Property

पद्मा कोलोनीका आकर्षक घरहरू बिक्रीमा, १५ युनिट मात्रै बाँकी 

By BabinaDecember 4, 20222 min read
पद्मा कोलोनीका आकर्षक घरहरू बिक्रीमा, १५ युनिट मात्रै बाँकी 

काठमाडौं । पछिल्लो समय सुरक्षित र सुविधासम्पन्न बसाइका लागि हाउजिङ र कोलोनी प्रति आकर्षण बढ्दो छ । यसैबीच विगत दुई दशकदेखि पद्मा कोलोनीले उपभोक्तालाई सहज र सजिलोसँगै उत्कृष्ट डिजाइनका घरहरू निर्माण गरि बिक्री गर्दै आएको छ । पहिलो र दोस्रो फेजको सफलतापछि कोलोनीले हाल तेस्रो फेजका घरहरू बिक्री गरिरहेको छ । 

नागार्जुन नगरपालिका रामकोटमा २० रोपनी जग्गामा निर्माण सम्पन्न पद्मा कोलोनीमा ७५ ओटा घरहरू छन् । जसमध्ये हाल १५ ओटा घर बिक्रीमा रहेको छ । आधुनिक बक्स मोडलमा बनेको कोलोनी स्वस्थ र शान्त वातावरणको प्रतिबद्धता सहित निर्माण भएको छ । साथै यहाँका घरहरू भुकम्प प्रतिरोधी आर सि सि फ्रेम स्ट्रक्चरमा निर्माण भएका छन् । 

पद्मा कोलोनी सीतापाइला चोकबाट २ किलोमिटरको  दूरीमा रहेको छ । कोलोनीका घरहरू ३ आना देखि ५ आना २ पैसा २ दाम जग्गामा फैलिएका छन् । घरहरू प्रायजसो ३ BHK र ४ BHK का रहेका छन् भने कोलोनीमा ७ BHK का २ ओटा घर रहेका छन् । 

पद्मा कोलोनीः उत्कृष्ट डिजाइनका घरमा आकर्षक फर्निचरको प्रयोग  

ननफर्निसिङ, सेमिफर्निसिङ र फुल फर्निसिङ तिन प्रकारका घरको मूल्य बनावट र फर्निसिङका आधारमा फरक हुने कम्पनीले जनाएको  छ । कम्पनीका अनुसार, धमिरा र धुलियाको समस्याबाट बच्न कम्पनीले घरका झ्याल, ढोका, भर्याङको पार्केटिङका लागि स्पेसल सिसौ काठको प्रयोग गरिएको छ । कम्पनीले घरको मूल्य ३ करोड १० लाख देखि ३ करोड ७५ लाख सम्म तोकेको छ ।  

पद्मा कोलोनीको तेस्रो फेजमा उपलब्ध सुबिधाहरूः

पानी तथा ढल निकास

काठमाडौं उपत्यकाभित्र अधिकांश ठाउँमा पानीको समस्या छ । तसर्थ पानीको समस्या झेल्न नपर्नेगरी कम्पनीले कोलोनीमा डीप बोरिङको व्यवस्था गरेको छ । साथै ढल निकासको पनि राम्रो व्यवस्था भएको कम्पनीको दावी छ । 

पार्किङ तथा यातायातः

कोलोनीका प्रत्येक घरमा एउटा कार पार्क गर्न सकिन्छ । कोलोनी कलङ्की, सीतापाइला, स्वयम्भु, रत्नपार्क जस्ता प्रमख व्यापारीक केन्द्रको नजिक भएकाले पनि बसोबासका लागि उपयुक्त रोजाइ बनेको छ । धादिङ नुवाकोट छिचोल्ने मुख्य सडकसँग कोलोनी जोडिएकाले यहाँ यातायातको असुविधा हुने कुरै भएन । साथै उपत्यका भित्र र बाहिरका ठाउँहरूमा यात्राका लागि एकदम पायक पर्ने स्थानमा कोलोनी अवस्थित छ । 

शिक्षा र स्वास्थ्य

कोलोनीबाट ३ किलोमिटरको दूरीमा मनमोहन हस्पिटल अवस्थित छ । त्यसका साथै विरेन्द्र सैनिक हस्पिटल समेत केही किलोमिटरको दूरीमा रहेको छ । त्यसैगरी कलङ्कीदेखि थोरै दूरीमा कोलोनी रहेको हुँदा चलेका थुप्रै शैक्षिक संस्थाहरू वरिपरि पाउन सकिन्छ । 

Padma III

अन्य

बैंकिङ कारोबार, सपिङ तथा मनोरञ्जनका लागि ले वरपर थुप्रै बिगमार्ट, बैंक र पार्क समेत रहेका छन् । खेलकुद र पौडीका लागि पनि कम्पनीले कोलोनीमा नै स्विमिङ पुलको व्यवस्था गरेको छ । सुरक्षा  प्रत्याभूतिका लागि कोलोनीमा चोबिसै घण्टा सेक्युरेटी गार्ड र सिसिटिभीको व्यवस्था गरिएको छ ।

रकम भुक्तानी र बैकिङ सेवाः

कोलोनीमा बस्न चाहनेहरूका लागि कम्पनीले भुक्तानी प्रक्रियामा समेत सहजिकरण गरेको छ । घर बुकिङ गर्दा सुरुवातमा ३० प्रतिशत भुक्तानी गर्न सक्नुहुन्छ । साथै स्वामित्व हस्तान्तरणकाे लागि ३५ दिन भित्र सम्पूर्ण रकम भुक्तानी गर्नुपर्ने हुन्छ । भने सेन्चुरी बैंकबाट कम्पनीले ७० प्रतिशत  घर लोनको समेत व्यवस्था गरेको छ । 

कोलोनीका घरहरूबारे जिज्ञासा भएमा जानकारीका लागि अथवा कारोबारका लागि ९८६१४४६०११ र ९८४११५२००५ यी दुई नम्बरमा सिधा सम्पर्क गर्नुहोला

Attractive aspects of padma colonybooking open in padma colonyPadma ColonyPadma Colony Attractive Houses For Salepadma colony phase III

You May Also Like

More stories from Basobaas