९७ लाखदेखि २ करोड सम्मका ‘सोल्टी सिटी’ अपार्टमेन्ट बिक्रीमा

काठमाडौं । उपत्यकामा सुविधासम्पन्न आवासका लागि अपार्टमेन्टको बसाइ लोकप्रिय छ । तर मूल्यको सन्दर्भमा अपार्टमेन्टको बसाइ तुलनात्मक रुपमा महंगो पर्न जान्छ । यद्यपि लोकप्रिय रियलइस्टेट कम्पनी प्लाटिनम डेभलपरको ‘सोल्टी सिटी अपार्टमेन्ट’ प्राइम लोकेसनमा अवस्थित सस्तो र सुरक्षित अपार्टमेन्ट हो ।
काठमाडौंको रविभवनमा रहेको सुविधासम्पन्न ‘सोल्टी सिटी’ अपार्टमेन्टका विभिन्न युनिटहरू बिक्रीमा छन् ।
१८ रोपनी १५ आना ३ दाम जग्गामा फैलिएको अपार्टमेन्टमा ४ वटा १५ तले टावरहरू छन् । ‘A’ ‘B’ ‘C1’ र ‘C2’ मा विभाजित टावरमा 1 BHK देखि 3 BHK का ५ सय भन्दा बढी युनिट अपार्टमेन्ट छन् ।
सोल्टी सिटीमा ६ सय ४२ वर्ग फिटदेखि ११ सय ६० वर्ग फिटसम्मका सीमित युनिटहरू मात्र बिक्रीका लागि रहेका छन् ।
सेमी फर्निस्ड अपार्टमेन्टमा ब्रान्डेड वेयरिङ र फिटिंगको प्रयोग भएको छ । त्यसैगरी, फ्लोरिङमा पार्केटिङ गरिएको छ ।
निर्माण सामग्रीको प्रयोगः
भूकम्प प्रतिरोधी आरसीसी फ्रेम स्ट्रक्चर र अत्याधुनिक भवन निर्माण मापदण्ड अनुसार निर्माण भएको अपार्टमेन्टमा १२/२४ पिल्लर साइज र गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरिएको छ । अपार्टमेन्टको पाइलिङका लागि पनि १०० फिट भन्दा गहिरो खाडल खनी पिल्लर उठाइएको सोल्टी सिटी अपार्टमेन्टका सेल्स म्यानेजर पार्वती जि.सी ले बताइन् ।
लोकेसन सम्बन्धी विस्तृतः
उपत्यकाको प्राइम लोकेसन मानिने रविभवनबाट टेकु १.२५ किलोमिटर, कलंकी १ किलोमिटर, न्युरोड २.२ किलोमिटरको दूरीमा अवस्थित छ । यसो हुँदा बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि अपार्टमेन्ट नजिकै थुप्रै विद्यालयहरू छन् । साथै नजिकै थुप्रै नाम चलेका हस्पिटलहरू छन् । उपत्यका बाहिर यात्राका लागि पनि सहज हुने स्थानमा अपार्टमेन्ट निर्माण गरिएको छ । हाल अपार्टमेन्टमा फरक फरक पेसा व्यवसाय भएका मानिसहरू र विद्यार्थीहरूको बसोबास रहेको छ । साथै प्राइम लोकेसन, भर्खरै निर्माण भएको र अन्य अपार्टमेन्टको तुलनामा सस्तो भएकाले सोल्टी सिटी बसोबासका लागि उपयुक्त रहेको जि.सी ले बताइन् ।
दिशा तथा अन्य व्यवस्थाः
दक्षिणी मोहडा भएको अपार्टमेन्ट २६ फिट फराकिलो सडकसँग जोडिएको छ । पार्किङका लागि हरेक युनिटमा एउटा गाडी पार्किङको व्यवस्था गरिएको छ भने सीमित समयका लागि गेस्ट पार्किङको पनि व्यवस्था गरिएको छ । यदि एउटा गाडी भन्दा बढी गाडी तथा बाइकहरू पार्किङका लागि भने थप शुल्क तिर्नुपर्ने छ ।
अत्याधुनिक सुविधाः
यसबाहेक अपार्टमेन्टभित्र दुईवटा अटोम्याटिक लिफ्ट, पर्याप्त पानी, सबै क्षेत्रका लागि आपतकालीन पावर ब्याकअप, एम्फीथिएटरसँगै सिटिङ एरिया, हाइड्रन्ट फायर फाइटिंग सिस्टम, ढल प्रशोधन प्लान्ट, बास्केटबल कोर्ट, स्विमिङ पुल, चिल्ड्रेन प्ले एरिया, अपार्टमेन्ट भित्रै एटीएम बुथ, तातो चिसो पानी आपूर्ति र २४ सैं घण्टा सेक्युरिटी गार्ड जस्ता सुविधा समेत उपलब्ध रहेको जि.सी ले बताइन् ।
मूल्य तथा थप जानकारीः
यी अपार्टमेन्टको मूल्य आकार अनुसार ९७ लाख ६५ हजार देखि २ करोड ५५ लाख २० हजार तोकिएको छ ।
थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्नुहोला ।
‘सोल्टी सिटी’ अपार्टमेन्टका प्रपर्टिहरू हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
Latest Posts
Fresh reads from Basobaas










