Featured

भङ्गालस्थित ३ आना २ पैसा जग्गामा बनेको सेमी फर्निस्ड घर बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौंरिङरोडबाट नजिकै, शान्त वातावरण र सुविधासम्पन्न बसाइका लागि बूढानिलकण्ठको भंगाल क्षेत्र उपयुक्त रोजाइ बन्न सक्छ । बढ्दो माग र मूल्यवृद्धिको सम्भावनाका कारण लगानीकर्ताको प्राथमिकतामा परेको भङ्गालस्थित सेमी फर्निस्ड सुविधा सम्पन्न घरको बारेमा चर्चा गरौँ

करुणा हस्पिटलबाट २०० मिटरको दूरीमा अवस्थित यो घर ३ आना २ पैसा जग्गामा बनेको छ । दक्षिणी मोहडामा निर्माणाधीन अढाइ तले यस घरको भुइँ तल्ला 2BHK (बेडरुम,हलकिचन) छ भने पहिलो र दोस्रो तला 4BHK  को छ । फिनिसिङ र प्लास्टरको काम हुन बाँकी यो घरको मूल्य २ करोड ९५ लाख तोकिएको छ ।

यस घरमा उपलब्ध सेवा-सुविधाहरूः

पानी तथा ढल निकासः यस घरमा बोरिङबाट पानीको व्यवस्थापन गरिएको छ । जमिनमुनि १०,००० लिटरको रिजर्भ ट्याङ्की रहेको छ । साथै, उत्कृष्ट ढल निकास प्रणाली पनि सुनिश्चित गरिएको छ ।

शिक्षा तथा स्वास्थ्यः यो घरबाट ३०० मिटरको दूरीमा वेदव्यास बोर्डिङ स्कुल, पिक पोइन्ट पब्लिक स्कुल अवस्थित छ भने १ किलोमिटरभित्र भ्याली पब्लिक स्कुल पुग्न सकिन्छ । स्वास्थ्य सुविधाका लागि करिब २०० किलोमिटरको दूरीमा करुणा हस्पिटल रहेको छ ।

यातायात तथा पार्किङः रिङरोडबाट करिब ३ किलोमिटर र करुणा हस्पिटलबाट २०० मिटरको दूरीमा अवस्थित यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । साथै पार्किङका लागि एउटा कार र तीनवटा बाइक पार्किङ क्षमता रहेको छ । साथै करुणा हस्पिटलबाट थुप्रै सार्वजनिक सबारीसाधन चल्ने हुँदा यातायातमा थप सहजता प्रदान गरेको छ ।

अन्य
यस घरबाट केवल ५०० मिटरको दूरीमा अल्फा डिपार्टमेन्ट स्टोर रहेकाले दैनिक सपिङका लागि टाढा जानुपर्ने झन्झट हुँदैन । साथै, बैंकिङ कारोबारका लागि वरपर विभिन्न बैंकहरू रहेका छन् ।

यो घर तथा अन्य कुनै प्रपर्टिमा ईच्छुक हुनुहुन्छ भने ९८०१०३८८३५ तथा ९८०१०३८८५१  मा सिधा सम्पर्क गर्नसक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It