Finance

फागुनका लागि अधिकांश बैंकहरूले घटाए ब्याजदर (सूचीसहित)

By BabinaFebruary 13, 20241 min read
फागुनका लागि अधिकांश बैंकहरूले घटाए ब्याजदर (सूचीसहित)

काठमाडौं । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । तरलता सहज हुँदै गएपछि बैंकहरूले पछिल्लो अद्यावधिक मुद्दती निक्षेपको ब्याजदर घटाएको पाइएको छ । 

बैंकहरूले घटाएको ब्याजदर फागुन १ गते अर्थात् आजदेखि लागू हुनेछ । नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ०.४१ प्रतिशतले घटेको छ ।

चार वाणिज्य बैङ्कहरू एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । हिमालयन बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

यस्तै, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेका हुन् । यी बैंकले माघमा पनि सोही ब्याजदर लागू गरेका थिए ।

क्र.सं बैंकको नाम व्यक्तिगत तर्फको ब्याजदर संस्थागत तर्फको ब्याजदर गिरावट
१. प्राइम बैंक ७.४  ५.४ ०.६९
२. कृषि विकास बैंक ६.४४३ ४.४४३ १.३१७ (संस्थागततर्फ)
०.८१ (व्यक्तिगततर्फ)
३. नेपाल एसबिआई बैंक ८.१ ६.१  ०.१५
४. एनएमबि बैंक ८.५  ६.५  ०.५०
५. लक्ष्मी सनराइज बैंक ८ (माघकै यथावत)  ६  ०.६(संस्थागततर्फ)
६. कुमारी बैंक ८.०१  ६.०१  ०.१०
७. प्रभु बैंक ७.५  ५.५  ०.५६ 
८. सानिमा बैंक ७.५१  ५.५१  ०.६४ 
९. एनआईसी एशिया बैंक ६  ०.०६ 
१०. नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ८  ६  ०.६० 
११. राष्ट्रिय वाणिज्य बैंक ७.३५  ५.३५  ०.७२ 
१२. नेपाल बैंक ७.२५  ५.२५  ०.७५ (व्यक्तिगततर्फ)

१.२५ (संस्थागततर्फ)

१३. नबिल बैंक ७.७५  ५.७५  ०.३६ 
१४. स्ट्याण्डर्ड चार्टर्ड बैंक ७.३५  ५.२५ (माघकै यथावत) ०.७२ (व्यक्तिगततर्फ)
१५. ग्लोबल आइएमई बैंक ७.६  ५.६  ०.५० 
१६. माछापुच्छ्रे बैंक ८ (माघकै यथावत) ६ (माघकै यथावत) _
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

Bank Interest RateBank Interest Rate Update for Falgunbank interest Rates DecreaseInterest Rate Adjustments in Nepal

You May Also Like

More stories from Basobaas