Financial

घरजग्गामा लगानी सहज हुने गरी मौद्रिक नीति संशोधन

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गामा लगानी सहज हुने गरी घरकर्जामा खुकुलो नीति लिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने ऋणमा खुकुलो नीति लिएको हो ।

घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा ७० प्रतिशत कायम गरिने नीति लिएको छ । यसअघि यस्तो व्यवस्था कम्तीमा ५० प्रतिशत कायम गर्नुपर्ने थियो । उसो त गत पुस मसान्तसम्मको (मौद्रिक नीतिको दोस्रो समीक्षा) ले यस्तो घरजग्गामा २ करोडसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको थियो । यससँगै घरजग्गाको कारोबार बढ्ने राष्ट्र बैंकको विश्वास छ । 

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको पूँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत जनाएको छ । यो व्यवस्थाले पूँजीकोषको दबाबमा रहेका बैंकलाई ऋण लगानी गर्न सहज हुनेछ ।

असल वर्गमा वर्गीकरण भएका कर्जाका लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था एक दशमलव २५ प्रतिशतबाट एक दशमलव २० प्रतिशतमा झारिएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It