Property

१०३ रोपनी जग्गामा बन्दै ‘मध्यम वर्गीय परिवारका लागि’ सुविधासम्पन्न हाउजिङ

Pinterest LinkedIn Tumblr

काठमाडौं । तुलनात्मक रुपमा सामान्य घर भन्दा हाउजिङका घरहरू महँगा नै हुन्छन् । जसले गर्दा हत्तपत्त सामान्य व्यक्तिले हाउजिङका घर खरीद गर्ने सोच बनाएको पाइदैन । र यस्तो परिपाटीलाई ब्रेक गर्न डाउनटाउन रेसिडेन्सीले धापाखेलमा सुविधासम्पन्न हाउजिङ निर्माण गरिरहेको छ ।

मध्यम वर्गीय जीवनशैली लक्षित गरिएको यस हाउजिङमा ग्राहकहरूले आफ्नो प्राथमिकताअनुसार घर तथा जग्गाको प्लट दुवै खरीद गर्न पाउनेछन् । यो हाउजिङ नागदह नजिकै १ सय ३ रोपनी जग्गामा निर्माण भइरहेको छ । जसमा २ सयभन्दा बढि घरहरू निर्माण हुनेछन् । जसमध्ये ३० युनिट घरहरू बुकिङ भइसकेको छ ।

व्यवस्थित जीवनशैलीलाई मध्येनजर गर्दै निर्माण भइरहेको यस हाउजिङमा टाइप F, M, S, C गरी चार किसिमका घरहरू निर्माण हुनेछन् । बक्स डिजाइनका यी घरहरू २ आना २ पैसा ३ दाम देखि ९ आना ३ पैसा ३ दाम जग्गामा निर्माण हुनेछन् । यी घरहरू पश्चिम, उत्तर, पूर्व, र दक्षिण मोहडाका छन् ।

5BHK सेमी फर्निस्ड यी घरको भुईँतलामा दुईवटा बेडरुम, एउटा बैठक कोठा र एउटा किचनको साथै एउटा कमन बाथरुम रहेको छ । पहिलो तलामा अट्याच बाथरुम सहितको बेडरुम, एउटा लिभिङ रुम र किचन र डाइनिङका साथै एउटा कमन बाथरुम रहेको छ । दोस्रो तलामा अट्याच बाथरुम सहितको एउटा र एउटा सामान्य बेडरुम छ ।

घर तथा जग्गाको खरिदमा २२ प्रतिशतसम्म छुट दिँदै ‘डाउनटाउन रेसिडेन्सी’

हाउजिङमा उपलब्ध सुविधाहरूः

रिङरोडबाट ७ किलोमिटरको दूरीमा अवस्थित हाउजिङमा शिक्षा, स्वास्थ्य र यातायात जस्ता आधारभूत आवश्यकतालाई विशेष प्राथमिकतामा राखिएको छ ।

पानीः काठमाडौं उपत्यकाका अधिकांश स्थानहरूमा पानीको समस्या रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै कम्पनीले हाउजिङमा बोरिङको व्यवस्था गरेको छ । साथै ढल निकासको पनि राम्रो व्यवस्था रहेको छ ।

शिक्षा तथा स्वास्थ्यः हाउजिङबाट २.९ किलोमिटरको दूरीमा ‘जेम्स स्कुल’ र कान्तिपुर इन्जिनियरिङ कलेज रहेको छ । साथै ३ किलोमिटरको दूरीमा सुमेरु हस्पिटल हुनुले पनि जीवनशैलीलाई थप निर्धक्क बनाएको छ ।

यातायात तथा पार्किङः नागदह रोडबाट १ किलोमिटरको दूरीमा अवस्थित हाउजिङ २६ फिटको फराकिलो रोडसँग जोडिएको छ । साथै हाउजिङमा घरहरूमा १६ फिटको सडक रहेको छ । पार्किङका लागि घरको फैलावट अनुसार एउटा गाडी देखि दुईवटा गाडी र केही बाइक पार्किङको व्यवस्था गरिएको छ ।

रकम भुक्तानी र बैंकिङ सेवाः हाउजिङका प्रपर्टी खरिदकर्ताका लागि कम्पनीले भुक्तानी प्रक्रियामा समेत सहजिकरण गरेको छ । साथै हाउजिङमा जग्गा मात्रै किनेर आफै घर निर्माण गर्ने सहजता समेत कम्पनीले दिएको छ । यस हाउजिङमा घर खरिदका लागि सुरुवातमा ५० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने हुन्छ । साथै जग्गा खरिदमा ४० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने हुन्छ । भने कम्पनीले यी घरका लागि ६० प्रतिशत र जग्गाका लागि ५० प्रतिशत होम लोनको समेत व्यवस्था गरेको छ ।

मूल्यः हाउजिङका घरहरूको मूल्य साइज, जग्गाको फैलावट, अवस्थिति र डिजाइनको आधारमा निर्धारण गरिएको छ । जसअनुसार बिक्रीका लागि रहेका घरहरूको मूल्य २ करोड ६८ लाख देखि ६ करोड ६६ लाखसम्म तोकिएको छ । भने जग्गाको मात्र मूल्य १ करोड ४७ लाख देखि ५ करोड ४५ लाख तोकिएको छ । साथै सेल्स इभेन्टका अवसरमा घर तथा जग्गाको खरिदमा २२ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

अन्य सुविधाहरूः रिङरोडबाट ७ किलोमिटरको दूरीमा अवस्थित हाउजिङमा हेल्थ क्लब, वाटर फाउन्टेन सहित पर्याप्त खाली स्पेस, कम्युनिटी हलको व्यवस्था छ । साथै अनुभवी सुरक्षा गार्डद्वारा चौबीसै घण्टा सुरक्षा, सिसिटिभीको समेत व्यवस्था गरिएको छ ।

‘डाउनटाउन प्रपर्टी सेल्स इभेन्ट’सम्बन्धी थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्नुहोला ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It