Home Loan

गरिमा विकास बैंकः घर कर्जाको ब्याज सात वर्षसम्म एउटै रहने

Pinterest LinkedIn Tumblr

काठमाडौं । गरिमा विकास बैंकले गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ ।

बैंकले हरेक नेपालीको ‘आफ्नै घर-आफ्नै व्यवसाय’ सपना साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा कर्जा सार्वजनिक गरेको हो ।

कर्जासम्बन्धी सम्पूर्ण कागजात पेश गरेको दुई कार्य दिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई कर्जाको ब्याज सात वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने बैंकले जनाएको छ ।

इच्छुक ग्राहकले आफूलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिन सक्ने बैंकले जनाएको छ ।

हाल गरिमा विकास बैंकले देशभरका १२१ शाखा कार्यालय, ५० एटीएम र डिजिटल बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It