Neighborhood

६० वर्ष अघि घरजग्गाको किनबेच सुरू भएको बानेश्वरमा कति छ मूल्य र भाडादर ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं उपत्यकाको सर्वाधिक महत्त्वपूर्ण व्यापारिक, शैक्षिक एवम् आवासीय क्षेत्र हो बानेश्वर । काठमाडौं महानगरको सर्वाधिक ठूलो आवास क्षेत्रका रुपमा परिचित नयाँबानेश्वरमा मानिसहरूको चाप बढ्दो छ । यस लेखमा नयाँ बानेश्वर क्षेत्रमा उपलब्ध सेवा सुविधा तथा घरजग्गाको मूल्य र भाडादरसम्बन्धी संक्षिप्‍त जानकारी उल्लेख गरिएको छ।

नयाँ बानेश्वर क्षेत्रका प्रमुख ५ आवासिय क्षेत्रः घरजग्गाको मूल्य र भाडादर

बानेश्वर क्षेत्रका धेरैजसो स्थानहरू आवासीय प्रयोजनका लागि रहेका छन् । मुख्य सडकसँग जोडिएका स्थानहरू बाहेक बानेश्वरका सबैजसो स्थानमा आवासीय नै हुन् ।

स्थान जग्गाको औसत मूल्य (प्रतिआना)घरको मूल्य (४ आना जग्गामा बनेको)आवासिय भाडादर
फ्ल्याटघर
थापागाउँ ६० देखि ९० लाखसम्म३.५ देखि ६ करोडसम्म२० देखि ५० हजारसम्म १ देखि २ लाखसम्म
मीनभवन ५५ देखि १ करोडसम्म३.५ देखि ७ करोडसम्म२० देखि ४५ हजारसम्म ९० हजारदेखि २ लाखसम्म
आलोकनगर५० देखि ८० लाखसम्म३ देखि ७.५ करोडसम्म२० देखि ४० हजारसम्म ८० हजारदेखि १.५ लाखसम्म
बुद्धनगर ७० देखि १.२५ करोडसम्म४ देखि १० करोडसम्म२५ देखि ५० हजारसम्म ९० हजारदेखि २ लाखसम्म
शङ्खमूल५० देखि १ करोडसम्म४ देखि ९ करोडसम्म२० देखि ४५ हजारसम्म १ देखि २ लाखसम्म
बुद्धनगर
property price and rent rate in baneshowr

बानेश्वरका अन्य स्थान भन्दा ‘बुद्धनगर’ क्षेत्रमा घरजग्गाको मूल्य तुलनात्मक रुपमा महङ्गो छ । ललितपुर र काठमाडौंको सीमानामा पर्ने ‘बुद्धनगर’ मुख्यसडकसँग जोडिएको छ । विभिन्न सरकारी कार्यालय, होटल तथा होस्टेलहरू भएको यो क्षेत्र आवासका लागि निकै उपयुक्त छ । 

 शान्त र व्यवस्थित यस क्षेत्रमा जग्गाको न्यूनतम औसत मूल्य प्रतिआना ७० देखि १ करोड २५ लाखसम्म पर्छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य ४ करोडदेखि १० करोडसम्म पर्छ । 

यस क्षेत्रको फ्ल्याटको औसत भाडादर २५ देखि ५० हजार र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ९० देखि २ लाखसम्म छ । 

थापागाउँ
property price and rent rate in baneshowr

बानेश्वरस्थित ‘थापागाउँ’ आवासका लागि उपयुक्त छ । भौतिक पूर्वाधारको सहज पहुँच भएको यस क्षेत्रमा घरजग्गाको माग अधिक छ । जसले गर्दा ‘थापागाउँ’मा घरजग्गाको मूल्य तथा भाडादर लगातार बढ्दो छ । 

यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ६० देखि ९० लाख चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य साढे ३ करोड देखि ६ करोड सम्म छ । 

मानिसको चाप अत्यधिक भएका कारण यस क्षेत्रको घरभाडादर पनि उच्च छ । थापागाउँमा एउटा फ्ल्याटको मूल्य २० देखि ५० हजारसम्म छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर १ देखि २ लाखसम्म पर्दछ ।

शङ्खमूल
property price and rent rate in baneshowr

ललितपुर र काठमाडौंको सिमानामा पर्ने ‘शङ्खमूल’ बानेश्वरको महङ्गो आवासीय क्षेत्र मध्ये एक हो । शान्त वातावरण र सम्पूर्ण सेवासुविधाको पहुँच भएको ‘शङ्खमूल’ दुई जिल्लाको सिमानामा छ । यसैकारण पनि घरजग्गाको मूल्य अधिक छ । 

‘शङ्खमूल’मा जग्गाको औसत मूल्य प्रतिआना ६० देखि १ करोडसम्म चल्तीमा छ । त्यस्तै; ४ आना जग्गामा बनेको आवासीय घरको औसत मूल्य साढे ४ करोड देखि ९ करोड सम्म पर्छ । 

यस क्षेत्रमा एउटा फ्ल्याटको औसत भाडादर २० देखि ४५ हजारसम्म चलेको छ । त्यसैगरी घर भाडामा लिनुपर्दा घरको क्षेत्रफल र तलाका आधारमा १ देखि २ लाखसम्म पर्छ । 

मीनभवन
property price and rent rate in baneshowr

बानेश्वर चोकबाट ४ सय मिटरको दूरीमा अवस्थित ‘मीनभवन’ अधिक रुचाइएका आवास क्षेत्रमध्ये एक हो । सरकारी कार्यालयहरू, नाम चलेका स्कुल तथा कलेजहरू भएको क्षेत्र भएपनि तुलनात्मक रुपमा बानेश्वरका अन्य क्षेत्रमा भन्दा घरजग्गाको मूल्य कम छ ।

आवासका लागि रोजाइमा पर्ने गरेको यस क्षेत्रमा जग्गाको औसत मूल्य  प्रतिआना ५५ लाख देखि १ करोड सम्म छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य साढे ३ लाखदेखि ७ करोडसम्म छ । 

‘मीनभवन’मा एउटा फ्ल्याटको औसत भाडादर २० देखि ४५ हजार सम्म छ । त्यसैगरी घर भाडामा लिनुपर्दा घरको क्षेत्रफल र तलाका आधारमा औसत भाडादर ९० देखि २ लाखसम्म छ ।

आलोकनगर
property price and rent rate in baneshowr

बानेश्वर चोकबाट ८ सय मिटरको दूरीमा अवस्थित ‘आलोकनगर’लाई विशेषत आवासीय क्षेत्रका रुपमा लिइन्छ । बानेश्वरबाट नजिकै भएपनि यस क्षेत्रमा घर जग्गाको मूल्य अन्य क्षेत्रको तुलनामा कम देखिन्छ । 

‘आलोकनगर’मा जग्गाको औसत मूल्य प्रतिआना ५० लाख देखि ८० लाखसम्म छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको मूल्य ३ करोड देखि ७ करोडसम्म चल्तीमा छ । 

‘आलोकनगर’मा एउटा फ्ल्याटको औसत भाडादर २० देखि ४० हजार सम्म चलेको छ । त्यसैगरी घर भाडामा लिनुपर्दा घरको क्षेत्रफल र तलाका आधारमा औसत भाडादर ८० देखि साढे १ लाखसम्म छ ।

नयाँ बानेश्वर क्षेत्रमा अवस्थित शैक्षिक संस्था, अस्पताल र अन्य कार्यालयहरूः

शिक्षा, स्वास्थ्य, यातायात, व्यापार-व्यवसायको हब, रोजगारीका अवसर, आधुनिक सेवा सुविधा यस क्षेत्रका प्रमुख विशेषता हुन् । जसले यहाँको जीवनशैलीलाई विलासी, आधुनिक र सुविधासम्पन्न बनाउँछ । 

नयाँ बानेश्वर क्षेत्रमा अवस्थित शैक्षिक संस्थाहरूः

यस क्षेत्रमा पाठशाला, के एम् सी स्कुल, एन के सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी स्कुल, मेट्रो सेकेन्डरी स्कुल, नेपाल कमर्स क्याम्पस, नोभा इनटरनेशनल कलेजलगायत प्रसिद्ध शैक्षिक संस्थाहरू छन् ।

नयाँ बानेश्वर क्षेत्रमा अवस्थित अस्पताल तथा स्वास्थ्य संस्थाहरूः

घरको नजिकमा अस्पताल तथा स्वास्थ्य संस्थाहरू हुनुले जीवनशैलीलाई सहज र निर्धक्क बनाउँछ । जसका लागि बानेश्वर नजिकै सिभिल, एभरेस्ट, भरोसालगायतका प्रसिद्ध अस्पतालहरू छन् । त्यतिमात्रै नभएर यस क्षेत्रमा विभिन्न विश्वासिला मेडिकल सेन्टरहरू पनि छन् ।

नयाँ बानेश्वर क्षेत्रमा अवस्थित सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरूः

नयाँ बानेश्वर क्षेत्रबाट नजिकमा विभिन्न सरकारी कार्यालयहरू छन् । नजिकमा संघीय संसद भवन, नेपाल कानून आयोग, नेपाल सरकार, सडक विभाग, नापी विभाग, नेपाल कला परिषद्, वैदेशिक रोजगार विभागलगायतका कार्यालयहरू हुनुले यस क्षेत्रलाई विशेष बनाएको छ । साथै नयाँ बानेश्वर क्षेत्रमा सबैजसो वाणिज्य बैंक, विकास बैंक, वित्तिय कम्पनी तथा लघुवित्तहरू छन् ।

नयाँ बानेश्वरमा घरजग्गाको संक्षिप्त इतिहाँसः

वि.सं २००० तिर नयाँ बानेश्वरमा बसोबास गर्ने मानिसको संख्या दुई हजार थियो । २०१६ सालमा आइपुग्दा बानेश्वरमा बसोबास गर्ने मानिसको संख्या ५ हजार पुग्यो । यस्तोमा जग्गा किनबेच हुने त झनै कुरै भएन । 

२०२०/२१ सालतिर पहिलो पटक जग्गा प्लटिङ गरेर बेच्ने काम बानेश्वर हाइटबाट शुरु भएको हो । एकजना व्यापारीले ११ सयको दरमा किनेको जग्गा प्लटिङ गरेर टंकप्रसाद आचार्य, कुलशेखर शर्मा र भेषबहादुर थापालाई प्रतिरोपनी ४ हजारमा बेचेका थिए । त्यतिबेला जग्गाको खासै महत्व थिएन । 

२०२१ सालमा नापी आएपछि मानिसले जग्गाको महत्व बुझ्न थाले । २०२५/२६ सालमा बाटो खुल्न थालेपछि बानेश्वरमा मानिसको चाप बढ्न थाल्यो । सडक बनेपछि बानेश्वरमा जग्गाको कारोबार छ्यापछ्याप्ती हुन थाल्यो । जग्गा किन्ने, बाटो रोक्का गर्ने, मिलाउने, गोरेटो फराकिलो बनाएर बेच्ने गर्न थाले । 

जुन संख्या बढेर हाल लाखौँमा परिणत भएको छ । काठमाडौंको महँगो र सुविधासम्पन्न शहरका रुपमा परिचित ‘नयाँ बानेश्वर’ व्यापार-व्यवसाय र आवासका लागि मानिसहरूको रोजाइमा पर्छ । 

मुख्य सडकसँग जोडिएको हुँदा मानिसहरू अस्थायी तथा स्थायी रुपमा बस्न चाहन्छन् । जसले गर्दा यहाँ अन्य क्षेत्रको तुलनामा मानिसको चाप बढि देखिन्छ । 

हाल बानेश्वरमा जति पनि घरजग्गा किनबेच भइरहेका छन् ती सबै पुराना र पटक-पटक कारोबार भइरहेका घरजग्गा हुन् । खाली स्थान नभएकाले पनि यस क्षेत्रमा घरजग्गा किनबेच, नयाँ घरको नक्सा पास तथा निर्माण सम्पन्न प्रमाणपत्र लिने दर पनि कम नै देखिन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It