Neighborhood

उपत्यका प्रवेशद्वार ‘कोटेश्वर’मा कति छ घरजग्गाको मूल्य र भाडादर ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । कोटेश्वर काठमाडौं उपत्यकाको सर्वाधिक महत्त्वपूर्ण क्षेत्रमध्ये एक हो । भक्तपुर र ललितपुरको सीमामा पर्ने कोटेश्वरलाई अन्य जिल्लाको उपत्यका प्रवेशद्वारका रुपमा पनि हेरिन्छ । 

३९५ हेक्टर क्षेत्रफल फैलिएको कोटेश्वर पूर्व र दक्षिणमा मनोहरा नदी, पश्चिममा बागमती नदी, उत्तरमा गोठाटार, पूर्वमा भक्तपुर जिल्ला र दक्षिणमा ललितपुरसँग सिमाना जोडिएको छ ।

कोटेश्वरमा वि.सं १९९१ को जनगणना अनुसार १ हजार १ सय ५४ वटा घरहरू थिए । भने ५ हजार ७ सय ८७ को संख्यामा मानिसहरू बसोबास गर्थे ।  त्यस्तै वि.सं २००१ मा ८ हजार ७ सय घरधुरीमा ३५ हजार १ सय ८४ मानिसहरू बसोबास गर्थे । 

यस क्षेत्रको नाम शिव मन्दिर कोटेश्वर महादेवको नामबाट आएको हो । मल्लकालमा कोटेश्वर तीनवटा मल्ल राज्य कान्तिपुर, पाटन र भक्तपुरको संगमस्थलको त्रिदेशीय क्षेत्र थियो । सुरुमा कोटेश्वर महादेवस्थान क्षेत्रबाट मानिसको बसोबास सुरु भएको थियो ।

यस लेखमा नयाँ कोटेश्वर क्षेत्रमा उपलब्ध सेवा सुविधा तथा घरजग्गाको मूल्य र भाडादरसम्बन्धी संक्षिप्‍त जानकारी उल्लेख गरिएको छ ।

कोटेश्वर क्षेत्रका प्रमुख ६ आवासिय क्षेत्रः घरजग्गाको मूल्य र भाडादर

तलको तालिकामा कोटेश्वर क्षेत्रमा चलनचल्तिमा रहेको जग्गा तथा चारआनामा बनेको घरको औसत मूल्य र आवासीय घर तथा जग्गाको औसत भाडादरको चर्चा गरिएको छ ।

स्थान  जग्गाको मूल्य घरको मूल्य  भाडादर
फ्ल्याट घर
तिनकुने ६५ देखि ८५ लाखसम्म ४ देखि ५ करोडसम्म २५ हजारदेखि ४० हजारसम्म  १ देखि २ लाखसम्म 
जडिबुटी ६० देखि ७५ लाखसम्म साढे ३ देखि साढे ४ करोड २५ हजारदेखि ३५ हजारसम्म ७० हजार देखि १ लाखसम्म 
महादेवस्थान ७० देखि ८५ लाखसम्म साढे ३ देखि साढे ५ करोडसम्म २५ हजारदेखि ३५ हजारसम्म ८० हजार देखि १ लाखसम्म 
नरेफाँट ५० देखि ६५ लाखसम्म साढे ३ देखि ३ करोड ८० लाखसम्म  २० हजारदेखि ३५ हजारसम्म ७० हजार देखि ८० हजारसम्म
बालकुमारी ५५ देखि ७५ लाखसम्म साढे ३ देखि साढे ४ करोडसम्म ३० हजारदेखि ४० हजारसम्म  ६० हजारदेखि १ लाखसम्म 
सहयोगिनगर ६५ देखि ८५ लाखसम्म साढे ३ करोड देखि ५ करोडसम्म ३० हजारदेखि ३५ हजारसम्म  ७० हजारदेखि ९० लाखसम्म 
क्षेत्रगत जानकारी
महादेवस्थानः

mahadevsthan

कोटेश्वरमा बसोबास सुरू भएको क्षेत्र महादेवस्थान अन्य ठाउँभन्दा महङ्गो छ । रिङरोडसँग जोडिएको र व्यापारिक क्षेत्र भएकाले पनि तुलनात्मक रुपमा मानिसहरूको चाप धेरै भएको स्थान हो । 

यस क्षेत्रमा विभिन्न सरकारी कार्यालय, होटल तथा होस्टेलहरू छन् । साथै, उपत्यका भित्रिने मुख्य क्षेत्र तथा यातायात सहज पहुँचका लागि धेरैले महादेवस्थानलाई आवासका लागि उपयुक्त ठान्दछन् । आवासका लागि महादेवस्थान सुरक्षित र व्यवस्थित मानिन्छ । 

यस क्षेत्रमा जग्गाको न्यूनतम औसत मूल्य प्रतिआना ७० लाखदेखि ८५ लाखसम्म छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य साढे ३ करोड देखि साढे ५ करोडसम्म पर्छ । 

यस क्षेत्रको फ्ल्याटको औसत भाडादर २५ देखि ३५ हजार र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ८० देखि १ लाखसम्म छ ।

तिनकुनेः

Tinkune

कोटेश्वर चोकबाट करिब १ किलोमिटरको दुरीमा रहेको तिनकुने आवासका लागि उपयुक्त स्थान हो । माइतिघर-बानेश्वर सडक र रिङरोड दुइतर्फी सडकसँग जोडिएको छ । यस क्षेत्रमा भौतिक पूर्वाधार र सम्पूर्ण सेवासुविधाको सहज पहुँच भएकाले मानिसको आकर्षण बढ्दो छ ।

यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ६५ लाखदेखि ८५ लाख चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य ४ करोडदेखि ५ करोडसम्म छ । 

यस क्षेत्रको फ्ल्याटको औसत भाडादर २५ हजारदेखि ४० हजार र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर १ लाखदेखि देखि २ लाखसम्म छ । 

सहयोगिनगरः

sahayoginagar

ललितपुर र काठमाडौंको सिमानामा पर्ने ‘सहयोगिनगर’ कोटेश्वरको शान्त आवासिय क्षेत्रमा पर्छ । विभिन्न सरकारी कार्यालय, हस्पिटलसँगको सहज पहुँच भएको क्षेत्र आवासका लागि निकै उपयुक्त छ ।

यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ६५ लाखदेखि ८५ लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य साढे ३ करोड देखि ५ करोडसम्म छ । 

यस क्षेत्रको फ्ल्याटको औसत भाडादर ३० हजारदेखि ३५ हजार र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ७० हजारदेखि ९० हजारसम्म छ ।

जडिबुटी

jadibuti

काठमाडौं र भक्तपुरलाई जोड्ने मुख्य सडकसँग जोडिएको जडिबुटी आवासका लागि रुचाइएको स्थानमा पर्छ । अरनिको राजमार्गसँग जोडिएकाले पनि यस क्षेत्रमा घरजग्गाको मूल्य अधिक छ । होहल्ला र सवारी साधनको बढि चाप हुने क्षेत्र भएपनि जडिबुटीमा घरजग्गाको मूल्य तिव्र रुपमा बढिरहेको छ । 

यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ६० लाखदेखि ७५ लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य साढे ३ करोड देखि साढे ४ करोडसम्म छ । 

यस क्षेत्रको फ्ल्याटको औसत भाडादर २५ हजारदेखि ३५ हजार र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ७० हजारदेखि १ लाखसम्म छ । 

नरेफाँट

narephat

कोटेश्वरको दक्षिण-पश्चिममा भागमा अवस्थित नरेफाँटलाई विशेषत आवासिय क्षेत्रकै रुपमा लिइन्छ । विमानस्थल धावनमार्ग नजिकै रहेकाले होहल्ला ज्यादा हुने हुँदा यस क्षेत्रमा घरजग्गाको मूल्य कोटेश्वरको अन्य स्थानको तुलनामा कम छ ।  

यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ५० लाखदेखि ६५ लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य साढे ३ करोड देखि ३ करोड ८० लाखसम्म छ । 

यस क्षेत्रको फ्ल्याटको औसत भाडादर २० हजारदेखि ३५ हजार र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ७० हजारदेखि ८० हजार छ । 

बालकुमारी

balkumari

चक्रपथसँग जोडिएको ‘बालकुमारी’ क्षेत्र विशेषत आवासीय क्षेत्रका रुपमा परिचित छ । यस क्षेत्रमा घर जग्गाको मूल्य अन्य क्षेत्रको तुलनामा कम देखिन्छ । 

यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ५५ लाखदेखि ७५ लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य साढे ३ करोड देखि साढे ४ करोडसम्म छ । 

यस क्षेत्रको फ्ल्याटको औसत भाडादर ३० हजारदेखि ४० हजार र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ६० हजारदेखि १ लाखसम्म छ । 

कोटेश्वर क्षेत्रमा अवस्थित शैक्षिक संस्था, अस्पताल र अन्य कार्यालयहरूः

उपत्यका भित्र र बाहिर जाने मुख्य केन्द्रका रुपमा रहेको यस क्षेत्रलाई शिक्षा, स्वास्थ्य, यातायात, व्यापार-व्यवसायको हब, रोजगारीका अवसर, आधुनिक सेवा सुविधा प्रमुख केन्द्र मानिन्छ । जसले यहाँको जीवनशैलीलाई सुरक्षित, आधुनिक र सुविधासम्पन्न बनाउँछ । 

कोटेश्वर क्षेत्रमा अवस्थित शैक्षिक संस्थाहरूः

यस क्षेत्रमा एम्स इन्टरनेशनल एकेडेमी, गुड सेफर्ड स्कुल, कौटिल्य मावि, काञ्जिरोवा मावि, कलेज अफ इन्फरमेसन टेक्नोलोजी एण्ड इञ्जिनियरिङ, कोटेश्वर बहुमुखी क्याम्पस, भ्याली कलेज अफ इन्जिनियरिङ, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर (सिसिआरसी) जस्ता स्कुल तथा कलेजहरू छन् । 

कोटेश्वर क्षेत्रमा अवस्थित अस्पतालहरूः

घरको नजिकमा अस्पताल तथा स्वास्थ्य संस्थाहरू हुनुले जीवनशैलीलाई सहज र निर्धक्क बनाउँछ । जसका लागि कोटेश्वर नजिकै काठमाडौं मेडिकल कलेज, सिभिल हस्पिटल, बी एन्ड बी हस्पिटल, अष्टांग आयुर्वेद, जडिबुटी हेल्थ केयर जस्ता नाम चलेका हस्पिटल तथा मेडिकलहरू छन् । 

कोटेश्वर क्षेत्रमा अवस्थित सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरूः

लागु औषध नियन्त्रण व्यूरो, व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना, उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समीति, नेपाल स्वतन्त्र नागरिक समाज,

आन्तरिक राजश्व कार्यालय जस्ता सरकारी कार्यालयहरू हुनुले यस क्षेत्रलाई विशेष बनाएको छ । साथैराष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक नाम चलेका बैंकहरू छन् । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

प्रतिक्रिया दिनुहोस्
Pin It