युतीय उपकरणहरूले मानिसलाई केहि हदसम्म कम मेहनती र परनिर्भर बनाउँछ । विद्युतीय उपकरण प्रयोगका बेफाइदालाई बुँदागत रुपमा हेरौं है तः   

  • जोखिमपूर्ण हुन्छ । 
  • सट सर्किट भइ करेन्ट लाग्ने सम्भावना हुन्छ । 
  • आगलागीको सम्भावना अधिक हुन्छ । 
  • मेसिनको कुनै एउटा पार्टमा समस्या देखिएमा चलाउन समस्या हुन्छ । 
  • मर्मत हेर बिचार समय समयमा गरीरहनु पर्दछ ।  
  • तुलनात्मक रुपमा महंगो हुन्छ ।
  • आवश्यक मात्रामा मेसिन सुचारु गर्न बिजुली आवश्यक पर्दछ बिद्युतीय स्राेत नहुदा काम लिन सकिँदैन । 
  • यि मेसिनहरु बच्चाले भेट्ने ठाउँमा राख्नु खतरापूर्ण हुन्छ । 
  • मानिसमा परनिर्भरता बढेर जान्छ । 
  • विधुत खपतमा बृद्धि आउँछ । 

विद्युतीय उपकरणले महिलाको जीवनशैलीमा पारेको प्रभावः  

नेपालको परिप्रेक्ष्यमा विशेषगरी घरायसी काममा पुरुषभन्दा नारीहरू नै सक्रिय रुपमा सहभागी भएको पाइन्छ । विद्युतीय उपकरणको प्रयोग भान्छाको काममा पनि प्रयोग गर्न सम्भव भएसँगै यसले गृहिणीहरूलाई सहजता मिलेको छ । अर्कोतर्फ बाहिरको कामसमेत भ्याउनपर्ने बाध्यता भएकाहरूलाई त विद्युतीय उपकरण वरदान साबित भएका छन् । स्टोभदेखि डिशवाशरसम्म सबैमा विद्यतिय हस्तक्षेप हुन थालेको छ । लुगा धुने र भाँडा धुने मेसिन , भ्याकुम क्लिनर जस्ता विद्युतीय उपकरणहरूले गृहिणीहरुकाे शारीरिक तनाव बाट छुटकारा मिलेकाे छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It