Community

२३ सय वर्ष पुरानो चावहिल शहरमा कति छ त घरजग्गाको मूल्य र भाडादर ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं उपत्यकाको उत्तरपूर्वी कुनामा अवस्थित पुरानो शहर हो ‘चाबहिल’ । काठमाडौंको ऐतिहासिक महत्त्व बोकेको चाबहिलमा सार्वजनिक यातायात सञ्जालहरू मार्फत काठमाडौंका विभिन्न स्थानहरूसँग सहजै जोडिएकाले मानिसहरूको चाप बढ्दो छ ।  

करिब २३ सय वर्ष पहिले देवमाला वंशावलीका सुर्यवंशी राजा वृषमदेवले बौद्ध चैत्य र मञ्जुविहार भनी बाहाल बनाइ ३ सय घरहरूको शहर बनाएका थिए । २०६८ सालमा चाबहिलमा जम्मा ५१ हजार ५ सय ८१ जना मानिसहरू बसोबास गर्दथे ।  चाबहिल निवासी व्यापारीहरू तिब्बत तर्फ व्यापार गर्न चाबहिलबाट साँखु हुँदै जान्थे । 

यसलाई काठमाडौंका अन्य क्षेत्रहरूको तुलनामा अपेक्षाकृत सुरक्षित मानिन्छ ।

चाबहिल क्षेत्रका प्रमुख आवासीय क्षेत्रः घरजग्गाको मूल्य र भाडादर
स्थान  जग्गाको औसत मूल्य (प्रतिआना) घरको मूल्य (४ आना जग्गामा बनेको) आवासीय भाडादर
  फ्ल्याट घर
गणेशथान  ७० लाखदेखि ९० लाखसम्म   ४ करोडदेखि ५ करोडसम्म  २५ हजारदेखि ४० हजारसम्म  ८० हजार देखि १ लाख ५० हजारसम्म  
मनमैजुबहाल  ६० लाखदेखि ७५ लाखसम्म  ३ करोड ५० लाखदेखि ४ करोड ५० लाखसम्म   २५ हजारदेखि ३५ हजारसम्म  ७० हजारदेखि १ लाखसम्म 
चुच्चेपाटी  ५५ लाखदेखि ८० लाखसम्म  ३ करोड ५० लाखदेखि ५ करोडसम्म  २५ हजारदेखि ३५ हजारसम्म  ६० देखि  १ लाखसम्म 
गोपिकृष्ण  ५० लाखदेखि १ करोडसम्म  ३ करोडदेखि ५ करोडसम्म  २० हजारदेखि ३५ हजारसम्म  ७० हजारदेखि १ लाख ५० हजारसम्म 
मित्रपार्क  ७० लाखदेखि १ करोडसम्म  ३ करोड ५० लाखदेखि ५ करोड ५० लाखसम्म  ३० हजारदेखि ५० हजारसम्म  ८० हजार देखि १ लाख ५० हजारसम्म
कुमारीगल  ५५ लाखदेखि ८५ लाखसम्म  ३ करोड ५० लाखदेखि ५ करोडसम्म  २० हजारदेखि ३५ हजारसम्म  ७० हजारदेखि १ लाख १० हजारसम्म 
मित्रपार्कः

mitrapark area

सांस्कृतिक र धार्मिक महत्वका लागि परिचित मित्रपार्क सर्वाधिक रुचाइएको व्यावसायिक र आवासीय क्षेत्रमा पर्छ । पशुपति मन्दिर र रिङरोडले छोएको हुनाले पनि मित्रपार्क अन्य क्षेत्रभन्दा महङ्गो छ । 

यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ७० लाखदेखि १ करोडसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य ३ करोड ५० लाखदेखि ५ करोड ५० लाखसम्म छ । 

मित्रपार्कमा एउटा फ्ल्याटको मूल्य ३० हजारदेखि ५० हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ८० हजार देखि १ लाख ५० हजारसम्म पर्दछ ।

गोपिकृष्णः

Gopikrishna area

गोपिकृष्ण हलका नामबाट परिचित यस क्षेत्र चाबहिलको प्रख्यात आवासीय क्षेत्र मध्ये एक हो । महाराजगञ्जबाट नजिकै र चक्रपथ सडकसँग जोडिएकाले पनि यस क्षेत्रमा घरजग्गाको मूल्य अधिक छ । 

यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ५५ लाखदेखि ८५ लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य ३ करोडदेखि ५ करोडसम्म छ । 

गोपिकृष्णमा एउटा फ्ल्याटको मूल्य २० हजारदेखि ३५ हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ७० हजारदेखि १ लाख ५० हजारसम्म पर्दछ ।

गणेशथानः

Ganeshthan areaGopikrishna area चाबहिल चोकबाट पश्चिम तर्फ अवस्थित गणेशथान सर्वाधिक रुचाइएको व्यवसायिक र आवासीय क्षेत्रमा पर्छ । यो स्थान सांस्कृतिक र धार्मिक महत्वका लागि परिचित छ । 

यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ६० देखि ९० लाख चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य ४ करोड देखि ६ करोड सम्म छ । 

व्यापारिक क्षेत्रसमेत भएकाले यस क्षेत्रको घरभाडादर पनि उच्च छ । गणेशथानमा एउटा फ्ल्याटको मूल्य २५ हजारदेखि ४० हजारसम्म हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ८० हजार देखि १ लाख ५० हजारसम्म पर्दछ ।

कुमारीगलः

kumarigal area

चाबहिल चोकबाट २०० मिटरको दूरीमा अवस्थित कुमारीगल अधिक रुचाइएका आवास क्षेत्रमध्ये एक हो । यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ७० लाखदेखि १ करोडसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य ३ करोड ५० लाखदेखि ५ करोडसम्म  छ । 

मित्रपार्कमा एउटा फ्ल्याटको मूल्य २० हजारदेखि ३५ हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ७० हजारदेखि १ लाख १० हजारसम्म पर्दछ ।

चुच्चेपाटीः

Chuchepati Area

यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ५५ लाखदेखि ८० लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य ३ करोड ५० लाखदेखि ५ करोडसम्म छ । 

मित्रपार्कमा एउटा फ्ल्याटको मूल्य २५ हजारदेखि ३५ हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ६० देखि  १ लाखसम्म पर्दछ ।

मैजुबहालः

maijubahal

मुख्य सडकबाट थोरै भित्र रहेकाले मैजुबहालमा घर तथा जग्गाको मूल्य अन्यको तुलनामा कम छ । यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ६० लाखदेखि ७५ लाखसम्म चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य ३ करोड ५० लाखदेखि ४ करोड ५० लाखसम्म छ । 

मैजुबहालमा एउटा फ्ल्याटको मूल्य २५ हजारदेखि ३५ हजारसम्म पर्छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ७० हजारदेखि १ लाखसम्म पर्दछ ।

चाबहिल क्षेत्रमा अवस्थित शैक्षिक संस्था, अस्पताल र अन्य कार्यालयहरूः

चाबहिल, विभिन्न किसिमका सेवासुविधा र सुरक्षाका दृष्टिले पनि रुचाइएको क्षेत्र हो । यहाँको सामुदायिक वातावरणका कारण पनि धेरै मानिसहरूले चाबहिललाई काठमाडौंमा बसोबासको लागि लोकप्रिय विकल्पका रुपमा लिने गरेका छन् । 

चाबहिल क्षेत्रमा अवस्थित शैक्षिक संस्थाहरूः

यस क्षेत्रमा जेभियर इन्टरनेसनल स्कुल, क्लिन्टन स्कुल, नेसनल अर्किड बोर्डिङ स्कुल, मनास्लु वर्ल्ड कलेज, सेन्ट लरेन्स कलेज, पशुपति बहुमुखी क्याम्पस, आदिम नेशनल कलेज जस्ता स्कुल तथा कलेजहरू छन् । साथै भाषा सिकाइका लागि नाम चलेका इन्स्टिच्युटहरू समेत छन् ।  

चाबहिल क्षेत्रमा अवस्थित अस्पतालहरूः

चाबहिल क्षेत्रमा प्रशस्तै मेडिकल तथा हस्पिटल हुनुले पनि यस क्षेत्रको बसाइलाई निर्धक्क बनाएको छ । यस क्षेत्रमा नजिकै हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि, मेडिकेयर अस्पताल, स्तूपा सामुदायिक अस्पताल जस्ता नाम चलेका हस्पिटल तथा मेडिकलहरू छन् । 

चावहिल क्षेत्रमा अवस्थित सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरूः

आन्तरिक राजस्व कार्यालय, नापी कार्यालय, जिल्ला कृषि विकास कार्यालय, मालपोत कार्यालय जस्ता सरकारी कार्यालयहरू हुनुले यस क्षेत्रलाई विशेष बनाएको छ । साथै सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक, कामना सेवा विकास बैंक जस्ता नाम चलेका बैंकहरू छन् । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  
प्रतिक्रिया दिनुहोस्
Pin It