Property

व्यवसायिक भवन भाडामा लिँदा विशेष छुट पाइने

By BabinaDecember 7, 20232 min read
व्यवसायिक भवन भाडामा लिँदा विशेष छुट पाइने

काठमाडौं । सिनामङ्गल, काठमाडौंस्थित गैरीगाउँ कम्प्लेक्सका अफिस स्पेसमा छुटको व्यवस्था गरिने भएको छ । ‘बसोबास प्रपर्टि सेल्स इभेन्ट’ अन्तर्गत सीमित समयका लागि कम्प्लेक्सका स्पेसको भाडामा सेवाग्राहीले २५ प्रतिशतसम्म छुट पाउने छन् ।

ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रपर्टि इभेन्टमा गैरीगाउँ कम्प्लेक्सका विभिन्न व्यवसायिक स्पेसहरू समावेश छन् । 

२२ आना जग्गामा बनेको पाँचतले भवनमा करिब १६ हजार वर्गफिट स्पेस छ । जसमध्ये भुइँतला, पहिलो, दोस्रो र तेस्रो तला गरी ४ वटा तला भाडाका लागि उपलब्ध छन् । 

कम्प्लेक्सका प्रत्येक तलाहरू ३३ सय वर्गफिट फराकिला छन् । इभेन्टमा सहभागी भइ स्पेस बुकिङ गर्ने ग्राहकहरूका लागि मात्र छुटको व्यवस्था गरिएको छ । 

गैरीगाउँ कम्प्लेक्स नै किन ?

यो कम्प्लेक्स एयरलाइन्स, कार्गो कम्पनी, आईटी हब र वित्तीय संस्थाहरू जस्ता व्यवसाय सञ्चालन गर्नका लागि उपयुक्त छ । यदि तपाईं यस्तै कम्पनी सञ्चालनका लागि अफिस स्पेसको खोजीमा हुनुहुन्छ भने गैरीगाउँ कम्प्लेक्स नै उपयुक्त हुने थप कारण यस्ता छन्ः

उपयुक्त स्थान

गैरीगाउँ कम्प्लेक्स व्यापार तथा व्यवसाय सञ्चालनका लागि निकै पायक पर्ने स्थानमा रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै रहेकाले व्यवसाय विस्तार गर्न सहज हुने स्थानमा कम्प्लेक्स रहेको छ । 

लगानीमा प्रतिफल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अवस्थित कम्प्लेक्स जुनसुकै व्यवसाय सञ्चालनका लागि फाइदाजनक छ । रिङरोडको छैवैमा र भाडामा पनि विशेष छुट दिइएकाले कम्प्लेक्स भाडामा लिइ राम्रै प्रतिफल लिन सकिन्छ ।

पार्किङ लगायत अन्य सुविधाहरू 

सिनामंगलबाट ५० मिटरको दुरीमा अवस्थित कम्प्लेक्समा २० फिट फराकिलो सडक जोडिएको छ । साथै कम्प्लेक्समा २० देखि २५ वटा सम्म कार अट्ने बेसमेन्ट पार्किङ उपलब्ध छ । 

त्यसबाहेक कम्प्लेक्समा पानी, बिजुली र ढल निकास जस्ता आधारभूत सुविधा छन् । साथै चौबीसै घण्टा सेक्युरिटी गार्ड, १० जनासम्म क्षमता भएको लिफ्ट, फायर हाइड्रेन्ड सिस्टम, विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन, ट्रान्सफर्मर, जेनरेटर र फिल्ट्रेसन प्लान्ट सिस्टम आदि सेवा उपलब्ध छन् । 

नोटः बसोबासले पुष ७ गते सञ्चालन आयोजना गर्न लागेको प्रपर्टी इभेन्टमा उपत्यकाका उत्कृष्ट २५ भन्दा बढी प्रपर्टीहरूमा विशेष छुटको व्यवस्था गरिएको छ । 

basobaas property eventcommercial space for rentGairigau complexNepal first Basobaas Property Eventrental propertywhy gairigau complex

You May Also Like

More stories from Basobaas