Decor

यी हुन् घर सजाउन प्रयोग हुने पुराना सामग्रीहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज पुराना र सांस्कृतिक महत्व बोकेका सामग्रीलाई विशेष महत्व दिन थालिएको छ । विशेषगरी पुराना चीजवस्तुहरू संकलन गरी सजावट सामग्रीका रुपमा राख्ने गरिन्छ । जसले घर तथा कोठाहरूलाई पृथक देखाउन मद्दत गर्दछन् । 

यी हुन्, घरमा सजावट सामग्रीका रुपमा राख्न सकिने परम्परागत चीजवस्तुहरूः

मूर्ति 

यी हुन् घर सजाउन प्रयोग हुने पुराना सामग्रीहरू

धार्मिक तथा सांस्कृतिक आश्थाका कारण हाम्रो घरहरूमा विभिन्न देवीदेवताको मूर्ति राख्ने चलन छ । यसले घरको शोभा बढाउनुका साथै घरमा नकारात्मक शक्ति तथा ऊर्जा हावी हुन नदिने जनविश्वास छ । 

थाङ्का

यी हुन् घर सजाउन प्रयोग हुने पुराना सामग्रीहरू

‘थाङ्का/थान्का’ सुती वा रेशमको बुट्टेदार कपडामा बनाइएको चित्र हो । यसमा प्रायः जसो बौद्ध धर्मका कुनै देवता, दृश्य वा मण्डला कोरिएको हुन्छ । यो सजावट सामग्रीको आध्यात्मिक महत्व पनि छ । मूलतः लामा र भिक्षुहरूले बौद्ध धर्मको शिक्षा प्रदान गर्नका लागि यो चित्रको प्रयोग गर्छन् । थान्का चित्रबाट दृश्यको रुपमा  ज्ञानको अभिव्यक्ति भएको मानिँदै आएको छ । यसलाई बौद्ध आध्यात्मिकताको अन्तिम लक्ष्य पनि भनिन्छ । 

आँखिझ्यालका फ्रेम 

यी हुन् घर सजाउन प्रयोग हुने पुराना सामग्रीहरू

नेवारी समुदायका परम्परागत घरमा प्रयोग हुने आँखीझ्यालहरू हिजोआज सजावटको सामाग्रीका रूपमा प्रयोग हुन थालेको छ । समृद्ध नेवारी वास्तुकला देखाउने आँखिझ्याललाई स्थानीय भाषामा ‘टिकी झ्याल’ पनि भनिन्छ । यसमा झ्यालको दुवै छेउमा अजिङ्गर र नाग (सर्प) को माथिल्लो कुनामा मयूर र झ्यालको तल्लो कुनामा हित्तिमङ्गा (पत्थरको ट्यापमा राखिएको पौराणिक नेवारी प्राणी) र अन्य चित्रहरू कुँदिएका हुन्छन् । 

माटोका भाडा 

यी हुन् घर सजाउन प्रयोग हुने पुराना सामग्रीहरू

विभिन्न आकारका माटोको भाँडा घर राख्दा छुट्टै शोभा दिन्छ । माटोको दियोमा बत्ती बाल्ने, कलसमा पानी राखेर घरको मूल ढोकामा राख्ने चलन छ । हिजोआज पनि माटोका विभिन्न आकृति भाँडाहरूले घर सजाउने परम्परा यथावत् नै छ । 

बाँस वा नियालोका सामग्री 

डोको, डालो, नाङ्लो लगायत बाँस वा नियालोबाट बनेका परम्परागत सामग्रीहरू सजावटमा निकै आकर्षक देखिन्छन् । यी ग्रामीण भेगहरूमा दिनहूँ प्रयोग हुने सामग्रीलाई ठूलाठूला रेष्टुँरा तथा होटेलहरूमा सजाएर राखेको पाइन्छ । यीनले हाम्रो साँस्कृतिक मौलिकतालाई मज्जाले झल्काउँछ ।  

ढकिया  ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पनछोप्नी, पैन

यी हुन् घर सजाउन प्रयोग हुने पुराना सामग्रीहरू

थारू समुदायमा ‘ढकिया ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पनछोप्नी, पैन’ अतिथिलाई उपहारका रुपमा दिइन्छ । आकर्षक देखिने यी सजावटका सामग्री पहिलेपहिले वनमा पाइने बाँस र मुज घाँसबाट निर्माण गरिन्थ्यो । तर हिजोआज भने ‘उन’ र प्लास्टिकबाट पनि यस्ता सामग्रीहरू बनाइन्छ । दैनिक प्रयोगमा समेत ल्याउन सकिने यी  सामाग्रीहरूले घरभित्रको लुकलाई पृथक देखाउँछ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It