Lifestyle

वास्तुविद्का अनुसार घरमा प्रयोग गर्न सकिने पाँच रंगहरू

By BabinaFebruary 2, 20232 min read
वास्तुविद्का अनुसार घरमा प्रयोग गर्न सकिने पाँच रंगहरू

काठमाडौं । घरलाई आकर्षक र सुन्दर बनाउन विभिन्न रंगले पेन्ट गर्नु सामान्य कुरा नै हो । तपाईंमध्ये धेरैलाई थाहा हुनपनि सक्छ कि, रंग लगाउँदा सुन्दरता बढ्ने मात्र नभएर घर मजबुत पनि हुन्छ । घर पेन्टिङमा प्रयोग हुने रङले घाम पानीबाट हुने क्षति, धुलो र किराबाट सुरक्षित राख्न मद्दत गर्दछ ।

आजको लेख, वास्तु शास्त्रअनुसार घरमा प्रयोग गरिने रंगको प्रभाव कस्तो हुन्छ भन्ने विषयमा ज्योतिष शिवप्रसाद ढकालसँग गरिएको कुराकानीमा आधारित छ ।

रंगको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव हाम्रो जीवनमा परिरहेको नै हुन्छ । हिजोआज प्रायः व्यक्तिगत रोजाइ अनुसार घरमा रंग लगाउने गर्छन् । ‘मनखुसी रंग प्रयोग गर्दा परिवारमा नकरात्मक असर पर्ने हुन्छ’ – ज्योतिष ढकाल भन्छन् । 

सकेसम्म  राशि अनुसार शुभ अशुभ हेरेर रंगको प्रयोग गर्न ढकाल सुझाउँछन् । उनी भन्छन्- ‘वास्तुलाई आत्मसात गर्नेहरूले घरमूलीको शुभअशुभ रङ, जोर/विजोर जस्ता कुराहरू मिलाउनुपर्ने हुन्छ । यसो गरेमा घरमा बस्ने हरेक सदस्यलाई शुभ फल प्राप्त हुन्छ ।’ 

हिजोआज कतिपयले वास्तुअनुसार रंगको प्रयोग गर्दा दिशालाई ध्यानदिनुपर्ने भ्रम फैलाएको ढकाल बताउँछन् ।यद्यपि वास्तुमा यसको कुनै तथ्य उल्लेख नभएको उनको भनाई छ । 

सामान्यतया घरमा फिक्का किसिमको रङ लगाउनु राम्रो मानिन्छ । गाढा किसिमको रङलाई वास्तुशास्त्रले राम्रो मान्दैन । उनका अनुसार, वास्तुले जाती अनुसार घरमा छुट्टाछुट्टै रङहरू छुट्याएको ढकाल बताउँछन् ।

ब्राह्मणको घरमा फिक्का सेतो, क्षेत्रीको घरमा फिक्का पहेँलो वा रातो र अन्य जातिहरूले अरू रंगको प्रयोग गर्नुपर्छ । 

मानव शरीरमा पञ्चतत्त्व अर्थात् पृथ्वी, पानी, आकाश, अग्नि, वायुलाई सही तरिकाले तालमेल गराउन वास्तुशास्त्रको विशेष भूमिका रहन्छ । घरको विभाजनलाई  उपयुक्त दिशामा भाग लगाएजस्तै रंगरोगन गर्दा पनि समुचित उपाय अपनाउनु पर्ने ढकाल बताउँछन् ।

वास्तुअनुसार घरमा प्रयोग गर्न सकिने उपयुक्त पाँच रंगहरूः

१. सेतो रंगलाई शान्तिशुभ्रताको प्रतीक मानिन्छ । यसले मनस्थितिलाई शान्त बनाउने हुँदा घरबाट नकारात्मक ऊर्जालाई टाढा राख्न मद्दत गर्दछ । 

२. हल्का रातो रंगलाई क्रान्तिको प्रतीक मानिने हुँदा यो पनि घरमा प्रयोग गर्नु राम्रो मानिन्छ ।

३. सिम्रीक रंगलाई सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ । यो रंगको प्रयोगले घरमा शान्ति कायम राख्छ ।

४. बैजनी रंगलाई समृद्धि र गरिमा को प्रतीक मानिन्छ । यो रंगलाई विलासिता र प्रतिष्ठा देखाउन प्रयोग गर्ने गरिन्छ ।

५. हल्का पहेँलो रंगलाई घरमा प्रयोग गर्नु शुभ मानिन्छ । यो रंग समृद्धि र आनन्दको प्रतीक पनि हो । यसले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्दछ । 

त्यस्तै; घरका झ्यालढोकाको सन्दर्भमा खैरो रंगको प्रयोग गर्नु उपयुक्त हुने ढकालले बताए । उनी भन्छन्- ‘कालो रंगले शनिलाई आकर्षण गर्ने हुँदा सकेसम्म घरमा प्रयोग नगरेको राम्रो ।’ यद्यपि धेरैजसो घरको झ्याल ढोकामा कालो रंगको प्रयोग गर्ने गरेको पाइन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

best color ideascolor idea as per vastucolor ideascolor ideas for homevastu tips

You May Also Like

More stories from Basobaas