Decor

१० बिरूवा जसले राख्छन् तपाईंको घरको हावालाई सफा, स्वच्छ अनि स्वस्थ

Pinterest LinkedIn Tumblr

काठमाडौं । घर तथा अफिसलाई आकर्षक बनाउन बिरुवाहरू राख्ने गरेको पाइन्छ । बढ्दो शहरीकरण र रुखबिरुवाको विनासका कारण घर वरपर बिरुवा लगाउनु अनिवार्य जस्तै भएको छ । नेपालमा पनि इनडोर प्लान्ट प्रति आकर्षण बढ्दो छ । इनडोर प्लान्टले घरको सुन्दरता बढाउनुका साथै वातावरणमा सौहार्दता कायम राख्दछन् । वायुमण्डलमा हुने दूषित कणहरूलाई भगाउन मद्दत गर्दछन् ।  घरभित्रको हावा स्वच्छ र स्वस्थ बनाउन उपयोगी १० बिरुवाको बारेमा तल उल्लेख गरिएको छः

 १. बारबर्टन डेजी (BARBERTON DAISY)

बारबर्टन डेजी
बारबर्टन डेजी

नासाले सन् १९८९ मा ‘क्लिन एयर स्टडी’ अर्थात् सफा हावासम्बन्धि एक अध्ययन गरेको थियो । जसमा बारबर्टन डेजी हावा शुद्ध गर्ने इनडोर प्लान्टहरं मध्ये एक उत्कृष्ट बिरुवाको रुपमा साबित भएको थियो । यसले वायुमण्डलमा भएका विषाक्त पदार्थहरू फोर्मल्डिहाइड, ट्राइक्लोरोइथिलीन र बेन्जिनको प्रभावकारी रुपमा हटाउँदछ ।  जुन पेन्ट, सिंथेटिक फाइबर जस्ता विभिन्न घरायसी सामग्रीमा रहेको पाइन्छ । 

२. स्नेक प्लान्ट (Snake plants) 

snake plant
स्नेक प्लान्ट

स्नेक प्लान्ट एक लोकप्रिय इनडोर प्लान्ट हो । बिरुवा प्लान्टिङका पारखीहरूको घरमा यो बिरुवा अनिवार्य जस्तै देख्न सकिन्छ । यसले अधिकतम रुपमा हावा शुद्ध गर्न मद्दत गर्दछ । स्नेक प्लान्टले रातको कार्बनडाइअक्साइड (CO2) लाई अक्सिजनमा रूपान्तरण गर्दछ । अक्सिजन छोडेर र हावामा आर्द्रता थपेर, हावाबाट हुने एलर्जीहरूको प्रभावलाई कम गर्न मद्दत गर्दछ । 

३ गोदावरी

गोदावरी
गोदावरी

गोदावरीलाई अङ्ग्रेजीमा क्रिसेन्थेमम भनिन्छ । यसले अमोनिया र बेन्जिन लगायतका विषाक्त पदार्थलाई फिल्टर गर्न मद्दत गर्दछ, जुन प्रायः प्लास्टिक, डिटर्जेन्ट र ग्लुमा पाइन्छ । प्रायजसो यो बिरुवालाई आउटडोरमा लगाउने गरेको पाइन्छ । यद्यपि यो सुन्दर फुल्ने बिरुवालाई इनडोर अर्थात् घरभित्र कोठाहरूमा सजावटका लागि पनि लगाउन सकिन्छ ।

४. स्पाइडर प्लान्ट

४. स्पाइडर प्लान्ट
स्पाइडर प्लान्ट

हावा शुद्धीकरणका लागि एक उत्कृष्ट बिरुवा हो, स्पाइडर प्लान्ट । यसले हावामा अक्सिजन बढाउन र विषाक्त पदार्थ फिल्टर गर्न महत्वपूर्ण भुमिका खेल्दछ । यसले प्रिन्टिङ र रबर उद्योगहरूमा प्रयोग हुने विलायक, कार्बन मोनोअक्साइड र xylene लगायतका विषाक्त पदार्थ फिल्टर गर्दछ । स्पाइडर प्लान्टले २४ घण्टामा हावाबाट ९५ प्रतिशत केमिकल हटाउने क्षमता राखेको नासाको एक अध्ययनले देखाएको छ ।

५. घ्यूकुमारी

घ्यूकुमारी
घ्यूकुमारी

एलोवेरा एक लोकप्रिय इनडोर बिरुवा हो जुन कम पानीमा जिवीत रहन्छ । डिटर्जेन्ट, पेन्ट र ग्लुमा पाइने रसायनहरूलाई शुद्ध गर्ने क्षमता घ्यूकुमारीमा हुन्छ । यसले रातको समयमा अक्सिजन फ्याँक्ने र कार्बन डाइअक्साइड अवशोषित गर्दछ । 

५. ब्रोड लेडि पाम

 ब्रोड लेडि पाम
ब्रोड लेडि पाम

लेडि पाम कम हेरचाहमा पनि जिवित रहने बिरुवा हो । लेडी पामले वायुमण्डलबाट फॉर्मल्डिहाइड र अमोनिया हटाउन मद्दत गर्दछ । अमोनिया मानव र जनावरको मलमूत्र, औषधि उत्पादन, रबर, इत्यादिबाट सड्ने जैवीक पदार्थबाट उत्पन्न हुने ग्यास हो । अमोनियाको कारण आँखा, नाक र छालामा जलन हुने अर्थात् पोल्ने हुन्छ ।

लेडि पामले घरभित्रको हावालाई शुद्धता प्रदान गर्दछ ।

७. विपिङ फिग

 विपिङ फिग
विपिङ फिग

विपिङ फिग सामान्य इनडोर प्लान्ट हो । जसको हेरचाहका लागि खास चिन्ता लिइरहन पर्दैन । यसलाई प्रत्यक्ष वा अप्रत्यक्ष सूर्यको प्रकाश चाहिन्छ । भिक्टोरियन समयदेखि लोकप्रिय इनडोर प्लान्ट विपिङ फिगले फार्मल्डिहाइड, जाइलिन र टोल्युइनको स्तर कायम राख्न मद्दत गर्दछ । गलैंचा, ग्याजेटहरू र घरेलु उपकरणहरूबाट उत्सर्जित हुने फोर्मल्डिहाइड, जाइलिन र टोल्युइन जस्ता विषाक्त पदार्थलाई हावाबाट विस्थापित गर्दछ । बिरुवाको हेरचाहमा समय दिन मुश्किल छ भने, यो प्लान्ट घरमा लगाउनु उपयुक्त विकल्प हुनसक्छ ।

८. चाइनिज एभरग्रीन

चाइनिज एभरग्रीन
चाइनिज एभरग्रीन

चाइनिज एभरग्रिन उत्कृष्ट इनडोर प्लान्ट हो । यसले  डिटर्जेन्ट र सौन्दर्यका सामग्रीमा पाइने फर्माल्डिहाइड, बेन्जिन, ट्राइक्लोरोइथिलिन जस्ता रसायनहरू शुद्ध गर्दछ । 

९. केन्टिया पाम (Kentia Palm)

 केन्टिया पाम
केन्टिया पाम

केन्टिया पामले हावामा भएको विषाक्त पदार्थलाई सफा गर‍ेर वातावरण शुद्ध राख्दछ । यसले फार्मल्डिहाइड र अन्य सामान्य प्रदूषण फिल्टर गरेर हावालाई शुद्ध पार्दछ । यसले कार्बनडाइअक्साइड अवशोषित गर्न मद्दत गर्छ । केन्टिया पामले प्रतिवर्ष ६,००० पाउण्ड कार्बनडाइअक्साइड सोस्ने नासाको अध्ययनले देखाएको छ । यसले प्रत्यक्ष सूर्यको किरण लामो समयसम्म सहन सक्दैन । घामले बिरुवाको पात जलाउने जोखिम हुन्छ ।

१०. रबर प्लान्ट (FICUS ELASTICA)

 रबर प्लान्ट
 रबर प्लान्ट

रबर प्लान्ट अर्थात् ‘फिकस इलास्टिका’ एक इनडोर प्लान्ट हो । जसले घरबाट निस्कने हानिकारक ग्याँस अवशोषित गरी हावा शुद्धिकरण गर्दछ । रबर प्लान्टको पातले फर्मल्डिहाइड अवशोषित गर्दछ ।  फर्माल्डिहाइड रंग, काठको पोलिस र ग्यारेजका सामग्रीबाट उत्सर्जन हुन्छ । रबर प्लान्टले हावालाई शुद्ध पार्नुका साथै, वातावरणलाई थप शान्त र स्वस्थ बनाउँदछ । नासाको क्लीन एयर अध्ययनमा, यसले हावामा हुने फर्मल्डिहाइड, जाइलिन र टोल्युइन सफा गर्न प्रभावकारी भूमिका खेलेको थियो । 

प्रतिक्रिया दिनुहोस्
Pin It