Luxury Living

धमाधम बुकिङ हुँदै ‘द हब नगरकोट’ का हाउजिङहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज आधुनिक डिजाइनका नयाँ संरचनाले पुराना वास्तुकलालाई ओझेलमा पारिरहेका छन् । यद्यपि परम्परागत डिजाइनका संरचनाप्रति पनि धेरैले चासो दिन थालेका छन् । यस्तोमा लोकप्रिय रियलईस्टेट कम्पनी सीईले पुरातात्विक संरचनाको झल्को दिने किसिमको ‘द हब नगरकोट’ नामको परियोजना अघि सारेको छ । 

निर्माणाधीन ‘द हब नगरकोट’ काठमाडौं उपत्यकाको रमणीय हिल स्टेशन नगरकोटमा अवस्थित छ । यो परियोजना उपत्यकाबाट नजिकमा हिमालको फेदिमा  कोलाहलमूक्त जीवनशैलीको आनन्द लिन चाहनेका लागि निकै उपयुक्त छ । ‘द हब नगरकोट’ का हाउजिङहरूको बुकिङ खुल्ला ‘द हब नगरकोट’मा ललितपुरको पुरानो शहर पाटनको जीवन्त थिमलाई उतारिनेछ । तीन चरणमा निर्माण हुने यो परियोजनाको पहिलो चरणमा २४ युनिट लग्जरियस हाउजिङ निर्माण हुनेछन् । 

 

दोस्रो र तेस्रो चरणमा अपार्टमेन्ट, तारे होटेल, सपिङ मल, मल्टिप्लेक्स, हेल्थ क्लबलगायत कमर्सियल संरचनाहरू निर्माण हुनेछ ।

हाउजिङहरू २० रोपनी १५ आना जग्गामा बनेका छन् । साढे दुई तले यी हाउजिङसँग ३६ फिटको फराकिलो सडकको पहुँच रहेको छ । 

जग्गाको आकार र प्रकृति अनुसार डिजाइन गरिएको यस हाउजिङमा जम्मा २४ युनिट रहेका छन् । जसमा २१ युनिटहरू बुकिङ भइसकेका छन् । र बाँकी ३ युनिट मात्रै बुकिङका लागि खुला रहेका छन् । 

दक्षिण पश्चिम मोहडा यहाँका घरहरू ४ देखि ५ आना जग्गामा निर्माण भइरहेका छन् । परम्परागत शैलीमा निर्माण भइरहेका यी हाउजिङहरू आधुनिक वास्तुकलाले भरिपूर्ण हुनेछन् । 

धमाधम बुकिङ हुँदै ‘द हब नगरकोट’ का हाउजिङहरू

यहाँका हाउजिङहरू प्रिमियम मेटेरियल र लग्जरियस थिममा निर्माण हुनेछन् । फराकिलो ल्यान्डस्केप बगैंचा र खुला ठाउँ समेत रहने यस हाउजिङका प्रत्येक घरमा प्रकाश र स्वच्छ हावाका लागि भेन्टिलेसनको समेत व्यवस्था गरिएको छ । 

हरेक युनिटका लागि एउटा कार पार्किङ छुट्याइएको छ, भने विशेष अवसरमा हुने पार्किङको समस्यालाई मध्यनजर गर्दै थप पार्किङहरूको समेत व्यवस्था गरिएको छ । 

परम्परागत नेवारी शैलीमा बन्‍ने घरहरूको मूल्य ३ करोड ९ लाख रुपैयाँदेखि ३ करोड ७६ लाख रुपैयाँसम्म तोकिएको छ । 

धमाधम बुकिङ हुँदै ‘द हब नगरकोट’ का हाउजिङहरू

‘द हब नगरकोट’ र बसोबासमा लिस्टिङ भएका प्रपर्टिका बारेमा थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It