Featured

उपत्यकाको शानदार हाउजिङ रोजभिल्लामा ८ युनिट मात्रै बाँकी

Pinterest LinkedIn Tumblr

काठमाडौं । व्यवस्थित आवास, सुविधा सम्पन्न घर, र आनन्दमय वातावरण सबैको सपनाको बसोबास हो । काठमाडौं उपत्यकाभित्र शान्त, सफा, र व्यवस्थित बसाइको अनुभव दिने ‘रोजभिल्ला हाउजिङ’ले यो सपना साकार पारेको छ । 

विलासी र आरामदायी जीवनशैलीलाई मध्येनजर गर्दै एबीसी प्रालिले निर्माण गरेको यस हाउउजिङमा अत्याधुनिक सुविधासहितका घरहरू छन् ।

बुढानीलकण्ठस्थित भिल्ला I, II, III, IV, र V गरेर पाँच क्याटेगोरीमा डिजाइन गरिएको छ । हाल रोजभिल्लाको चौथो र पाँचौं फेजमा मात्र ८ युनिट बाँकी छन्, जसमा पाँच युनिट चौथो फेजमा र तीन युनिट पाँचौं फेजमा छन् ।

चौथो फेजका घरहरू ५१ आना जग्गामा फैलिएका छन्, जहाँ सुन्दर 4 BHK देखि 5 BHK सम्मका पाँचवटा लक्जरियस घरहरू उपलब्ध छन् । 

यस्तै, पाँचौं फेजका घरहरू ४३ आनामा बनेका छन्, जहाँ 3 BHK र 5 BHK सम्मका पाँचवटा लक्जरियस घरहरू पाउन सकिन्छ । घरको मूल्य साइज, जग्गाको क्षेत्रफल, अवस्थिति, र तलाको आधारमा निर्धारण गरिएको छ।

आधुनिक लुकका साथै रोमन शैलीमा बनेका रोजभिल्ला, गङ्गालाल अस्पतालबाट ४.३ किलोमिटरको दूरीमा अवस्थित छ । यो आवास क्षेत्र शहरसँग जोडिएको भए पनि कोलाहल र धुवाँधुलोको कुनै असर पर्दैन । यसो हुँदा यहाँबाट मनोरम प्राकृतिक सौन्दर्य र धार्मिक स्थलहरूको आनन्द लिन सकिन्छ ।

इन्टरनेट र बिजुलीका तारहरू जमिन मुनि बिच्छ्याइएको हुँदा यहाँ कुनै तारहरूको अल्झन देखिँदैन। स्मार्ट भवन डिजाइनले भिल्ला सफा र आकर्षक देखिन्छ । भिल्ला प्रवेश गर्ने बाटो २० फिट फराकिलो छ ।

भविष्यमा आइपर्ने सम्भावित विपद्लाई ध्यानमा राख्दै भिल्ला निर्माणमा उच्च गुणस्तरीय सिमेन्ट र कच्चा पदार्थ प्रयोग गरिएको छ । साथै, नेपालीहरूको आस्था र विश्वासको प्रतीक वास्तुशास्त्रका नियमहरूलाई पनि आत्मसात गरिएको छ । 

‘रोजभिल्ला’ र बसोबासमा लिस्टिङ भएका प्रपर्टिका बारेमा थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It