Property

इमाडोलमा पाँच आना जग्गामा बनेको फुल फर्निस्ड आवासीय घर बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । ललितपुरको इमाडोललाई आवासका लागि उपयुक्त क्षेत्रका रूपमा लिइन्छ । रिङरोडबाट नजिकै शान्त र भीडभाडमुक्त भएकाले पनि मानिसहरू यो क्षेत्रमा बस्न चाहन्छन् । इमाडोलमा मानिसको आकर्षण बढेसँगै घरजग्गाको माग दिन प्रतिदिन बढ्दो छ । जसले यस क्षेत्रमा लगानी गर्दा उच्च मुनाफा हुने सम्भावना देखिन्छ । आजको लेखमा इमाडोलको मुख्य सडकको छेवैमा अवस्थित लगानी र स्वयम् बसोबास गर्नका लागि समेत उपयुक्त फुल फर्निस्ड सुविधा सम्पन्न घरको बारेमा चर्चा गरौं ।  

House for sale
लिभिङ रुम

ललितपुरको इमाडोलको मुख्य सडकबाट ५० मिटरको दुरीमा अवस्थित यो घर ५ आना जग्गामा बनेको  छ । घर पूर्वी मोहडाको तीन तले घरको भुईं तलामा २ बेडरुम, एउटा लिभिङ रुम र एउटा भान्छा र एउटा बाथरुम रहेको छ । पहिलो तल्लामा २ बेडरुम छ भने एउटा बेडरुम अट्याच बाथरुमसहितको रहेको छ । त्यस्तै, एउटा लिभिङ रुम, एउटा भान्छा र एउटा बाथरुम छ । दोस्रो तल्लामा अट्याच बाथरुम सहितका ३ वटा बेडरुम, १ कमन बाथरुम रहेको छ । भने एउटा बाथरुममा ज्याकुजी समेत रहेको छ । यस घरको मूल्य ५ करोड ४० लाख तोकिएको छ ।

furnished house for sale
बेडरुम
यस घरमा उपलब्ध सेवा-सुविधाहरूः

पानी तथा ढल निकासः यस घरमा बोरिङबाट पानीको व्यवस्थापन गरिएको छ । जमिनमुनि १२,००० लिटरको रिजर्भ ट्याङ्की रहेको छ भने घरको छतमा १,००० लिटरको ट्याङ्की छ, जसले स्थिर पानीको आपूर्तिमा सहयोग पुर्‍याउँछ। साथै, उत्कृष्ट ढल निकास प्रणाली पनि सुनिश्चित गरिएको छ ।

शिक्षा तथा स्वास्थ्यः यो घरबाट ७/८ मिटरको दूरीमा न्यू मिलिनियम स्कुल अवस्थित छ भने २ किलोमिटरभित्र युनाइटेड स्कुल पुग्न सकिन्छ । स्वास्थ्य सुविधाका लागि करिब ३ किलोमिटरको दूरीमा किस्ट हस्पिटल हुनुले इमाडोल क्षेत्र बसोबासका लागि अझ सुरक्षित र आरामदायी बनाएको छ ।

furnished house for sale
भान्छाकोठा

यातायात तथा पार्किङः रिङरोडबाट करिब ३ किलोमिटर र इमाडोल मुख्य सडकबाट ५० मिटरको दूरीमा अवस्थित यस घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । साथै पार्किङका लागि २ वटा कार र ४ देखि ५ वटा बाइक पर्किङ क्षमता रहेको छ । इमाडोल हाइवे भएर चल्ने थुप्रै सार्वजनिक सवारीसाधनले पनि यातायातमा थप सहजता प्रदान गरेको छ । 

अन्य
यस घरबाट केवल ३०० मिटरको दूरीमा भाटभटेनी सुपरमार्केट रहेकाले दैनिक सपिङका लागि टाढा जानुपर्ने झन्झटलाई कम गरेको छ । साथै, बैंकिङ कारोबारका लागि वरपर बिगमार्ट, बैंकहरू रहेका छन् ।

यो घर तथा अन्य कुनै प्रपर्टिमा ईच्छुक हुनुहुन्छ भने ९८०१०३८८३५ तथा ९८०१०३८८५१  मा सिधा सम्पर्क गर्नसक्नुहुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Pin It