Featured

बुढानीलकण्ठमा ३ वटा सुविधासम्पन्न घरहरू बिक्रीमा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । लक्की कोलोनीले बुढानीलकण्ठ सुन्दरबस्तीमा डुप्लेक्स सिस्टमका घरहरू धमाधम बिक्री गरिरहेको छ । आधुनिक सुविधासम्पन्न यी घरहरू ४ आना २ पैसा जग्गामा निर्माण गरिएका छन् । 

हाल कोलोनीमा पूर्वी, दक्षिण-पश्चिम र दक्षिण-पूर्वी मोहडा भएका ३ युनिट घरहरू बिक्रीमा छन् । 

डुप्लेक्स फ्ल्याट सिस्टम अर्थात् एउटा फ्लोर भाडामा लगाउन मिल्ने गरि डिजाइन गरिएको यी घरहरू ३ तलाका छन् । 5BHK यी घरको भुईंतलामा दुईवटा बेडरुम, एउटा बैठककोठा र एउटा किचनको साथ एउटा कमन बाथरुम रहेको छ । 

पहिलो तलामा अट्याच बाथरुम भएको बेडरुम, एउटा लिभिङ रुम र किचन र डाइनिङका साथै एउटा कमन बाथरुम रहेको छ । 

बुढानीलकण्ठमा ३ वटा सुविधासम्पन्न घरहरू बिक्रीमा

दोस्रो तलामा अट्याच बाथरुम सहितको एउटा र एउटा नर्मल बेडरुम छ । 

लक्की कोलोनीले उपलब्ध गराएका सुविधाः
पानी 

सेमी फर्निस्ड यी घरहरूमा बोरिङ गरिएको पानीको व्यवस्था गरिएको छ । 

शिक्षा तथा स्वास्थ्य 

कोलोनीबाट ७ सय मिटरको दूरीमा ‘भ्याली भ्यू स्कुल’ छ । त्यस्तै, ५ सय मिटरको दूरीमा करुणा हस्पिटल हुनुले पनि जीवनशैलीलाई थप निर्धक्क बनाएको छ । 

यातायात तथा पार्किङ 

सुकेधाराबाट २ किलोमिटरको दूरीमा कोलोनी रहेकाले उपत्यका भित्र र बाहिर यात्रा गर्नका लागि सहज छ । कोलोनीमा १३ फिटको फराकिलो सडकको पहुँच रहेको छ । 

बुढानीलकण्ठमा ३ वटा सुविधासम्पन्न घरहरू बिक्रीमा

एउटा कार र केही बाइक पार्किङ क्षमता भएका यी घरहरूको मूल्य ३ करोड ८५ लाख तोकिएको छ । 

‘लक्की कोलोनी’ तथा बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । साथै, ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गरेर पनि थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It