Neighborhood

उपत्यकाको भीआईपी क्षेत्रः बुढानिलकण्ठमा कस्तो छ घरजग्गाको मूल्य र भाडादर ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । बुढानिलकण्ठ काठमाडौं उपत्यकाको उत्तरतर्फ शिवपुरी डाडाको काखमा अवस्थित छ । धार्मिक एवं ऐतिहासिक पुरातात्विक महत्वका हिसाबले विशेष मानिएको यो क्षेत्रमा बस्नु धेरैको सपना नै हुन्छ ।

यो काठमाडौं जिल्लाका ११ वटा स्थानीय सरकारमध्ये (महानगरपालिका बाहेक) जनसङ्ख्याको आधारमा नेपाल भरीको दोश्रो ठूलो नगरपालिका हो । उत्तरतर्फ नुवाकोट जिल्लासँग जोडिएको तथा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, दक्षिणमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३, ४, ६, ७ र टोखा नगरपालिकाको वडा नम्बर ४ धापासी रहेको छ ।  

३४.०८ किमी (१३.१६ वर्ग माइल) मा क्षेत्रफलमा फैलिएको बुढानिलकण्ठ नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ अनुसार कुल १ लाख ७७ हजार ५५७ जनसङ्ख्या  रहेको छ भने ४६,९३० घरधुरी रहेका छन् । 

आर्थिक वर्ष २०८०/८१ मा मात्र यस नगरपालिकामा ९९९ घर निर्माण सम्पन्न भएका छन् । विं सं. २०६८ सालमा बुढानिलकण्ठको जनसंख्या १ लाख ७ हजार ९ सय १८ थियो ।

बुढानिलकण्ठ क्षेत्रका प्रमुख आवासिय क्षेत्रः घरजग्गाको मूल्य र भाडादर
स्थान जग्गाको औसत मूल्य (प्रतिआना) घरको मूल्य (४ आना जग्गामा बनेको) आवासिय भाडादर
फ्ल्याट घर
वडा नं १ प्रतिआना १० लाख- ४०  १ करोड ५० लाखदेखि ३ करोडसम्म  १० हजारदेखि २५ हजारसम्म  ३५ हजारदेखि ३५ हजारसम्म
वडा नं २ प्रतिआना २५- ५० लाख  २ करोडदेखि ३ करोड ५० लाखसम्म १५ हजारदेखि २५ हजारसम्म ४५ हजारदेखि १ लाखसम्म
वडा नं ३ प्रतिआना १०- ५० लाख  १ करोड ५० लाखदेखि ३ करोड ५० लाखसम्म १५ हजारदेखि २५ हजारसम्म ३५ हजारदेखि १ लाखसम्म
वडा नं ४ प्रतिआना २२ – ५० लाख  १ करोड ५० लाखदेखि ३ करोड ५० लाखसम्म  १५ हजारदेखि २५ हजारसम्म ३५ हजारदेखि १ लाखसम्म
वडा नं ५ प्रतिआना २५- ४० लाख १ करोड ५० लाखदेखि ३ करोड ५० लाखसम्म १५ हजारदेखि २५ हजारसम्म ४० हजारदेखि १ लाखसम्म
वडा नं ६ प्रतिआना ३०- ४५ लाख १ करोड ८० लाखदेखि ३ करोड ५० लाखसम्म १५ हजारदेखि २५ हजारसम्म ५० हजारदेखि १ लाखसम्म
वडा नं ७ प्रतिआना ३५- ५० लाख २ करोडदेखि ३ करोड ५० लाखसम्म  २० हजारदेखि ३५ हजारसम्म ५० हजारदेखि २ लाखसम्म
वडा नं ८ प्रतिआना ४२- ६० लाख २ करोड ५० लाखदेखि ४ करोडसम्म  २० हजारदेखि ३५ हजारसम्म ५० हजारदेखि २ लाख ५० हजारसम्म
वडा नं ९ प्रतिआना ४५- ६५ लाख  २ करोड ५० लाखदेखि ४ करोडसम्म  २० हजारदेखि ३५ हजारसम्म ५० हजारदेखि १ लाखसम्म
वडा नं १० प्रतिआना ३०-६० लाख  २ करोड ५० लाखदेखि ४ करोडसम्म  २० हजारदेखि ३५ हजारसम्म ३५ हजारदेखि १ लाखसम्म
वडा नं ११ प्रतिआना २० – ४० लाख  २ करोडदेखि ३ करोड ५० लाखसम्म  २० हजारदेखि ३५ हजारसम्म ५० हजारदेखि ७० हजारसम्म
वडा नं १२ प्रतिआना २१-४० लाख  २ करोडदेखि ३ करोड ५० लाखसम्म  १५ हजारदेखि २५ हजारसम्म ३५ हजारदेखि ७५ हजारसम्म
वडा नं १३ प्रतिआना १७-४० लाख  १ करोड ५० लाखदेखि २ करोड ५० लाखसम्म  १५ हजारदेखि २५ हजारसम्म ३५ हजारदेखि ८० हजारसम्म

हरेक वडाको भाडादर र घरजग्गा मूल्यांकन संक्षेपमा हेरौँः

वडा नं १

बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा इशान कोलोनीदेखि बागद्वार सम्मको क्षेत्र पर्छ । जसमा सिमली गाउँ नागगुम्बा लगायत थुप्रै स्थानहरू छन् । यस वडाको कुल जनसंख्या ८ हजार ७८ रहेको छ । भने २१ सय ३० परिवारको बसोबास रहेको छ ।

यस क्षेत्रमा जग्गाको मूल्य ठाउँअनुसार प्रतिआना १० लाखदेखि ४० लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य १ करोड ५० लाखदेखि ३ करोडसम्म छ । 

वडा नं १ मा एउटा फ्ल्याटको मूल्य ठाउँअनुसार १० हजारदेखि २५ हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ३५ हजार देखि ५० हजारसम्म पर्दछ ।

वडा नं २

यस वडामा माथिल्लो भङ्गाल, सिमडाँडा, बार्दली लगायत थुप्रै क्षेत्रहरू पर्छन् । यस वडाको कुल जनसंख्या ११ हजार ४ सय २ रहेको छ । भने २८ सय ७७ परिवारको बसोबास छ । 

यस क्षेत्रमा जग्गाको मूल्य ठाउँअनुसार प्रतिआना २५ लाखदेखि ५० लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य २ करोड देखि ३ करोड ५० लाखसम्म छ । 

वडा नं २ मा एउटा फ्ल्याटको मूल्य ठाउँअनुसार १५ हजारदेखि २५ हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ४५ हजार देखि १ लाखसम्म पर्दछ ।

वडा नं ३ 

यस वडामा जामाचेन गुम्बा, नारायणथान, भद्रकाली मन्दिर, देउवा चोक, रुद्रेश्वर, शिलामार्ग, चपली घुम्ती, कैलाश कोलोनी, मिलन चोक लगायतका स्थानहरू पर्दछन् । यस वडाको जनसंख्या ८ हजार ४ रहेको छ । भने २० हजार ९० परिवारको बसोबास छ । 

यस क्षेत्रमा जग्गाको मूल्य ठाउँअनुसार प्रतिआना १० लाखदेखि ५० लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य १  करोड ५० लाखदेखि ३ करोड ५० लाखसम्म छ । 

वडा नं ३ मा एउटा फ्ल्याटको मूल्य ठाउँअनुसार १५ हजारदेखि २५ हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ३५ हजार देखि १ लाखसम्म पर्दछ ।

वडा नं ४

यस वडामा चन्डेश्वरी, शिवपुरी राष्ट्रिय निकुञ्ज, धनेश्वर धाम, पञ्चकन्या, बालेश्वर मन्दिर लगायतका स्थानहरू पर्दछन् । यस वडाको जनसंख्या ९ हजार ४ सय ९७ रहेको छ । 

यस क्षेत्रमा जग्गाको मूल्य ठाउँअनुसार प्रतिआना २२ लाखदेखि ५० लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य १  करोड ५० लाखदेखि ३ करोड ५० लाखसम्म छ । 

वडा नं ४ मा एउटा फ्ल्याटको मूल्य ठाउँअनुसार १५ हजारदेखि २५ हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ३५ हजार देखि १ लाखसम्म पर्दछ ।

वडा नं ५ 

वडा नं ५ मा डाँडागाउँ, माथिल्लो र तल्लो सिसिमी, थारथोक, टुसाल, विष्णुमती, टाइफाँट, ठकुरी टोल, देउला टोल, बोगटी टोल, दुलाल टोल, नेलाली टोल लगायतका क्षेत्र पर्छ । यस वडाको कुल जनसंख्या ७ हजार ४ सय ३२ रहेको छ । भने १९ सय ८५ परिवार बसोबास गर्दै आइरहेका छन् ।

यस क्षेत्रमा जग्गाको मूल्य ठाउँअनुसार प्रतिआना २५ लाखदेखि ४० लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य १  करोड ५० लाखदेखि ३ करोड ५० लाखसम्म छ । 

वडा नं ५ मा एउटा फ्ल्याटको मूल्य ठाउँअनुसार १५ हजारदेखि २५ हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ४० हजार देखि १ लाखसम्म पर्दछ ।

वडा नं ६

वडा नं ६ मा हात्तिगौंडाको केही भाग, चनगाउँ, क्यासिन्डोल, खड्का गाउँ, खत्री गाउँ, पासीकोट,सशेराफाट, श्रीनगरटोल, गैरीगाउँ लगायतका क्षेत्र पर्छ । यस वडाको कुल जनसंख्या ११ हजार ८ सय ३ रहेको छ । भने ३१ सय ३५ परिवार बसोबास गर्दै आइरहेका छन् ।

यस क्षेत्रमा जग्गाको मूल्य ठाउँअनुसार प्रतिआना ३० लाखदेखि ४५ लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य १  करोड ८० लाखदेखि ३ करोड ५० लाखसम्म छ । 

वडा नं ६ मा एउटा फ्ल्याटको मूल्य ठाउँअनुसार १५ हजारदेखि २५ हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ५० हजार देखि १ लाखसम्म पर्दछ ।

वडा नं ७

वडा नं ७ मा गणेशचोकको केही भाग, हात्तिगौंडाको केही भाग, स्पेशल चोक, बासुकी मार्ग,डठगाउँ, धनगाउँ, तल्लो खत्री गाउँ, हेपाली हाइट, भेटघाट चोक, भद्रकाली बस्ती, शान्त कोलोनी लगायतका क्षेत्र पर्छ । यस वडाको कुल जनसंख्या ६ हजार ४ सय ३५ रहेको छ । भने १६ सय ९६ परिवार बसोबास गर्दै आइरहेका छन् ।

यस क्षेत्रमा जग्गाको मूल्य ठाउँअनुसार प्रतिआना ३५ लाखदेखि ५० लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य २  करोडदेखि ३ करोड ५० लाखसम्म छ । 

वडा नं ७ मा एउटा फ्ल्याटको मूल्य ठाउँअनुसार २० हजारदेखि ३५ हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ५० हजार देखि २ लाखसम्म पर्दछ ।

वडा नं ८

वडा नं ८ मा गणेशचोक, सुन्दरबस्ती कोरिडोरको भाथिल्लो भाग, मण्डिखाटरको केही भाग, हात्तीगौंडाको केही भाग, न्यूरो हस्पिटलको माथिल्लो भागलगायतका क्षेत्र पर्छ । यस वडाको कुल जनसंख्या १९ हजार १८ रहेको छ । भने ५ हजार सय ३७ परिवार बसोबास गर्दै आइरहेका छन् ।

यस क्षेत्रमा जग्गाको मूल्य ठाउँअनुसार प्रतिआना ४२ लाखदेखि ६० लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य २  करोड ५० लाखदेखि ४ करोडसम्म छ । 

वडा नं ८ मा एउटा फ्ल्याटको मूल्य ठाउँअनुसार २० हजारदेखि ३५ हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ५० हजार देखि २ लाख ५० हजारसम्म पर्दछ ।

वडा नं ९

वडा नं ९ मा सुकेधाराको केही भाग, निलोपुल, एकताबस्ती, बरफेदी, मण्डिखाटारको केही भाग लगायतका क्षेत्र पर्छ । यस वडाको कुल जनसंख्या ३३ हजार ६ सय २३ रहेको छ । भने ९३ सय ५३ परिवार बसोबास गर्दै आइरहेका छन् ।

यस क्षेत्रमा जग्गाको मूल्य ठाउँअनुसार प्रतिआना ४५ लाखदेखि ६५ लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य २  करोड ५० लाखदेखि ४ करोडसम्म छ । 

वडा नं ९ मा एउटा फ्ल्याटको मूल्य ठाउँअनुसार २० हजारदेखि ३५ हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ५० हजार देखि १ लाखसम्म पर्दछ ।

वडा नं १०

वडा नं १० मा सात तले पाथिभरादेखि, मनकामना हाइट मन्दिर, राम मन्दिर, गैरीगाउँ, ह्याम्बल ग्राउन्ड, कपन चौकी, मिलन चोकआदि क्षेत्र पर्छ । यस वडाको कुल जनसंख्या ३३ हजार ६ सय २३ रहेको छ । भने ९३ सय ५३ परिवार बसोबास गर्दै आइरहेका छन् ।

यस क्षेत्रमा जग्गाको मूल्य ठाउँअनुसार प्रतिआना ३० लाखदेखि ६० लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य २  करोड ५० लाखदेखि ४ करोडसम्म छ । 

वडा नं १० मा एउटा फ्ल्याटको मूल्य ठाउँअनुसार २० हजारदेखि ३५ हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ३५ हजार देखि १ लाखसम्म पर्दछ ।

वडा नं ११

वडा नं ११ मा राम मन्दिर, पयुँटार, कृष्णमन्दिर, कपन गुम्बा, डाँडागाउँ,च्यानिखोला, ह्याम्बल ग्राउन्ड, खरिबोट, गुरुङटोल, अधिकारीमोड आदि क्षेत्र पर्छ । यस वडाको कुल जनसंख्या २२ हजार ६ सय ४२ रहेको छ । भने ५९ सय १४ परिवार बसोबास गर्दै आइरहेका छन् ।

यस क्षेत्रमा जग्गाको मूल्य ठाउँअनुसार प्रतिआना २० लाखदेखि ४० लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य २  करोडदेखि ३ करोड ५० लाखसम्म छ । 

वडा नं ११ मा एउटा फ्ल्याटको मूल्य ठाउँअनुसार २० हजारदेखि ३५ हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ५० हजार देखि ७० लाखसम्म पर्दछ ।

वडा नं १२

वडा नं १२ मा तेन्जिङ चोक, मुस्कान चोक, आदर्शनगर, दुर्गा मन्दिर, मेलमिलाप चोक, फैका, खरिबोट, बालकुमारी, दुलाल चोक, जोरधाराआदि क्षेत्र पर्छ । यस वडाको कुल जनसंख्या १९ हजार ४ सय २५ रहेको छ । भने ५२ सय ११ परिवार बसोबास गर्दै आइरहेका छन् ।

यस क्षेत्रमा जग्गाको मूल्य ठाउँअनुसार प्रतिआना २१ लाखदेखि ४० लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य २  करोडदेखि ३ करोड ५० लाखसम्म छ । 

वडा नं १२ मा एउटा फ्ल्याटको मूल्य ठाउँअनुसार १५ हजारदेखि २५ हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ३५ हजार देखि ७५ लाखसम्म पर्दछ ।

वडा नं १३

वडा नं १३ मा चुनिखेल, गाम्चा, कौडल, सापाटार, जगडोल, तल्लो नयाँबस्ती आदि क्षेत्र पर्छ । यस वडाको कुल जनसंख्या १० हजार २ सय ४८ रहेको छ । भने २४ सय ७८ परिवार बसोबास गर्दै आइरहेका छन् ।

यस क्षेत्रमा जग्गाको मूल्य ठाउँअनुसार प्रतिआना १७ लाखदेखि ४० लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य १  करोड ५० लाखदेखि २ करोड ५० लाखसम्म छ । 

वडा नं १३ मा एउटा फ्ल्याटको मूल्य ठाउँअनुसार १५ हजारदेखि २५ हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ३५ हजार देखि ८० लाखसम्म पर्दछ ।

बुढानिलकण्ठ क्षेत्रमा अवस्थित शैक्षिक संस्था, अस्पताल र अन्य कार्यालयहरूः

बुढानिलकण्ठ छोटो समयमा नै विकसित सेवासुविधा र सुरक्षाका दृष्टिले पनि रुचाइएको क्षेत्र हो । यहाँको सामुदायिक वातावरणका कारण पनि धेरै मानिसहरूले बुढानिलकण्ठलाई काठमाडौंमा बसोबासको लागि लोकप्रिय विकल्पका रुपमा लिने गरेका छन् । 

बुढानिलकण्ठ क्षेत्रमा अवस्थित शैक्षिक संस्थाहरूः

यस क्षेत्रमा बूढानीलकण्ठ स्कूल, बुढानिलकण्ठ आश्रम विद्यालय, बुढानीलकण्ठ प्राविधिक विद्यालय, हिमालय बोर्डिङ्ग स्कूल, डायमण्ड कलेज, कपन बहुमुखी क्याम्पस, गणेश बहुमुखी क्याम्पस जस्ता स्कुल तथा कलेजहरू छन् । साथै भाषा सिकाइका लागि महाराजगञ्ज नजिकै भएकाले नाम चलेका इन्स्टिच्युटहरू समेत छन् ।  

बुढानिलकण्ठ क्षेत्रमा अवस्थित अस्पतालहरूः

बुढानिलकण्ठ क्षेत्रमा प्रशस्तै मेडिकल तथा हस्पिटल हुनुले पनि यस क्षेत्रको बसाइलाई निर्धक्क बनाएको छ । यस क्षेत्रमा बुढानीलकण्ठ नगर अस्पताल, करुणा अस्पताल, कपन अस्पताल प्रा. लि, न्यूरो अस्पताल जस्ता नाम चलेका हस्पिटल तथा मेडिकलहरू छन् । त्यस्तै महाराजगन्जमा चोकमा कान्ति बाल अस्पताल, त्रि.वि शिक्षण अस्पताल, चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट लगायत नाम चलेका हस्पिटलहरूसँगको सहज पहुँच रहेको छ ।  

बुढानिलकण्ठ क्षेत्रमा अवस्थित सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरूः

नापी कार्यालय, वडा कार्यालय, मालपोत कार्यालय कार्यालयहरू हुनुले यस क्षेत्रलाई विशेष बनाएको छ । साथै सिद्धार्थ बैंक, सानिमा बैंक, प्राइम कमर्शियल बैंक, मेघा बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, मुक्तिनाथ बैंक, एनआइसी एशिया बैंक, हिमालयन बैंक जस्ता नाम चलेका बैंकहरू छन् । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

प्रतिक्रिया दिनुहोस्
Pin It