Finance

कुन बैंकबाट सबैभन्दा सस्तोमा ‘घरकर्जा’ पाइन्छ ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले घर निर्माणमा नागरिकको सुविधालाई मध्येनजर गर्दै विभिन्न किसिमका कर्जा उपलब्ध गराउँछन् । जसमा भूकम्प पीडित,  सेना, व्यवसायिक, सुलभ आवास, रियल इस्टेट, स्थिर दर, महिलाको नाममा, र ढुक्क घरकर्जा जस्ता विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराउँदै आएका छन् । 

कुन-कुन बैंकबाट सस्तोमा घरकर्जा पाइन्छ ?

राष्ट्र बैंकका अनुसार नेपालमा कमर्शियल, डेभलपमेन्ट र फाइनान्स कम्पनी गरी तीन वर्गका बैंकले मात्र घरकर्जा दिन पाउँछन् । लघुवित्त कम्पनीले घरकर्जा दिन पाउँदैन । नेपालका सहकारीले पनि घरकर्जामा लगानी गरिरहेका छन् । तर सहकारीहरूको नियमन राष्ट्र बैंकको कार्यक्षेत्रभित्र पर्दैन । सहकारीहरू कृषि विकास मन्त्रालयभित्र पर्छन् ।

नेपाल राष्ट्र बैंकले यी वित्तीय संस्थाहरुलाई क्रमशः ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ क्याटेगोरीमा वर्गिकरण गरेको छ । वित्तीय संस्थाको वर्गअनुसार ब्याजदर फरक हुन्छ । वाणिज्य बैंकको घरकर्जाको ब्याजदर विकास बैंक र फाइनान्स कम्पनीको भन्दा कम हुन्छ । विकास बैंकको हकमा १ देखि २ प्रतिशत र फाइनान्स कम्पनीको हकमा ३ देखि ४ प्रतिशतसम्म पनि ब्याजदर फरक पर्न आउँछ ।

अझ एउटै वर्गका बैंकबीच पनि ब्याजदर फरक पाइन्छ । यो बैंकहरूको ‘कस्ट अफ फन्ड’ र ‘बेस रेट’मा निर्भर गर्छ । बैंकको ‘कस्ट अफ फन्ड’ कम हुने हुँदा बेस रेट कम हुन्छ । बेस रेट कम भएपछि ब्याजदर पनि कम हुन्छ ।

सरकारी स्तरका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकको ‘कस्ट अफ फण्ड’ निजी बैंकहरूको तुलनामा कम हुन्छ ।

निजी बैंकहरूबीच पनि ब्याजदर फरक हुन्छ । निजी बैंकको कस्ट अफ फन्ड र बेस रेट फरक फरक हुन्छ । त्यसैले उनीहरु फरकफरक ब्याजदरका स्किम ल्याएको देख्छौं । जुन बैंकले ‘लो कस्ट अफ डिपोजिट’ परिचालन गर्छन्, ती बैंकको ब्याजदर पनि कम हुन्छ ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, स्टान्डर्ड चार्टर्ड बैंकको व्याजदर तुलनात्मक रुपमा कम हुन्छ । उनीहरु कम रेटमा घरकर्जा प्रस्ताव गर्न सक्छन् । मध्यम खालका बैंकहरुको ब्याजदर अलि बढि हुन्छ । भर्खरै उदाउँदै गरेका बैंकको ब्याजदर सबैभन्दा बढी हुन्छ ।

कुन बैंकबाट पाइन्छ सस्तोमा घरकर्जा ?

जेठ महिनाका लागि प्रकाशित ब्याजदरअनुसार एभरेस्ट र कुमारी बैंकले वार्षिक १० प्रतिशत भन्दा कम स्थिर ब्याजदरमा घर कर्जा दिनेछन् । भने नेपाल एसबीआई बैंकबाट घरकर्जा लिँदा सबैभन्दा महँगो पर्नेछ ।

क्र. सं  बैंक  औसत आधार दर  होम लोन 
स्थिर  अस्थिर(अधिकतमसम्म)
१. एभरेष्ट बैंक ७.५ ९.५ बेसरेट ३.५%
२. कुमारी बैंक ९.६३ ९.९९ बेसरेट + २.५%
३. एनएमबि बैंक ८.९४ १०.४९ बेसरेट + २.७५%
४. सिद्धार्थ बैंक ८.७१ ११.०० बेसरेट + ३.५%
५. राष्ट्रिय वाणिव्य बैंक ७.४२ ११.२५ बेसरेट + २.५%
६. नबिल बैंक ८.१० ११.४९ बेसरेट + ४%
७. एनआईसी एशिया बैंक  ८.८६ ११.९९ बेसरेट + ३%
८. ग्लोबल आईएमइ बैंक ८.५९ ११.९९ बेसरेट + ३.५%
९. सिटिजन्स बैंक  ९.२९ १२.०० बेसरेट + ३%
१०. स्ट्यान्डर्ड चार्टर्ड बैंक  ७.०१ १२.५० बेसरेट + ४%
११. लक्ष्मी सनराइज बैंक ९.३५ १२.९९ बेसरेट + ४%
१२. प्रभु बैंक ८.७५ १३.९९ बेसरेट + ४.५%
१३. माछापुच्छ्रे बैंक  ८.७० १४.०० बेसरेट + ५%
१४. प्राइम बैंक  ९.६८ १४.०० बेसरेट + ४.५%
१५. नेपाल बैंक ८.०८ १४.२५ बेसरेट + ४%
१६. नेपाल एसबीआई बैंक  १५.५० बेसरेट + ४%
१७. कृषि विकास बैंक  ८.९८ ८.९८-१०.९८ बेसरेट + ४%
१८. एनआईएमबी बैंक  ८.५२ ११.२५
१९. सानिमा बैंक  ८.६६ ९.९१-११.९१
२०. हिमालयन बैंक 

९.८४

११.२५

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It