Investment

मनमैजु हाउजिङः सुलभ मूल्यमा सुविधासम्पन्न आवास योजना

Pinterest LinkedIn Tumblr

काठमाडौं । हाउजिङ परियोजनाका घरहरूको मूल्य सामान्य घरको तुलनामा महँगो नै हुने गर्छन् । तर, यदि तपाईं उचित मूल्यमा हाउजिङभित्र सुविधासम्पन्न घर वा जग्गा खोज्दै हुनुहुन्छ भने, मनमैजु हाउजिङ तपाईंका लागि उत्तम विकल्प हुन सक्छ ।

१८ रोपनीमा फैलिएको आधुनिक ‘मनमैजु हाउजिङ’ परियोजनाका बारेमा

१८ रोपनीमा फैलिएको यस हाउजिङमा आधुनिक बक्स मोडलका ३५ वटा आकर्षक घरहरू निर्माण हुनेछन् । पूर्व, र दक्षिण मोहडाका यी घरहरूमध्ये हाल १४ वटा आकर्षक डिजाइनका संरचना निर्माण भइसकेका छन् । ४ आना देखि ११ आना जग्गामा निर्माण हुनेछन् । 

४ देखि ११ आनासम्मका २१ वटा प्लटहरू बिक्रीका लागि छन् । यी घरहरूको सुरुवाती मूल्य ३ करोड १४ लाख तोकिएको छ भने जग्गा मूल्य प्रतिआना ३८ तोकिएको छ । 

हाउजिङमा बस्न चाहनेहरूका लागि कम्पनीले भुक्तानी प्रक्रियामा समेत सहजिकरण गरेको छ । भने कृषि विकास बैंकबाट लोनको समेत व्यवस्था गरेको छ । 

हाल बुकिङमा विशेष छुटसहित घर र प्लटहरू धमाधम बिक्री भइरहेका छन् । यस अवसरको लाभ उठाउन ९८६१४४६०११ र ९८४११५२००५ मा सिधा सम्पर्क गर्नुहोला ।

मनमैजु हाउजिङः लगानीको उत्कृष्ट अवसर

गोंगबु नयाँ बसपार्कबाट ३ किलोमिटरको दूरीमा अवस्थित मनमैजु हाउजिङका घरहरू तुलनात्मक रुपमा अन्य हाउजिङमा भन्दा सस्ता छन् । रिङरोड नजिकका अन्य क्षेत्रको तुलनामा मनमैजुमा बस्ती विकास त्यति भइसकेको छैन । 

रिङरोड अन्तर्गत बालाजु गोंगबु खण्ड स्तरोन्नति भइरहेकाले मनमैजु क्षेत्रमा जग्गाको मूल्य त्यति वृद्धि भइसकेको छैन । उक्त सडकखण्ड निर्माण भइसकेको अवस्थामा मात्र ३ किलोमिटरको दूरीमा अवस्थित मनमैजु क्षेत्रमा घरजग्गाको मूल्य स्वतः वृद्धि हुने देखिन्छ । त्यस्तै भित्री सडकखण्डको पनि स्तरोन्नतिको काम जारी रहेकाले भविष्यमा यहाँको जग्गाको मूल्य आकासिने कुरामा दुईमत छैन । 

सामान्यता घरजग्गाको मूल्य निरन्तर वृद्धि हुन्छ, वृद्धि नभएकै अवस्थामा पनि कित स्थिर रहन्छ । तर मूल्य घट्ने सम्भावना भने कम नै हुन्छ । यस्तोमा हाउजिङको सन्दर्भमा कुरा गर्नुपर्दा प्रतिवर्ष आठ देखि १२ प्रतिशतसम्म मूल्य वृद्धि भइरहेको पाइन्छ ।

भूकम्प  र नाकाबन्दी पछि यहाँको जग्गाको मूल्यमा २५ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । त्यसैगरी हाउजिङ नजिकै reputed School हरू, लोत्से मल, टिचिङ र सिल्भरलाइन जस्ता हस्पिटल र सुविधासम्पन्न party Venue हरू छन् । कतिपय क्षेत्रमा निर्माणाधीन अवस्थामा छन् । जसले यस क्षेत्रमा मनग्य लाभका अवसर सिर्जना गरिरहेको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It