Legal

के हो मेरो कित्ता प्रणालीः नापी विभागले प्रयाेगकर्तालाई सहज हुने ल्यायाे नयाँ प्रविधी

Pinterest LinkedIn Tumblr

काठमाडौं । नापी विभागले नाप नक्साकाे क्षेत्रमा विकसित नयाँ प्रविधीहरु अपनाइ नाप नक्सा सेवा अगाडी बढाएकाे छ । नापी विभाग अन्तर्गत जिल्लाहरुमा रहेका नापी कार्यलयहरुबाट नक्सा लगाएतका अन्य सेवा प्रवाह कार्यलाई समय अनुकुल तथा प्रविधी मैत्री बनाउन एवम् नेपाल सरकारबाट प्राथामिकताका साथ अघि बढाइएकाे डिजिटल नेपालकाे अवधारणालाई मुर्त रुप दिने अभिप्रायले नेपाल ल्यान्ड इन्फर्मेशन सिस्टम(NeLIS) र मेराे कित्ता सञ्चालनमा ल्याएकाे छ । 

 मेरो कित्ता प्रणालीः

नापी कार्यालयहरुबाट दिइने नक्सा, फिल्डबुक, र प्लट रजिस्टर सम्बन्धी सेवा सेवाग्राहीले घरमै बसी अनलाइन माध्यमबाट प्राप्त गर्न सकिने गरी तयार गरिएको प्रणाली “मेरो कित्ता-प्रणाली” हो । अब घर, भवन निर्माण वा खरिदबिक्रीका लागि जग्गाधनीले नापी कार्यालय पुगेर प्रिन्ट नक्सा लिनुपर्ने झन्झट नहुने भएको छ । विभागले पहिलो चरणमा काठमाडौं उपत्यकाका ८ वटा नापी कार्यालयमा यो सेवा सुरु गरेकाे छ ।

मेरो कित्ता प्रणाली सञ्चालनका लागि आवश्यक कुराहरूः 

प्रयाेगकर्ताले सेवा प्राप्त गर्नकाे लागि नापी विभागकाे अनलाइन पेजमा लगइन गर्न सकिनेछ । उक्त पेजमार्फत जग्गाधनीले जग्गाकाे आवाश्यक विवरण राखी जग्गाधनी प्रमाण पुर्जा र नगरिकताकाे प्रमाणपत्र स्क्यन गरि अपलोड गरेपछी सेवाग्राहीले सेवाप्राप्तीका लागि अनुरोध पेश गर्न सक्नेछन् । 

यसरी अनुरोध पेश गरेपछी उक्त फारम भर्दा राखेकाे नम्बरमा एसएमएस मार्फत OPT राखी अनुरोध पेश गर्नुपर्नेछ ।   

 संस्थागत प्रयाेगकर्ता बनाउने तरिकाः 

संस्थागत सेवाग्राही बैंक तथा बित्तिय संस्थाले प्रयोगकर्ताकाे रुपमा दर्ता भई युजर आईडी र पासवर्ड लिनुपर्ने हुन्छ । त्यसपछि आवश्यक सेवा प्राप्त गर्नसक्ने व्यवस्था गरिएकाे छ । 

साधारण प्रयोगकर्ता सगँ सम्बन्धीत सेवाहरुः

  • प्रयोगकर्ताले सेवासुचारुको लागि तोकिएको ढांचामा अनलाइन निवेदन पेश गर्नुपर्नेछ ।
  • निवेदन पेश गरेपछी मोवाईलमा ओटीपी कोड आउँछ । सेवाको अवधिभर सो कोड आवश्यक हुन्छ ।
  • कार्यालयहरुबाट सेवाकाे विवरण आधिकारिक भए नभएकाे जांच भैसकेपछी तिर्नुपर्ने राजश्व रकम को एसएमएस प्राप्त हुन्छ ।
  • राजश्व तिर्नको लागि वेबसाइटमा गई मोवाईल नम्बर र OPT प्रयोग गरी प्रणालीमा व्यवस्था गरिएको कनेक्ट आइपिएस (connect IPS)  वा भौचर प्रिन्ट गरी बैंकबाट भुक्तानी गर्न सकिनेछ ।
  • भुक्तानी प्राप्त भएपछि, कार्यालयबाट नक्साको डिजिटल (pdf) कपि अपलोड गरि मोबाईलमा एसएमएस (SMS) पठाउँदछ ।
  • सो नक्साप्राप्त गर्न मोवाईल नं. र OTP प्रयोगगर्नुपर्नेछ। र सो नक्सा एक हप्ता (७ दिन) भित्र डाउनलोड गरी सक्नुपर्ने छ।

यो प्रणालीकाे प्रयाेगले कार्यलयमा हुने भिड कम हुनुका साथै राेगव्याधीकाे संङ्क्रमणबाट हुने जाेखिम पनि कम हुन्छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It