Luxury Living

मध्यम वर्गीय परिवारका लागि निलबाराही हाउजिङका घर

Pinterest LinkedIn Tumblr

काठमाडौं । तुलनात्मक रुपमा बाहिरका सामान्य घरभन्दा हाउजिङका घरहरू महंगा नै हुन्छन् । जसले गर्दा सामान्य व्यक्तिले हाउजिङका घर खरीद गर्ने आँट गर्दैनन् । यस्तोमा सीईले मध्यम वर्गीय ग्राहकलाई लक्षित गर्दै नीलबाराहीमा सुविधासम्पन्न  हाउजिङ ल्याएको छ । 

चाँगुनारायण नगरपालिकास्थित निलबाराही मन्दिर नजिकै निर्माणाधीन हाउजिङले ५५ रोपनी जग्गामा ओगटेको छ । साढे दुई तले यी हाउजिङसँग २० फिटको फराकिलो सडकको पहुँच रहेको छ । 

जग्गाको आकार र प्रकृति अनुसार डिजाइन गरिएको यस हाउजिङमा ४ आना देखि ११ आनासम्मका जम्मा ११८ युनिट घर छन् । जसमध्ये ८९ युनिट बुकिङ भइसकेका छन् भने २९ युनिट बुकिङका लागि रहेका छन् । 

४ आना देखि ७ आना सम्ममा बनेका यी घरहरू 3BHK देखि 5BHK सम्मका छन् । विभिन्न पाँच डिजाइनमा निर्माण भइरहेका हाउजिङका घरहरू पश्चिम, उत्तर, पूर्व, उत्तरसँगै उत्तरपश्चिम मोहडाका छन् । 

मध्यम वर्गलाई लक्षित निलबाराही हाउजिङका घरहरू बिक्रीमा यी घरको मूल्य दुई करोड ५५ लाख देखि ३ करोड ७० लाख सम्म तोकिएको छ । 

सुन्दर, शान्त र रमणिय स्थानमा अवस्थित हाउजिङमा पर्याप्त खुला ठाउँ, बालबालिका खेल्ने मैदान, ग्रोसरी स्टोर, जिम, हेल्थ क्लब लगायत सेक्युरिटी, पानी,बत्ती जस्ता आधारभूत सेवासुविधाहरू उपलब्ध हुनेछ । 

भक्तपुरको बोडे चोकबाट डेढ किलोमिटर र निलबाराही मन्दिरबाट ४०० मिटरको दूरीमा रहेको हाउजिङमा यातायातको सहज पहुँच छ । बालबालिकालाई गुणस्तरीय शिक्षा तथा स्वास्थ्यका लागि हाउजिङ वरपर थुप्रै विद्यालय र हस्पिटल रहेका छन् । 

यसअघि नै निर्माणाधीन हाउजिङका घरहरूको औपचारिक रुपमा पनि बुकिङ खुला भइसकेको थियो । भने बाँकी हाउजिङका घर खरिदका लागि निर्माण कम्पनीले पुरै रकम भुक्तानी, इन्स्टलमेन्ट वा ३० देखि ४० प्रतिशतको डाउन पेमेन्टमा पनि घर बुकिङ गर्न सकिने व्यवस्था गरेको छ । 

मध्यम वर्गलाई लक्षित निलबाराही हाउजिङका घरहरू बिक्रीमा ‘निलबाराही हाउजिङ’ र बसोबासमा लिस्टिङ भएका प्रपर्टिका बारेमा थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It