Featured

मनमैजु रेसिडेन्सीः जहाँ बन्दैछन् शानदार घरहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । हार्मोनी कोलोनी र हाइड्रोपावर सोलुसनको संयुक्त लगानीमा तारकेश्वर नगरपालिका, फुटुङ मनमैजुमा आकर्षक घरहरू निर्माण भइरहेका छन् । हाल निर्माणाधीन अवस्थामा रहेको यस ‘मनमैजु रेसिडेन्सी’ले उपत्यकाभित्रको बसाइलाई दिगो र सुव्यवस्थित बनाउने अपेक्षा राखिएको छ ।

१८ रोपनीमा फैलिएको कोलोनीमा आधुनिक बक्स मोडलका ३५ वटा आकर्षक घरहरू निर्माण भइरहेका छन् ।

व्यवस्थित जीवनशैलीलाई मध्यनजर गर्दै निर्माण भइरहेको यस कोलोनीमा टाइप ‘A’ टाइप ‘B’ र ‘C’ तीन किसिमका घरहरू निर्माण हुनेछन् । पूर्व, र दक्षिण मोहडाका यी घरहरू ४ आना देखि ११ आना जग्गामा निर्माण हुनेछन् ।

Manamaiju recidency

3 BHK देखि 5 BHK यी घरको भुईँतलामा दुईवटा बेडरुम, एउटा बैठक कोठा र एउटा किचनको साथै एउटा कमन बाथरुम हुनेछन् । पहिलो तलामा अट्याच बाथरुम सहितको बेडरुम, एउटा लिभिङ रुम र किचन र डाइनिङका साथै एउटा कमन बाथरुम हुनेछन् । दोस्रो तलामा अट्याच बाथरुम सहितको एउटा र अर्को सामान्य रुम हुनेछन्  ।

हाउजिङका घरहरू निर्माणमा गुणस्तरीय सिमेन्ट तथा कच्चा पदार्थको प्रयोग गरिएको छ । जसले घरलाई भूकम्प प्रतिरोधक बनाएको छ । भने पूर्ण रुपमा वास्तुशास्त्रको नियमभित्र रहेर निर्माण गरिएको छ । 

Manamaiju recidency

हाउजिङमा उपलब्ध सुविधाहरूः 

मनमैजु रेसिडेन्सीमा बसाइलाई सकेसम्म वातावरणमैत्री बनाउने प्रयास गरिएको छ । यसैको एक महत्वपूर्ण कदम स्वरुप, यहाँ विद्युतिय सवारीलाई विशेष प्राथमिकता दिइएको छ । कोलोनी भित्रै इलेक्ट्रिक सवारीसाधन चार्जिङ स्टेसनको समेत व्यवस्था हुनेछ । 

उपत्यकामा रहेको खानेपानीको समस्यालाई मध्यनजर गर्दै २४ सै घण्टा खानेपानीको व्यवस्था गरिएको छ । त्यस्तै, वर्षाको पानी अथवा खेर जाने पानी जम्मा गरी फिल्टर गरेर पुनः प्रयोग गर्ने तरिका अर्थात् रेन वाटर हार्वेस्टिङ प्रणाली जडान गरिने छ । 

Manamaiju recidency

शिक्षा र स्वास्थ्यका लागि हाउजिङ वरपर थुप्रै विद्यालय तथा हस्पिटलहरू रहेका छन् । त्यसैगरी कोलोनीभित्रै बच्चाहरू खेल्ने पार्कको समेत व्यवस्था गरिएको छ । 

कोलोनीमा प्रवेश गर्ने बाटो २६ फिट फराकिलो छ । कोलोनी भित्रको सडक २० फिट फराकिलो छ । त्यस्तै कोलोनीमा यी घरहरूमा एउटा गाडी सहित २ वटा सम्म बाइक पार्किङ छुट्याइएको छ । 

बैंकिङ कारोबारका लागि कोलोनी नजिकै बैंकहरू छन् । त्यसैगरी दैनिक किनमेलका लागि पनि कोलोनी अगाडि स्वयम् हार्मोनी कोलोनीले नै सपिङ कम्प्लेक्स निर्माण गर्ने योजना छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It