Investment

विदेशमा बस्दा नेपालको घरजग्गामा लगानी किन गर्ने ? यस्ता छन्, ७ फाइदाहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । घरजग्गामा गरिने लगानी दिगो र सुरक्षित हुन्छ । विशेषगरी आफ्नो र परिवारको भविष्य सुनिश्चित गर्न र नेपाल फर्केर परिवारसँग पुनः बसोबास गर्न चाहने आप्रवासीहरूले यहाँ लगानी गरेर उच्च प्रतिफल र स्थिरता प्राप्त गर्न सक्छन् । नेपालमा घर र जग्गामा लगानी गर्दा के-के फाइदा छन् भन्ने बारेमा चर्चा गरौं ।

१. उच्च प्रतिफल

नेपालमा घरजग्गाको मूल्य वार्षिक रूपमा औसत १०-१५% सम्म वृद्धि हुने गरेको तथ्यांक छ । बढ्दो शहरीकरण र पूर्वाधार विकासले शहरी क्षेत्रहरूको घरजग्गाको माग उच्च छ । यसो हुँदा घरजग्गामा लगानी गरी राम्रो प्रतिफल पाउँने सम्भावना हुन्छ । साथै शहरीकरण र पूर्वाधार विकासले पनि घरजग्गा खरिद गर्दा उच्च प्रतिफल प्राप्त गर्ने सम्भावना हुन्छ । 

२. दीर्घकालीन लाभः

दीर्घकालीन हिसाबले हेर्दा नेपालमा सबैभन्दा उच्च प्रतिफल पाउने क्षेत्रका रुपमा घरजग्गालाई नै लिइन्छ । यो क्षेत्रमा छोटो समयमै धेरै नाफा कमाउन भने सकिँदैन । प्रतिफलको पाउँनका लागि लामो समय पर्खनु पर्ने हुन्छ । समयसँगै घरजग्गाको मूल्य निरन्तर वृद्धि हुने हुँदा लगानी झनै दिगो हुन्छ । साथै दीर्घकालीन रुपमा वित्तीय स्थिरता कायम रहन्छ ।

३. सुरक्षितः 

घरजग्गामा लगानी गर्नुलाई निकै सुरक्षित मानिन्छ । बढ्दो जनसंख्याले बजारमा घरजग्गाको माग नरन्तर बढ्दो छ । तर जग्गा सीमित छ । सीमित ठाउँका कारण मागअनुसार नयाँ प्रपर्टीको पाउन कठिन हुन्छ । जसले गर्दा बजारमा उतारचढाव देखिए पनि घरजग्गाको मूल्य प्रायः घट्दैन । यसो हुँदा केही समय प्रतिक्षा गरेर धेरै फाइदा लिन सकिने र अरू व्यवसाय जस्तो घाटा भइहाल्ने अवस्था नआउने हुँदा घर जग्गामा लगानी गर्नु सुरक्षित सावित हुन्छ । 

४. अर्थतन्त्रमा योगदान

विदेशी लगानीले नेपालको विदेशी मुद्रा सञ्चितिमा योगदान पुर्याउँछ । जसले आर्थिक स्थिरता र विकासमा मद्दत पुर्याउँछ । यसले बैंकिङ प्रणालीलाई र देशको विकासमा योगदान पुर्याउँछ ।

५. भविष्यको सुनिश्चितताः

नेपालमा घरजग्गामा लगानी गर्नु भनेको भविष्यमा नेपाल फर्केर आफ्नो परिवार र संस्कृतिसँग पुनः जोडिने अवसर पनि हो । त्यसैगरी भविष्यमा आइपर्ने सम्भावित जोखिमहरूबाट जोगिन र स्थिरता कायम राख्नका लागि गरिने तयारी र व्यवस्थापनलाई सूचित गर्छ ।

buy land or a house for investment

६. राम्रो आम्दानीको स्रोतः

घरजग्गामा लगानी गर्दा भाडामा लगाएर हरेक महिना राम्रै आम्दानी गर्न सकिन्छ ।  निश्चित समयका लागि भाडामा लगाउँदा निरन्तर रुपमा आम्दानी भइरहने र भविष्य आइपर्ने आर्थिक सङ्कट टार्न घरजग्गामा लगानीले सहयोग गर्छ । बढ्दो जनसंख्या वृद्धि र शहरीकरणले शहरी क्षेत्रमा आवासको माग बढ्दो छ । यसले भाडामा दिने प्रपर्टीको माग पनि बढाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयको तथ्याङ्क अनुसार ०६८ र ०७८ को बीचमा सहरी जनसंख्या २२.३१ प्रतिशतबाट बढेर २७.०७ पुगेको छ । यो दरले निरन्तरता पाए सन् २०५० सम्म शहरी क्षेत्रको जनसङ्ख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । भने भाडामा बस्नेको संख्या २०४२ सालमा ९२% रहेको मा २०७८ सालमा ८६% कायम भएको छ । यसले शहरी इलाकामा भाडामा लगाएर पनि राम्रो आम्दानी गर्न सक्ने अवस्था रहेको देखाउँछ । 

७. सस्तो र सुलभ

नेपालमा घरजग्गाको मूल्य अन्य विकसित राष्ट्रहरूको तुलनामा सस्तो र सुलभ छ । करको दायरा पनि अन्य राष्ट्रको तुलनामा करको दायरा पनि कम छ । त्यसैगरी विदेशी लगानी भित्र्याउन सरकारले आकर्षक नितिहरू ल्याउने योजना गरिरहेको छ । यसो हुँदा नेपालमा लगानी गर्दा दीर्घकालीन स्थिरता र राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।

लगानिका लागि उपयुक्त घरजग्गाहरू Basobaas.com मा खोज्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It