Home Loan

अब वाणिज्य बैंकबाट ऋण लिँदा थप ब्याजदर तिर्नुपर्ने, यस्तो छ वृद्धिदर

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक सम्ममा वाणिज्य बैंकहरूको आधारदर अर्थात बेसरेट औसत २ दशमलव १९ प्रतिशतले बढेको छ । बेसरेट वृद्धि भएसँगै ऋणीहरू भने मारमा परेका छन् । गत आर्थिक वर्षको चैत मसान्तसम्म यी २७ वाणिज्य बैंकको बेसरेट औसत ६.९१ प्रतिशत थियो । यद्यपि चालू आर्थिक वर्षको सोही अवधिमा बेसरेट वृद्धि भएर औसत ९.१० प्रतिशत पुगेको छ ।

आधारदर भनेको न्यूनतम कर्जाको सीमा पनि हो । बैंकहरूले कर्जा प्रवाह गर्दा आधारदरका आधारमा ब्याजदर तोक्छन् । बैंकले कर्जाको प्रकृति अनुसार तोकिएको आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप्दछन् । बैंकको आधारदर बढ्दा त्यसको प्रत्यक्ष असर ब्याजदरमा पर्दछ । बैंकको आधारदरमा केही प्रतिशत प्रिमियर थपेर कर्जामा ब्याजदर तोक्छन् ।

कुनै पनि बैंकले आधारदर भन्दा तल झरेर कर्जा नदिने हुँदा पनि अहिले वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जाको व्याजदर १० प्रतिशतभन्दा कम छैन । आधारदर बढी भएका बैंकबाट कर्जा लिँदा ऋणीलाई ब्याजदर महंगो पर्नजान्छ । यो एक वर्षको अन्तरालमा वाणिज्य बैंकहरूको आधारदर निकै बढेको छ ।

हाेम लाेन सम्बन्धी थप जानकारीकाे लागी तल दिइएकाे लिङ्कमा क्लिक गरेर पढ्न सक्नुहुन्छ:

१० प्रतिशतभन्दा बढी बेसरेट भएका दुई बैंक

बेसरेटका आधारमा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा महङ्गो कर्जाको ब्याजदर सनराइज र मेगा बैंकको देखिएको छ । यी बैंकको आधारदर १० प्रतिशतभन्दा बढी रहेको छ जुन अन्य वाणिज्य बैंकको तुलनामा महङ्गो अर्थात धेरै हो । 

चैत मसान्तसम्म आधारदर १० प्रतिशतभन्दा बढी हुनेमा मेगा बैंक र सनराइज बैंक रहेका छन् । सनराइज बैंकको आधारदर गत आवको चैत मसान्तमा ७ दशमलव ५९ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा १०.११ प्रतिशत पुगेको छ । यो बैंकको एक वर्षको अन्तरालमा आधारदर २.८८ प्रतिशतले वृद्धि भएको छ । 

त्यसैगरी  गत आर्थिक वर्षको चैत मसान्तमा मेगा बैंकको आधार दर ७.५९ प्रतिशत थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा आइपुग्दा यो बैंकको आधार दर १०.१० प्रतिशत कायम भएको छ । एक वर्षको अन्तरालमा यो बैंकको आधार दर २.५१ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै चैत मसान्तसम्म अन्य १७ वटा वाणिज्य बैंकको आधारदर ९ प्रतिशत भन्दा बढी छ । सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । जसमा स्टान्डर्ड चार्टर्ड बैंकको ७ दशमलव ५५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ७ दशमलव ३१ प्रतिशत बेसरेट रहेको छ ।

२०७७ चैत देखि २०७८ चैतसम्ममा विभिन्न बैंकको ब्याज वृद्धिदरः

बैंकको नाम चैत अन्तिमसम्मको आधारदर २०७७ चैत अन्तिमसम्मको आधारदर २०७८ वृद्धिदर
प्रभु बैंक  ७.०६% ९.२९% २.२३%
कुमारी बैंक ७.६३% ९.८५% २.२२%
स्ट्यान्डर्ड चार्टर्ड बैंक ५.३३% ७.५५% २.२२%
नेपाल बैंक ५.९८% ८.१९% २.२१%
सिभिल बैंक ७.८२% ९.९४% २.१२%
नेपाल ईन्भेष्टमेन्ट बैंक ५.९५% ८.०६% २.११%
नविल बैंक ६.१८% ८.२२% २.०४%
नेपाल क्रेडिट एन्ड कमर्स बैैक ७.४१% ९.६२८% १.८७%
सेन्चुरी बैंक  ७.७७% ९.६३% १.८६%
राष्ट्रिय वाणिज्य बैंक ५.५०% ७.३१% १.८१%
नेपाल एसबीआई बैंक ७.४६% ९.२६% १.८०%
एनएमबी बैंक ७.१९% ८.९६% १.७७%
नेपाल बंगलादेश बैंक ७.५६% ९.१०% १.५४%
बैंक अफ काठमाडौं ७.६०% ८.९६% १.३६%
कृषि विकास बैंक ७.४८% ८.२८% ०.८०%
औसत ६.९१% ९.१०% २.१९%

प्रतिक्रिया दिनुहोस्
Pin It