Luxury Living

जेनविश होम्सका आकर्षक घरहरू बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । जेनविशले होम्सले बानियाँटार काठमाडौंमा हाउजिङहरू निर्माण गरिरहेको छ । आधुनिक सुविधायुक्त हाउजिङहरू ८ रोपनी १४ आना १ पैसा जग्गामा निर्माण भइरहेका छन् । 

हाउजिङलाई A, B, C, D र E गरि पाँच वटा क्याटेगोरीमा डिजाइन गरिएको छ । हाल ‘A’ र ‘B’ क्याटेगोरीका घरहरू निर्माण सम्पन्न भइ बिक्री भइरहेका छन् ।

जग्गाको आकार र प्रकृतिअनुसार बनेका यी घरहरू 3BHK देखि 5BHK सम्मका छन् । ‘क्लस्टर’ र ‘रो’ डिजाइनमा निर्मित हाउजिङका घरहरू ३ देखि ५ आना जग्गामा बनेका छन् । यी घरहरू साढे दुई तलाका रहेका छन् ।

‘A’ क्याटेगोरीमा पूर्वी मोहडा भएका ५ वटा ‘क्लस्टर’ डिजाइनका घरहरू छन् । जसमध्ये ३ वटा घर बिक्री भइसकेका छन् भने दुईवटा बिक्री हुन बाँकी छन् । 

त्यस्तै, ‘B’ क्याटेगोरीमा दक्षिण मोहडा भएका सातवटा घरहरू छन् । जुन ‘रो’ डिजाइनमा निर्माण भएका छन् । जसमध्ये ५ वटा घरहरू बिक्री भइसकेका छन् भने अब मात्र दुईवटा घरहरू बिक्रि हुन बाँकी छन् । 

सेमी फर्निस्ड यी घरहरूमा चिम्नीसहित मोड्युलर किचन सेटअप, दराज, वार्डड्रव र काठको भर्याङ फिट गरिएको छ । फ्लोरिङमा ल्यामिनेट पार्किटिङ गरिएको छ । 

हाउजिङका घरहरू निर्माणमा गुणस्तरीय सिमेन्ट तथा कच्चा पदार्थको प्रयोग गरिएको छ । जसले घरलाई भूकम्पप्रतिरोधक बनाएको छ ।

घरको साइज, जग्गाको फैलावट, अवस्थितिको आधारमा घरको मूल्य निर्धारण गरिएको छ । जसअनुसार हाल बिक्रीका लागि रहेका क्लस्टरको हाउजिङको मूल्य ३ करोड ५० लाख देखि ३ करोड ७० लाख तोकिएको छ । 

‘रो हाउजिङ’को मूल्य भने २ करोड ४० लाख देखि २ करोड ९५ लाख सम्म तोकिएको छ । 

हाउजिङमा उपलब्ध सुविधाहरूः 

उपत्यकामा रहेको खानेपानीको समस्यालाई मध्यनजर गर्दै हाउजिङमा जमिनमुनि बोरिङको पानीको व्यवस्था गरिएको छ । त्यसैगरी जमिनमुनि आठ हजार लिटरसम्मको रिजर्भ पानी ट्याङ्कीको रहेको छ । भने प्रत्येक घरको छतमा एक हजार लिटरको पानी ट्याङ्की रहेको छ । 

शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुराहरूका लागि समेत हाउजिङ वरपर थुप्रै विद्यालय तथा हस्पिटलहरू रहेका छन् । 

हाउजिङ प्रवेश गर्ने बाटो २० फिट फराकिलो छ भने बस्ती भित्रको बाटो १६ फिटको सडकको पहुँच रहेको छ । त्यस्तै हाउजिङका यी घरहरूमा एउटा गाडी सहित दुइवटा सम्म गाडी पार्किङ छुट्याइएको छ । 

बैंकिङ कारोबार, सपिङ तथा मनोरञ्जनका लागि पनि हाउजिङ नजिकै बैंक, सपिङ मल र  गार्डेन रहेका छन् । 

‘जेनविश होम्स’ तथा बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । साथै, ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गरेर पनि थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It