Commercial

उपत्यकामा कमर्सियल स्पेस खोज्दै हुनुहुन्छ? यी हुन् विभिन्न स्थानका ७ स्पेसहरू 

Pinterest LinkedIn Tumblr

काठमाडौं । बसोबास नेपालमा काठमाडौंका विभिन्न स्थानमा व्यवसाय सञ्चालनका लागि उपयुक्त हुने घर तथा भवनहरू लिस्टेड छन् । साना तथा ठूला व्यवसाय र भर्खरै सञ्चालनमा आएका स्टार्टअप कम्पनीका लागि उपयुक्त  सुविधासम्पन्न व्यवसायिक स्पेसहरूको संक्षिप्‍त जानकारी तल प्रस्तुत गरिएको छः

बसोबासमा लिस्टेड कमर्सियल स्पेसहरूः 

१. धुम्बाराही पिपलबोटस्थित व्यावसायिक स्पेस भाडामा रहेको छ । पश्चिमी मोहडा भएको ६ तले भवन ८ आना जग्गामा बनेको छ । जसमा हाल पहिलो, दोस्रो, चौथो र पाँचौं तला भाडाका लागि रहेका छन् । यी स्पेसको प्रत्येकको तलामा १५ सय ४२ वर्गफिट अफिस स्पेस उपलब्ध छ । २६ फिट फराकिलो सडकको पहुँच भएको यस भवनमा ५ वटा गाडी र २० वटासम्म बाइक पार्किङ क्षमता रहेको छ । यस स्पेसको मूल्य प्रति वर्गफिट १०० रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

Commercial space

२. महालक्ष्मीस्थान, ललितपुरस्थित ‘महालक्ष्मी बिजनेस टावर’ मा व्यवसायिक स्पेस भाडामा रहेको छ । उत्तरी मोहडा भएको ८ तले भवन २१ आना क्षेत्रफलमा बनेको छ । हाल ग्राउन्ड फ्लोरमा करिब ३३ सय वर्गफिट र दोस्रो तलामा ४७ सय वर्गफिट र तेस्रो तलामा ३७ सय वर्गफिट स्पेस भाडाका लागि उपलब्ध छ । रिङरोडसँग जोडिएको यस स्पेसमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । जसमा २० वटासम्म गाडी र ३० वटा भन्दा बढि बाइक पार्किङ क्षमता रहेको छ । यस स्पेसको मूल्य प्रति वर्गफिट ९० रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।Commercial space

३. तीनकुने काठमाडौंस्थित फुल फर्निस्ड अफिस स्पेस भाडामा रहेको छ । ७ तले उक्त अफिस स्पेस उत्तरपूर्वी मोहडाको छ । जसमा हाल चौथो तलाको २ हजार वर्गफिट अफिस स्पेस भाडामा रहेको छ । २६ फिट फराकिलो र २० फिट फराकिलो दुईतर्फी सडकको पहुँच भएको अफिस स्पेसमा दुईवटा गाडी र ५ वटा बाइक पार्किङ क्षमता रहेको छ ।  यस स्पेसको मूल्य प्रति वर्गफिट १०० रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।   

Tinkune

४. बल्खु, ललितपुरस्थित व्यावसायिक भवन भाडामा रहेको छ । दक्षिणी मोहडा भएको पाँच तले भवनमा जम्मा ७ हजार वर्गफिट अफिस स्पेस छ । जसमध्ये हाल ५ वटै तला भाडामा छन् । रिङरोडसँगै जोडिएको यस स्पेसमा ३ वटा कार र १० वटासम्म बाइक पार्किङ क्षमता रहेको छ । यस स्पेसको मूल्य प्रति वर्गफिट ८० रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

Commercial space
५. मानभवन ललितपुरस्थित व्यावसायिक भवन भाडामा रहेको छ । पूर्वी मोहडा भएको ५ तले भवनमा जम्मा ५५ सय वर्गफिट अफिस स्पेस रहेको छ । जसमध्ये हाल पाँचवटै फ्लोर भाडामा छन् । भने प्रत्येक फ्लोर १२ सय वर्गफिटका छन् । पाँचौं तला भने रेस्टुरेन्ट रुपमा डिजाइन गरिएको छ । २० फिट फराकिलो सडकको पहुँच भएको यस स्पेसमा ४ वटा गाडी र १० वटासम्म बाइक पार्किङ क्षमता रहेको छ । यस स्पेसको मूल्य प्रति वर्गफिट ९५ रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

Commercial space

६. अनामनगरस्थित मदन भण्डारी मेमोरियल कलेज नजिकै व्यावसायिक स्पेस भाडामा रहेको छ । उत्तरपश्चिमी मोहडा भएको यस भवन ५ तलाको छ । जसमा हाल फ्लोरहरू ग्राउन्ड, दोस्रो, तेस्रो र चौथो तला भाडामा छ । ग्राउन्ड फ्लोर १५ सय ५३ वर्गफिट भने अन्य १६ सय ५३ वर्गफिटका छन् । ७ वटा गाडी र २० वटा बाइक पार्किङ क्षमता भएको यस स्पेसको भाडा प्रति वर्गफिट ७० रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

Commercial space

७. मध्य बानेश्वरस्थित रत्नराज्य स्कुल नजिकै व्यावसायिक स्पेस भाडामा रहेको छ । पश्चिमी मोहडा भएको यस भवन ग्राउन्ड फ्लोरसहित ५ तलाको छ । जसमा हाल तेस्रो र चौथो तलाका २३ सय ३६ वर्गफिट अफिस स्पेस भाडामा रहेको छ । २६ फिट फराकिलो सडकको पहुँच भएको यस स्पेसमा १० वटा बाइक पार्किङ क्षमता रहेको छ । यस स्पेसको मूल्य प्रति वर्गफिट ७० रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

Commercial space

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It