Property

लाजिम्पाट कम्प्लेक्सका स्पेसहरूको भाडामा विशेष छुट 

By BabinaDecember 6, 20231 min read
लाजिम्पाट कम्प्लेक्सका स्पेसहरूको भाडामा विशेष छुट 

काठमाडौं । पानीपोखरी काठमाडौंस्थित लाजिम्पाट कम्प्लेक्सको भाडामा विशेष छुट दिइने भएको छ । बसोबासद्वारा आयोजना हुन लागेको ‘प्रपर्टी सेल्स इभेन्ट’ अन्तर्गत कम्प्लेक्स भाडामा लिँदा सेवाग्राहीले विशेष छुट पाउने भएका छन् ।

ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रपर्टि इभेन्टमा लाजिम्पाट कम्प्लेक्सका आठवटा तलाहरू पनि समावेश छ । 

२ रोपनी जग्गामा निर्माण भएको यस कम्प्लेक्समा करिब ५० हजार वर्गफिट स्पेस रहेको छ । 

lazimpat complex
लाजिम्पाट कम्प्लेक्स नै किन ?

यस कम्प्लेक्स विशेषत होटल, ठूला आईटी हब सञ्चालनका लागि निकै उपयुक्त छ । त्यसबाहेक कुनै व्यवसाय सञ्चालनका लागि ठूलो एरियाको खोजी गर्दै हुनुहुन्छ भने पनि यो कम्प्लेक्स उपयुक्त हुन्छ ।

उपयुक्त स्थान

उपत्यकाको भिआइपी क्षेत्रका रुपमा परिचित लाजिम्पाट क्षेत्र जुनसुकै व्यवसायका लागि पायक पर्ने स्थानमा छ ।  यातायातको सहज पहुँच भएको र नाम चलेको ठाउँ भएका कारण पनि हरेक व्यवसायका लागि उचित स्थान हो । 

लगानीमा प्रतिफल

लैनचौर पानीपोखरी सडकसँग जोडिएकाले यहाँ होटल, ठूला आईटी कम्पनी लगायत व्यवसायहरू सञ्चालन गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।  मुख्य सडकसँग जोडिएकाले ब्रान्डको एक्सपोजर बढाउन समेत मद्दत मिल्छ । 

lazimpat complex
गोपनीय र सुरक्षित

सिङ्गल पार्टीका लागि मात्र कम्प्लेक्स भाडामा दिइने भएकाले सुरक्षित र गोपनीय देखिन्छ । साथै सेक्युरिटी गार्ड, सीसी क्यामेरा जडान गरिने हुँदा जोकोही हाउजिङमा सहजै प्रवेश गर्न सक्दैन ।

पार्किङ लगायत अन्य सुविधाहरू

३२ फिटको फराकिलो सडकसँग जोडिएको यस कम्प्लेक्समा २० वटा कार र १ सय ५० भन्दा बढी बाइक अट्ने डबल बेसमेन्ट पार्किङ उपलब्ध छ । त्यसबाहेक कम्प्लेक्समा पानी, बिजुली र ढल निकास जस्ता आधारभूत सुविधा छन् । साथै लिफ्ट, एमर्जेस्सी एग्जिटको समेत व्यवस्था छ । 

इभेन्ट र विशेष छुट जारी भएका प्रपर्टीको बारेमा जान्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Lazimpat ComplexOffice Space for Leaseoffice space for rentOffice Space for Saleoffice space in bhaktapuroffice space in kathmanduoffice space in lalitpurSpecial discountwhy lazimpat complex

You May Also Like

More stories from Basobaas