Featured

मनमैजू रेसिडेन्सीः पर्यावरणमैत्रि  जीवनशैलीलाई प्रोत्साहन गर्दै एउटा उत्कृष्ट हाउजिङ

Pinterest LinkedIn Tumblr

काठमाडौं । पर्यावरणमैत्री विकास आजको आवश्यकता हो । जथाभावी निर्माण भएका संरचनाले बिगारेको शहरको रूप र त्यसको असरलाई कम गर्न व्यवस्थित बसोबासको विकल्प खोज्न थालिएको छ । जसको समसामयिक अभ्यास हो कोलोनी, हाउजिङ र अपार्टमेन्ट निर्माण । यस्तै बसाइलाई सकेसम्म वातावरणमैत्री बनाउने प्रयास स्वरुप काठमाडौंको पिपलडाँडा मनमैजुमा ‘मनमैजु रेसिडेन्सी’ निर्माण भइरहेको छ ।

मनमैजु रेसिडेन्सीका आकर्षक पक्षहरूः

मनमैजु रेसिडेन्सी, मनमैजु मन्दिर नजिकै निर्माणाधीन हाउजिङ हो । शहरसँग जोडिएको भएपनि कोलाहल र धुवाँ धुलोको सिधा असर पर्दैन । वरपर पर्ती जग्गा भएकाले घरहरू निर्माण नहुने हुँदा वरपरको प्राकृतिक दृष्यावलोकन गर्न सकिन्छ । त्यस्तै हाउजिङ बसाइलाई सकेसम्म वातावरणमैत्री बनाउने प्रयास गरिएको छ । यसैको एक महत्वपूर्ण कदम स्वरुप, यहाँ विद्युतीय सवारीलाई विशेष प्राथमिकता दिइएको छ । कोलोनी भित्रै इलेक्ट्रिक सवारीसाधन चार्जिङ स्टेसनको समेत व्यवस्था हुनेछ । वर्षाको पानी अथवा खेर जाने पानी जम्मा गरी फिल्टर गरेर पुनः प्रयोग गर्ने तरिका अर्थात् रेन वाटर हार्वेस्टिङ प्रणाली जडान गरिने छ । 

रेसिडेन्सीको निर्माण तथा डिजाइन पक्षः

आधुनिक बक्स मोडलका १८ रोपनीमा फैलिएको रेसिडेन्सीमा आधुनिक बक्स मोडलका ३५ वटा आकर्षक घरहरू निर्माण भइरहेका छन् । जसमा २२ वटा कम्पनीकै डिजाइन अनुरूप रहनेछन् भने ११ वटा कस्टम अर्थात् ग्राहकको आवश्यकता र प्राथमिकताका आधारमा डिजाइनमा निर्माण गरिन्छ । कम्पनीले निर्माण यी घरहरू फैलावट फ्लोर प्लानका आधारमा ५ टाइपमा वर्गीकरण गरिएको छ । 

टाइप 1

टाइप 1 मा दक्षिणी मोहडा भएका जम्मा ३ वटा घरहरू छन् । जहाँ ग्राउन्ड फ्लोरमा एक/एक वटा किचन, डाइनिङ, लिभिङ रुम र बाथरुम छ । पहिलो तलामा एउटा अट्याच बाथरुमसहितको बेडरुम र मास्टर बेडरुम, एउटा फेमिली रुम र एउटा सानो बाल्कोनी रहेको छ । दोस्रो फ्लोरमा पूजाकोठा, बेडरुम, बाथरुम र कौसी छ । 

टाइप 2

टाइप 2 मा दक्षिणी मोहडा भएका जम्मा ४ वटा घरहरू छन् । ग्राउन्ड फ्लोरमा  एक/एक वटा किचन डाइनिङ, लिभिङ रुम र बाथरुम छ । पहिलो तलामा एउटा लिभिङ रुम र बाल्कोनी भएको अट्याच  बाथरुमसहितका दुईवटा बेडरुम छन् । दोस्रो तलामा एउटा अट्याच बाथरुम सहितको बेडरुम र कौसी छ । 

टाइप 3

टाइप 3 मा दक्षिणी मोहडा भएका जम्मा ५ वटा घरहरू छन् । ग्राउन्ड फ्लोरमा एउटा बेडरुम, किचन डाइनिङ, स्टोर रुम र बाथरुम छ । पहिलो तलामा बाल्कोनी अट्याच लिभिङ रुम, अट्याच बाथरुमसहितको बेडरुम र मास्टर बेडरुम छ । भने  मास्टर बेडरुम बाल्कोनीसहितको छ ।  दोस्रो फ्लोरमा पूजा रुम, बेडरुम, बाथरुम र कौसी छ ।

टाइप 4

टाइप 4 मा उत्तरी मोहडाका जम्मा ५ वटा घरहरू छन् । जसको ग्राउन्ड फ्लोरमा किचन डाइनिङ, स्टोर रुम, लिभिङ रुम, मेड रुम र बाथरुम छ । पहिलो तलामा बाल्कोनी अट्याच फेमिली रुम, दुई वटा अट्याच बाथरुमसहितको बेडरुम छन् । भने  एउटा बेडरुम बाल्कोनीसहितको छ । दोस्रो फ्लोरमा पूजा रुम, दुई वटा बेडरुम, बाथरुम र कौसी छ ।

टाइप 5

टाइप 5 मा पश्चिमी मोहडाका जम्मा ४ वटा घरहरू छन् । जसमा ग्राउन्ड फ्लोरमा किचन डाइनिङ, स्टोर रुम, लिभिङ रुम, गेस्ट रुम र बाथरुम छ । पहिलो तलामा बाल्कोनी अट्याच फेमिली रुम, दुई वटा अट्याच बाथरुमसहितको बेडरुम छन् । भने  एउटा बेडरुम बाल्कोनीसहितको छ ।  दोस्रो फ्लोरमा पूजाकोठा, बाथरुम, दुई वटा बेडरुम, र कौसी छ ।

यी घरहरू निर्माणमा गुणस्तरीय सिमेन्ट तथा कच्चा पदार्थको प्रयोग गरिएको छ । जसले घरलाई भूकम्प प्रतिरोधक बनाएको छ । भने पूर्ण रुपमा वास्तुशास्त्रको नियमभित्र रहेर निर्माण गरिएको छ । 

रेसिडेन्सीमा केके सेवासुविधा उपलब्ध छन् त ?
पानी

पानीको समस्याले काठमाडौंका बासिन्दालाई दिएको हैरानी जोकोहीले महसुस गर्न सक्छ । यस्तोमा मनमैजु रेसिडेन्सीले निर्माण गरेको यो हाउजिङमा जमिनमुनि बाट ल्याएको बोरिङको पानी उपलब्ध छ । साथै ढल निकासको पनि राम्रो व्यवस्था रहेको छ । जमिनमुनि छ हजार देखि आठ हजार लिटरसम्म पानी रिजर्भ गरिएको छ भने प्रत्येक घरको छतमा एक हजार लिटरको पानी ट्याङ्की राखिएको छ । त्यस्तै, वर्षाको पानी अथवा खेर जाने पानी जम्मा गरी फिल्टर गरेर पुनः प्रयोग गर्ने तरिका अर्थात् रेन वाटर हार्वेस्टिङ प्रणाली जडान गरिने छ । 

शिक्षा तथा स्वास्थ्य

हाउजिङबाट ४५० मिटरको दूरीमा ‘काठमाडौं लिंकन स्कूल’ र ७५० मिटरको दूरीमा ‘महालक्ष्मी इङ्लिस हाई स्कुल’, १.४ किलोमिटरको दूरीमा ‘कलेज अफ जर्नलिज्म एण्ड मास कम्युनिकेशन’ कलेज रहेको छ । साथै ३.३ किलोमिटरको दूरीमा ग्रान्डी इन्टरनेशनल हस्पिटल र १ किलोमिटरको दूरीमा ग्रीन सिटी मेघा हस्पिटल हुनुले पनि जीवनशैलीलाई थप निर्धक्क बनाएको छ ।  

यातायात तथा पार्किङ

रेसिडेन्सी माछापोखरी चोकबाट २.७ किलोमिटरको दूरीमा अवस्थित रहेकाले चक्रपथ आसपासका प्रमुख व्यापारीका केन्द्रको नजिक छ । साथै उपत्यका भित्र तथा बाहिरका ठाउँहरूमा यात्राका लागि पनि एकदम पायक पर्ने स्थानमा रेसिडेन्सी अवस्थित छ । त्यस्तै सार्वजनिक यातायातको सहज पहुँच हुनुका साथै पार्किङका लागि हरेक घरमा एउटा गाडी र केही बाइक पार्किङ दिइएको छ । 

इलेक्ट्रिक सवारी चार्जिङ सिस्टम 

मनमैजु रेसिडेन्सीमा बसाइलाई सकेसम्म वातावरणमैत्री बनाउने प्रयास स्वरुप विद्युतीय सवारीलाई विशेष प्राथमिकता दिइएको छ । जसका लागि हाउजिङभित्रै इलेक्ट्रिक सवारीसाधन चार्जिङ स्टेसनको समेत व्यवस्था हुनेछ । 

अन्य

अत्यावश्यक सामग्रीहरू खरिदका लागि बाहिर जान नपरोस् भनेर कम्पनीले रेसिडेन्सी भित्रै सपिङ कम्प्लेक्स समेत निर्माण गर्ने योजना बनाएको छ । त्यस्तै, बैंकिङ कारोबार तथा मनोरञ्जनका लागि वरपर बिगमार्ट, बैंकहरू रहेका छन् । सुरक्षा प्रत्याभूतिका लागि रेसिडेन्सीमा चौबीसैं घण्टा सुरक्षाको व्यवस्था रहेको छ ।

रकम भुक्तानी प्रक्रिया

यस हाउजिङका घर किन्ने ग्राहकलाई कम्पनीले भुक्तानी प्रक्रियामा सहजिकरण गरेको छ । जसअनुसार हाउजिङमा घर बुकिङका लागि ३० प्रतिशत भुक्तानी गर्नुपर्ने हुन्छ । जग्गा पासको समयमा ३० प्रतिशत भुक्तानी गर्नुपर्छ । त्यसैगरी कन्स्ट्रक्सन र सुपर कन्स्ट्रक्सनको समयमा ४० प्रतिशत EMI का आधारमा भुक्तानी गर्नुपर्ने हुन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It